Saturday, December 31, 2011

कारोबारमा आत्मविश्वास गुमेको वर्ष

काठमाडौ, पुस १७ - बैंकिङ प्रणाली, सेयर बजार र घरजग्गाले गएको वर्ष कम्तीमा एउटा साझा समस्या भोगे- विश्वासको संकट । साधारणतया ठूलै क्षतिपछि देखिने विश्वासको संकट नेपालमा भने केहीअघि नै देखियो । यसको कारण थियो नियमकले बजारमा गरेको हस्तक्षेप । 
के्हिी बैंक तथा वित्तीय संस्थामा समस्या देखिएपछि अन्यमा पनि सर्वसाधारण पैसा राख्न डराउनु, सेयरमा लगानी गरे डुबिन्छ भन्ने धारणा हुनु र घरजग्गाको मूल्य घट्छ भनेर पर्खनु विश्वासको संकटका उदाहरण हुन् । आशंका हटेर सर्वसाधारणमा आत्मविश्वास नआएसम्म कुनै पनि क्षेत्रमा सुधार सम्भव हुँदैन ।
बैंक तथा वित्तीय संस्थामा देखिएको विश्वासको संकट हटाउनका लागि केन्द्रीय बैंकले चालेका कदमपछि सुधार देखिन सुरु भएको छ । तर अन्य दुई क्षेत्रमा भने खासै सुधार भएको छैन ।
अर्थतन्त्रमा वित्तीय संकटलाई एक चक्रका रूपमा लिइन्छ जसको समयअनुसारको आकार हुन्छ ।  उच्च स्थानबाट अर्थतन्त्रका विभिन्न सूचक घटेर पिँधमा पुग्छन् र पुनः बढेर माथि जान्छन् । सबैभन्दा तल सूचक रहँदा सर्वसाधारणमा विश्वासको संकट सबैभन्दा बढी देखापर्छ ।
गत वर्ष केही बैंक तथा वित्तीय संस्थाका पदाधिकारीले गरेको अनियमितता बाहिर आएर 'बैंक रन' भएपछि सर्वसाधारणले विश्वास गुमाउन पुगे । यस्तो अवस्थामा सुधार ल्याउनका लागि राष्ट्र बैंकले लिएका विभिन्न नीतिमध्ये निक्षेप बिमाले सबैभन्दा बढी काम गरेको छ । परिणाम बैंकिङ क्षेत्रमा रकम -तरलता) बढ्न थालेको छ । तथ्यांकबाट पनि यसको पुष्टि हुन्छ । ०६६ असारदेखि एक वर्षमा वाणिज्य बैंकको निक्षेप ९ प्रतिशतले बढेको छ । त्यसको एक वर्षपछिको वृद्धिदर ५ प्रतिशतमा झरेको छ ।
सेयर बजार र घरजग्गामा भएको लगानीमा जोखिम देखेपछि राष्ट्र बैंकले गरेका नीतिगत परिवर्तनका कारण दुवै क्षेत्र सुस्त भएका छन् । सुधारका लागि विभिन्न प्रयास जारी रहे पनि सर्वसाधारणले ढुक्क भएर लगानी गर्ने अवस्था आइसकेको छैन । अन्य मुलुकका नियामकजस्तै राष्ट्र बैंकले पनि 'ठप्प' बनाएर 'खुकुलो' गर्दै लैजानी नीति लिएको छ । यसको पुष्टि पछिल्लोपटक सेयर र घरजग्गा क्षेत्रमा थपिँदै आएको सुविधा र बैंक वित्तीय संस्थाको संस्थागत सुशासनमा गरिएको कडाइले पुष्टि गर्छ ।
सेयर बजार सुधारका लागि लिइएका नीतिले यस वर्ष पनि सर्वसाधारणलाई आकषिर्त गर्न सकेन । २०११ को पहिलो कारोबारमा नेप्से परिसूचक ४ सय ६२ बिन्दुमा थियो । एक वर्षमा यो १ सय ४६ अंकले घटेको छ । वर्षको अन्त्यमा यो ३ सय १६ बिन्दुमा छ । विश्वास संकटको परिणाम प्रारम्भिक सेयर निष्कासनमा समेत देखा पर्‍यो । सयौं गुणा बढी आवेदन पर्ने प्रारम्भिक सेयर निष्कासनमा यस वर्ष आवश्यकताभन्दा कम आवेदन परेको घटना पनि देखिए । 'सुधारका प्रयास भए पनि बजारमा आत्मविश्वास आइसकेको छैन,' विश्लेषक रवीन्द्र भट्टराईले भने, 'अघिल्लो वर्षको निरन्तरताजस्तै देखिएको छ ।'
सरकारले देखाएको चासो र राष्ट्र बैंकले चालेका कदमबाट बजारमा स्थिरता आएर सुधारउन्मुख भएको
उनी बताउँछन् ।
संस्थागत लगानीकर्ताको दायरा फराकिलो बनाउनुका साथै ऋण सहज बनाएकाले बिस्तारै सेयर बजारमा पनि विश्वास फिर्ने विश्लेषक बताउँछन् । २०६०/०६१ को समयको मूल्य बराबरीमा आइसकेकाले खरिद गर्ने समय आएको भट्टराई बताउँछन् । तर बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरका कारण लगानीकर्ता अघि सर्न सकेका छैनन् ।
घरजग्गा व्यवसायमा पनि उस्तै अवस्था छ । दुई वर्षअघिसम्म सुनजस्तै दिनदिनै नयाँ मूल्य तोकिने घरजग्गा क्षेत्रमा लगानी गरेका अधिकांश समस्यामा छन् । अवास्तविक वृद्धिपछिको 'करेक्सन' पर्खिरहेका खरिदकर्ताका कारण बजार सुस्त भएको छ । 'ग्राहकमा आत्मविश्वास छैन,' घरजग्गा व्यवसायी मिनमान श्रेष्ठ भन्छन्, 'सरकार र राष्ट्र बैंकले ध्यान नदिए अबका दिन अझ घातक देखिनेछ ।'
बैंकिङ क्षेत्रप्रतिको आत्मविश्वास सर्वसाधारणमा फर्किसके पनि घरजग्गा र सेयरमा भने अझै समय लाग्ने निश्चित छ । दुवैलाई असर गरेको बैंकको ब्याजदर कम नभएसम्म लगानीकर्ता आकषिर्त हुने छैनन् । रेमिटेन्स आउने क्रम बढी रहँदा पनि दुवै क्षेत्र सुस्त रहनुले सरकारबाट थप नीतिको अपेक्षा ग्राहकमा रहेको प्रस्ट हुन्छ । घरजग्गा क्षेत्रमा लगानी बढाउनका लागि कर छुटलगायतका प्रावधान र सेयर बजारमा संस्थागत लगानीकर्ता नभित्र्याएसम्म सर्वसाधारणको आत्मविश्वास नबढ्ने देखिएको छ ।

Thursday, December 29, 2011

कारोबार रोक्न र कागजात पेस गर्न अख्तियारको निर्देशन

काठमाडौ, पुस १४ - सपmटवेयर खरिदमा अनियमितता भएको उजुरी परेपछि नेपाल क्लिरिङ हाउसलाई कारोबार रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ ।
विदेशी मुद्राको पूर्ण चेक क्लियरिङ गर्न थालेकै दिन बिहीबार यस्तो पत्र काटिएको हो । 'कारोबार रोक्न र खरिद प्रक्रियाको सम्पूर्ण कागजात पेस गर्न निर्देशन दिएका हौं,' अख्तियारका कार्यबाहक प्रमुख आयुक्त भगवती कापmलेले भने ।
पत्र हाउस र केन्द्रीय बैंकलाई पठाइएको छ । उजुरीकर्ताले क्लियरिङका लागि प्रयोग गरिने सपmटवेयरको मूल्य ३ करोडको साटो २४ करोड रुपैयाँ देखाएर अनियमतिता भएको आरोप लगाएका छन् । राष्ट्र बैंकले भने यसको खण्डन गर्दै आएको छ । क्लियरिङका लागि प्रयोग हुने सपmटवेयरको मूल्य मुलुक अनुसार फरक पर्ने केन्द्रीय बैंक स्रोतले बतायो । 'उत्पादक कम्पनी र मुलुक अनुसार यस्ता सपmटवेयरको मूल्य फरक रहेको पाइन्छ,' स्रोतले भन्यो ।
कारोबारका लागि अधिकांश वाणिज्य बैंकले सदस्यता लिइसके पनि केहीको भने बाँकी छ । सदस्यता नलिएका बैंकले शुल्क उच्च रहेको बताउँदै आएका छन् । 'उक्त संस्थामा भएका काम कारबाहीका कारण सदस्यता नलिएको होइन,' सदस्यता नलिएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'शुल्क बढी भयो भनेर घटाउने प्रयास गरेका हौं ।'
एक बैंकबाट जारी चेक अर्को बैंकबाट राफसाफ गर्ने प्रणालीलाई चेक क्लियरिङ भनिन्छ । यस्तो कामलाई विद्युतिय रूपमा गर्न कम्पनीको स्थापना भएको हो । यसअघि चेकलाई राष्ट्र बैंकको कार्यालयमा लगेर व्यक्तिले रुजु गर्ने चलन थियो । यसले चेकबाट भुक्तानी हुन धेरै समय लाग्थ्यो । हाउसले कारोबार सुरु गरेपछि भने विद्युतिय रूपमा चेक रुजु गर्ने काम सुरु भएको थियो ।
विदेशी मुद्राका चेकको मात्र क्लियरिङ सुरु भएको हो । केही सातामै स्वदेशी रकमको चेकको पनि कारोबार सुरु गर्ने योजना हाउसको छ । हाउसमा २७ संस्थागत लगानीकर्ता छन् । २३ वाणिज्य बैंक, २ विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजी छन् ।

Wednesday, December 28, 2011

घर किन्न 'एक करोडको सीमा’

काठमाडौ, पुस १३ - घरजग्गा क्षेत्रमा देखिएको समस्याका कारण बैंकिङ प्रणालीमा असर पर्न थालेपछि १ करोड रुपैयाँसम्मको ऋणलाई रियलस्टेट कर्जामा नराखिने व्यवस्था सहितको विकल्पमा केन्द्रीय बैंकले छलफल थालेको छ ।
केन्द्रीय बैंकले यससँगै सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने र घरजग्गा कर्जाको सीमालाई एक वर्ष यथावत् राख्नेसम्मको गृहकार्य थालेको छ । यसअघि दुई पटक ऋण उठाउने समय थप गरेर घरकर्जा शीर्षक दिइने कर्जाको दायरा फराकिलो पारिसक्दा पनि सुधार नभएपछि केन्द्रीय बैंक थप विकल्प खोज्न थालेको हो ।
यी विकल्प कार्यान्वयन भए घर खरिद गर्नका लागि दिइएको १ करोड रुपैयाँसम्मको ऋणलाई रियलस्टेटमा राखिने छैन । यसअघि ८० लाखसम्मको ऋणलाई रियलस्टेट बाहिर राखिएको थियो । 'प्रारम्भिक रूपमा छलफल भएको हो,' केन्द्रीय बैंकको उच्च अधिकारीले भने, 'यसै हुन्छ भन्न सकिँदैन ।'
१ करोड रुपैयाँसम्मको कर्जालाई घरकर्जा अन्तर्गत राख्दा बैंकहरूको रियलस्टेट क्षेत्रमा भएको लगानी कम हुने छ । यो कम भएपछि बैंकले थप लगानी गर्न पाउने छन् ।
हाल बैंकले रियलस्टेट क्षेत्रमा कुल लगानीको ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्थालाई एक वर्ष थप गर्न छलफल भएको छ । यो २०६९ असार मसान्तसम्ममा २५ प्रतिशतमा झार्नुपर्ने व्यवस्था यसअघि गरिएको छ । बैंकिङ सिद्धान्त अनुसार भने कुनै पनि क्षेत्रमा १० प्रतिशतभन्दा बढी लगानी गरेको राम्रो मानिँदैन । दायरालाई यथावत् राख्दा बैंकहरूले दबाबमा घरकर्जा घटाउनु पर्दैन । तोकिएको सीमामा कर्जा ल्याउन यसअघि बैंकहरूले दबाबमूलक रूपमा घटाएका थिए । 'यो दायरालाई एक वर्ष यथावत् राख्नेबारे छलफल भएको हो,' स्रोतले भन्यो । घरजग्गा व्यवसायीले न्यूनतम एक वर्षका लागि यस्तो दायरा यथावत् राखिनुपर्ने माग गर्दै आएका थिए । तर बैंक भने अधिकांश बैंक सीमाभित्रै रहेको र थप लगानी गर्न सक्ने अवस्थामा रहेको बताउँछन् ।
सम्पत्ति व्यवस्थापन कम्पनी -एमएसी) खोल्ने विकल्पबारे पनि कुराकानी भएको छ । यस्तो कम्पनीले बैंकको खराब कर्जा खरिद गर्ने र प्रणालीलाई स्वस्थ्य राख्न मद्दत गर्छ । खरिद गरिएको खराब कर्जालाई असल बनाउन 'भ्यालु एड' गर्ने वा निश्चित समय पछि त्यत्तिकै बिक्री गर्ने गरिन्छ । यस्तो प्रवृत्तिको कम्पनी स्थापना गर्न अर्बौं रुपैयाँको पुँजी आवश्यक पर्छ । सरकार एक्लैले वा निजी क्षेत्र मात्रैले खोल्न सम्भव हुँदैन । करिब ८ वर्षअघि पनि यस्तो कम्पनी खोल्नका लागि प्रावधान तयार गरे पनि पछि सम्भव भएन । 'खुलिहाले पनि सार्वजनिक-निजी सझेदारीमा सम्भव हुन सक्ने देखिन्छ,' स्रोतले भन्यो, 'विदेशी साझेदार ल्याउन पनि सकिन्छ ।' सानो बजार र कम नाफा हुने भएकाले विदेशी साझेदार आकषिर्त भइहाल्ने अवस्था भने छैन । सामान्यतया सम्पत्ति व्यवस्थापन कम्पनीमा विदेशी साझेदार हुँदैनन् ।
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले एएमसी खोल्न सकिने बताएपछि केही निजी कम्पनीले इच्छा भने देखाएका छन् । तर यस्तो इच्छा व्यावसायिक रूपमा कम्पनी सञ्चालन गर्न नभएर सीमित जग्गा खरिद गरेर आपmनो नाममा बनाउन मात्र आएको राष्ट्र बैंक स्रोत बताउँछ ।
बैंकर भने राष्ट्र बैंकले समस्या पछि सार्ने भन्दा दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने बताउँदै आएका छन् । घर खरिद गर्नेलाई कर छुट, ऋणको पुनःसंरचना र पुनर्तालिकीकरण लगायत सुविधा दिन सके सुधार हुन सक्ने तर्क बैंकरको छ । 'पछिल्लो समय ऋण उठाउने म्याद थप गर्दा पनि कुनै असर देखिएन,' एक बैंकरले भने, 'अहिलेको अवस्था कारोबार नहुने हो त्यसलाई कसरी सुरु गर्ने भन्नेमा केन्दि्रत हुनुपर्छ ।'
पछिल्लो समय ग्राहकको मनोविज्ञान र बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरका कारण घरजग्गाको कारोबार घटेको छ । ऋण लिएर हाउजिङ व्यवसाय सञ्चालन गर्नेहरूलाई बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्न गाह्रो भएको छ । यसले बैंकिङ क्षेत्रमा खराब कर्जा बढाएर जोखिम थपेको छ । बैंक तथा वित्तीय संस्था -सहकारी समेत) ले घरजग्गा क्षेत्रमा करिब २ खर्ब रुपैयाँ लगानी गरेका छन् ।

Tuesday, December 27, 2011

वित्तिय संकटबाट वच्नका लागि समूह


नया“ दिल्ली (एजेन्स) – भारतको अर्थ मन्त्रालयले विश्व व्यापी आर्थिक मन्दीबाट पर्न सक्ने प्रभावबाट जोगिन संकट व्यवस्थापन समूह (क्राइसिस म्यानेजमेन्ट ग्रुप) बनाउने भएको छ । अर्थतन्त्र विशेष गरी वित्तिय क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनिकरण गर्नका लागि समूहले काम गर्नेछ ।
युरोपियन अर्थतन्त्रमा देखिएको समस्या र भारतबाट विदेशी लगानी बाहिरिने क्रम बढेको समयमा यस्तो समूह गठन हुन लागेको छ । आर्थिक मामिला बिभागका सचिव आर गोपालनले अर्थ मन्त्रालयमा गरेको वार्ता पछि समूह बनाउने निर्णय भएको हो ।
‘समूहले समस्याको प्रारम्भिक लक्षण अध्ययन गरेर संकटबाट जोगाउने छ’ अर्थ मन्त्रालयका उच्च अधिकारीले भने,‘समूहमा विशेषज्ञ समेत सामेल हुनेछन् ।’
बैठकमा प्रमुख आर्थिक सल्लाहकार कौशिक वासु, वित्तिय सेवा सचिव डिके मित्तल र लगानी सचिव मोहम्मद हालिम खान । बिभिन्न क्षेत्रका विशेषज्ञ सामेल गरेर बनाइएको समूहबारे प्रारम्भिर अवधारण भने भारतिय रिर्जभ बैंकले बनाएको थियो ।
स्रोतका अनुसार रिर्जभ बैंकले आफू सहित सेयर, बिमा, पेन्सन फन्ड नियामक र अर्थ मन्त्रालयको संलग्नतामा यस्तो समूह बनाइनु पर्ने अवधारणा तयार गरेको थियो ।
वित्तिय स्थायित्व र विकास काउन्सिलको अन्तर्गत हुने बताइएको समूहमा सचिव स्तरिय नेतृत्व हुनेछ । अमेरिकी सरकारले आउन सक्ने संकटबाट बच्नका लागि बनाएको फाइनान्सियल स्टेबलिटि ओभरसाइट काउन्सिलको अवधारणामा समूह बनाइएको छ ।

ब्राजिलको अर्थतन्त्र युके भन्दा अगाडी


युरोपियन भन्दा एसियाली अर्थतन्त्रको अवस्था सुध्रदै
बेलायत (एजेन्सी)– युकेको अर्थतन्त्रलाई ब्राजिलले उछिनेर विश्वको छैठो ठूलो बनेको छ । एक आर्थिक अनुसन्धान समूहको अध्ययनले यस्तो देखाएको हो ।
सेन्टर फर इकोनोमिक एन्ड बिजनेश रिर्सच (सीइबीआर) ले सार्वजनिक गरेको विश्वका अर्थतन्त्रको स्थान देखाउने टेबलमा एसियाली मुलुक माथिल्लो स्थानमा उक्लिन थालेको देखिन्छ । युरोपियन मुलुक भने तल झर्ने क्रममा छन् ।
अध्ययनले युरोजोन क्षेत्रको समस्या समाधान भए २०१२ मा अर्थतन्त्र ० दशमलव ६ प्रतिशतले मात्र घट्ने अनुमान गरेको छ । समाधान हुन नसके २ प्रतिशतको गिरावट आउने प्रक्षेपण गरिएको छ ।
सीइबीआरका प्रमुख कार्यकारी डोग्लास म्याकविलियस्मले बिबिसि रेडियो फोरलाई ब्राजिल उक्लनु पछिल्लो प्रवृत्तिको उदाहरण भनेका छन् । ‘यो ठूलो आर्थिक परिवर्तनको सूचक हो’ उनले भने,‘जहा वृद्धिदर पश्चिमी मुलुकमा भन्दा पूर्व तर्फ बढी भैरहेको छ ।’ खाद्यान्न र उर्जा उत्पादक मुलुकको अर्थतन्त्र भने विस्तारै सुधारको क्रममा देखिएको उनले बताए ।
अन्तराष्ट्रिय मुद्रा कोषले पछिल्लो समय सार्वजनिक गरेको अध्ययनमा २०११ मा ब्राजिलले युकेलाई उछिन्ने उल्लेख थियो । ब्राजिलको अर्थतन्त्र गत वर्ष ७ दशमलव ५ प्रतिशतले बढेको थियो । सरकारले २०११ मा भने ३ दशमलव ५ प्रतिशत बढ्ने बताएको छ । युरो क्षेत्रमा आएको समस्या र बढ्दो व्याजदरका कारण ब्राजिलले वृद्धिदरको कम प्रक्षेपण गरेको हो । ब्राजिलले चीनबाट आयात गर्ने सामान भन्दा बढी निर्यात गर्ने गर्छ । तर व्यवासायी चीनको सस्तो उत्पादनबाट पिडित हुन थालेको बताउने गर्छन ।
रसिया पनि एक स्थान उक्लिएर नवौ भएको छ । २०२० सम्ममा यो चौथो ठुलो अर्थतन्त्र हुने अनुमान गरिएको छ । हाल १० औं स्थानमा रहेको भारत २०२० मा पाचौ स्थानमा आउने अनुमान छ ।

वित्तीय समावेशिता प्राथमिकतामा

काठमाडौ, पुस १२ - बैंक अफ काठमाडौंले यस वर्ष बेलायती पत्रिका बैंकरबाट 'बैंक अफ दि इयर २०११’ को सम्मान पाएको छ । बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिने यो सम्मानसँगै बैंकले बनाएका योजना र समग्र प्रणालीबारे प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसँग रोशन अधिकारीले गरेको कुराकानी:
सम्मानपछि दायित्व बढेको होला नि ? 

बैंक अफ दि इयर सम्मान पाउनु प्रतिष्ठाको विषय हो । हामी पहिलैबाट कन्जुमर बैंकिङमा लक्षित छौं । हाम्रो योजना भनेको 'वित्तीय समावेशिता' लाई अघि बढाउनु हो । सरकारले समावेशिताका लागि ल्याउने योजना मात्र नभएर रणनीतिका रूपमा यसलाई अघि बढाउँछौं । सानो आकारको लगानीलाई अघि बढाउने योजना हामीले लिएका छौं । सहकारीसँग मिलेर लगानी गरिरहेका छौं । १८ अर्बमध्ये १ अर्ब रुपैयाँ यही प्रक्रियाबाट लगानी गरेका छौं ।
समावेशिता बढाउन कस्ता योजना छन् ?
हामीले शाखा रहित बैंकिङलाई अघि बढाउने योजना बनाएका छौं । एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग मिलेर विद्यालय स्तरबाटै बैंकिङको बानी बसाउने कार्यक्रम जारी छ । यसको अर्को पाटो भनेको हाम्रो सामाजिक दायित्व पनि हो । बैंकले बैंकिङ क्षेत्रलाई सहयोग पुग्ने सामाजिक दायित्व निभाउनुपर्छ । रेमिट्यान्सको उच्च कारोबार भएका स्थानमा वाणिज्य बैंकले पनि आफ्नो पहुँच पुर्‍याउन जरुरी भएको छ । सहकारीसँग सहकार्य र प्रतिस्पर्धा दुवै गर्नुपर्ने देखिएको छ ।
वाणिज्य बैंकमा तरलताको अनुपातमा लगानी बढ्न नसकेको देखिन्छ । कारण के हुन् ?
बैंक आफंै उद्योग नभएर अन्यमा आश्रति हुने हो । औद्योगिक क्षेत्रको उत्पादकत्व बढेको छैन । यसले ऋणको माग बढाउन सकेको छैन । जति माग आएको छ त्यो उद्योग सञ्चालन गर्न आवश्यक रकम बढेकाले ऋण बढेको हो । अर्कोतर्फ सञ्चालनमा रहेको परियोजनाको पनि समय लम्बिने र खर्च बढ्ने क्रम देखिएको छ । अर्को तरलतालाई केही सरकारी संस्थासँग पनि जोडेर हेर्न जरुरी छ । आयल निगम र विद्युत् प्राधिकरण जस्ता ठूला संस्था घाटामा छन् । यस्ता संस्था घाटामा गएपछि सरकारले अनुदान दिनुपर्ने हुन्छ । घाटा भएपछि परिपूर्तिका लागि पैसा बैंकको ऋणबाट र सरकारको अनुदानबाट जाने हो । यस्ता संस्थाको समस्या तुरुन्तै समाधान हुने देखिँदैन । त्यसैले यसले तरलतालाई पनि असर गरिरहेको छ ।
घरजग्गाको अवस्थालाई कसरी हेर्नुभएको छ ?
 अहिलेको अवस्थामा वास्तविक परियोजना निर्माणकर्तालाई सरकारले राहत दिनुपर्ने देखिन्छ । ३ वर्षका लागि सहयोग गर्नुपर्ने अवस्था छ । घरजग्गामा सबै सट्टेबाजी गर्ने मात्र छन् भन्न सकिँदैन । ठूलो लगानी भएकाले यो क्षेत्रबाट समस्या आउन सक्छ । जग्गाको सीमितताका कारण माग आउँदैन भन्न सकिँदैन ।
मर्जरको विषयमा के योजना बनाउनुभएको छ ?
मर्जरलाई जहिल्यै पनि संख्यात्मक र गुणात्मक रूपमा हेरिनुपर्छ । संख्या मात्र नहेरेर बैंकिङ पहुँचको विषय पनि हेर्न जरुरी छ । संख्या धेरै बढ्दा घटाउनुपर्छ भन्ने सही हो । तर ५ वर्षमा ठूलो आकारले बढ्ने र पाँचै वर्षमा घट्ने भन्ने ठीक होइन । यो विषयमा नीति निर्माण तह परिपक्क नभएको जस्तो देखिन्छ । वित्तीय क्षेत्रमा विभिन्न क्षेत्र र वर्गका छन् । त्यसैले मर्जरको वातावरण तयार हुन समय लाग्छ भन्ने मेरो धारणा छ ।

आइएमईको ७४ करोडको प्रवर्द्धक सेयर कारोबार

काठमाडौ, पुस ११ - आइएमई फाइनान्सियल इन्स्िटच्युसनको सोमबार ३ लाख ६० हजार कित्ता सेयर कारोबार भएको छ । २ सय ८ रुपैयाँ प्रतिकित्ता मूल्यमा ७४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबार भन्दा ४ रुपैयाँ कम मूल्यमा खरिद बिक्री भएको छ । संस्थाका अनुसार पुरानै प्रवर्द्धक बीच खरिद बिक्री भएको हो । 

यो कारोबारका कारण नेपाल स्टक एक्सचेन्जको कुल कारोबार रकम पनि १३ करोड १८ लाख रुपैयाँ पुग्यो । परिसूचक भने ० दशमलव ४४ अंकले घटेर ३ सय १२ दशमलव ४९ बिन्दुमा झरेको छ । वाणिज्य बैंक समूहमा आएको गिरावटका कारण परिसूचक पनि घटेको हो । यो समूह १ दशमलव १५ अंकले घटेको छ । विकास बैंक, जलविद्युत्, वित्त र बिमा समूहमा भने सुधार भएको छ । सबैभन्दा बढी बिमा समूह ३ दशमलव ३४ अंकले बढेको छ ।
सोमबार लामो समयपछि प्रवर्द्धक सेयरको ठूलो मात्रामा कारोबार भएको छ । संस्थामा रहेकै लगानीकर्ता बीच खरिद बिक्री भएको आइएमई स्रोतले बतायो । 'कम्पनीमै आबद्ध व्यक्तिले खरिद बिक्री गरेका हुन्,' कम्पनी स्रोतले भन्यो, 'नया लगानीकर्ताको प्रवेश भएको होइन ।' मर्जरका लागि उपयुक्त संस्थाको खोजी भइरहेको पनि स्रोतले बतायो । 'केही प्रस्ताव आएका छन्,' उनले भने, 'उपयुक्त कम्पनी छनोट गरेर मर्जरमा जान्छौं ।'
आइएमई बाहेक चिलिमे हाइड्रो पावर, नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाडौं र एलआइसी नेपालका सेयरको बढी कारोबार भएको छ ।

Monday, December 26, 2011

कृषिमा लगानी: बैंकको ४ प्रतिशत, सरकारको ३ मात्रै

काठमाडौ, पुस ११ - सबैभन्दा धेरै नेपालीले रोजगारी पाएको र अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको कृषिमा वाणिज्य बैंक मात्र नभई सरकारले पनि निकै थोरै लगानी गरेको छ ।
बैंकिङ क्षेत्रले कुल कर्जाको ४ प्रतिशत कृषिमा लगानी गरेका छन् भने सरकारी बजेटको ३ प्रतिशत हिस्सा मात्रै यस क्षेत्रमा गएको छ । कात्तिकसम्मको तथ्यांक अनुसार वाणिज्य, विकास बैंक, वित्त कम्पनी र लघु वित्त कम्पनी गरी २ सय १८ संस्थाले यस क्षेत्रमा लगानी गरेका छन् ।
यी सबै संस्थाको कुल लगानी ७ खर्ब २३ अर्ब १२ करोड रुपैयाँ छ । जसमा कृषि र वनका लागि २४ अर्ब १ करोड रुपैयाँ लगानी भएको छ । कृषिसँग जोडिएको माछापालनमा यी संस्थाले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेका छन् । वित्तीय क्षेत्रको कुल कर्जा लगानी ७ खर्ब २३ अर्ब रुपैयाँ छ । 
कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान करिब ३५ प्रतिशत छ । पछिल्लो तथ्यांक अनुसार ६७ प्रतिशत जनता कृषिमा आश्रति छन् । कृषि क्षेत्रमा सबैभन्दा ठूलो लगानी गर्ने वित्तीय संस्थामा वाणिज्य बैंक छन् । बासलात (कारोबार) को आकार ठूलो भएकाले वाणिज्य बैंकको लगानी बढी देखिएको छ । तथ्यांक अनुसार कात्तिकसम्म ३१ वटा वाणिज्य बैंकले कृषि र वन शीर्षकमा १६ अर्ब रुपैयाँ लगानी गरेका छन् । यसका साथै माछापालनमा १ अर्ब ७१ करोड रुपैयाँ बैंकिङ क्षेत्रको लगानी गएको छ ।
वाणिज्य बैंकपछि सबैभन्दा बढी कृषिमा लगानी गर्ने संस्था लघु वित्त कम्पनी छन् । २१ लघुवित्त कम्पनीले कृषि र वन शीर्षकमा २ अर्ब ९५ करोड रुपैयाँ लगाएका छन् । ८७ विकास बैंकले २ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेका छन् ।
माछापालनमा यी संस्थाको २ करोड ६० लाख रुपैयाँ लगानी छ । ७९ वित्त कम्पनीले कृषि/वनमा १ अर्ब ५२ करोड र माछापालनमा १ करोड रुपैयाँ लगानी गरेका छन् । २०६७ चैतसम्मको तथ्यांक अनुसार कृषिमा लगानी गर्दा वाणिज्य बैंकले ९ दशमलव ५ देखि १३ प्रतिशतसम्म ब्याज लिएका छन् । अन्य संस्थाले लिने ब्याजदर योभन्दा बढी छ ।
निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थामात्र नभएर सरकारले समेत कृषिमा हुने लगानीलाई प्राथमिकतामा राखेको छैन । कृषि मन्त्रालयले चालू आर्थिक वर्षको बजेटबाट १२ अर्ब ४३ करोड रुपैयाँ पाएको छ । यो कुल बजेटको ३ प्रतिशत हुन्छ । यसमध्ये ११ अर्ब ४ करोड रुपैयाँ चालू खर्च हो । जुन कर्मचारीको तलब, भत्ता र अन्य खर्चमा प्रयोग हुन्छ । बाँकी १ अर्ब ३८ करोड रहेको पुँजीगत खर्च छ । जुन पूर्वाधार निर्माणका लागि छुट्याइने बजेट हो ।
कृषि क्षेत्रको लगानीमा केही समस्या रहे पनि वाणिज्य बैंकले वृद्धि गर्दै लगेको बैंकर्स संघका अध्यक्ष अशोक राणा बताउँछन् । 'हाम्रो क्षमता, संरचना र सन्जाल नभए पनि कृषि क्षेत्रमा लगानी वृद्धि भइरहेको छ,' उनले भने, 'केन्द्रीय बैंकले दिएको निर्देशनअनुरूप लगानी जारी छ ।'
अर्का एक बैंकरले भने वाणिज्य बैंक भनेर लाइसेन्स दिँदै कृषिमा लगानी गर्न दबाब दिइनु उचित नभएको बताए । 'कृषिमै लगानी गर्न भनेर खोलिएको कृषि विकास बैंकको लगानी पनि १२ प्रतिशतभन्दा बढी छैन' उनले भने, 'यस्तो अवस्थामा निजी वाणिज्य बैंकलाई मात्र दबाब दिएर हुँदैन ।' सरकार आफैंले पनि विगत १५ वर्षयता कृषि क्षेत्रमा ३ प्रतिशतभन्दा बढी लगानी गर्न नसकेको उनले बताए । 'राजनीतिक कार्यका लागि अर्बौं लगानी गर्न सक्ने सरकारले केही मात्रामा सहुलियत दिनसके कृषकलाई फाइदा हुने थियो,' उनले भने, 'ब्याज, मल, बजारलगायतका विषयमा कृषिकलाई सहुलियत दिनसके लगानी आफैं बढ्छ ।'
सरकारले कृषिलाई प्राथमिकतामा राख्ने बताउँदै आए पनि विचौलिया व्यापारी र यातायातमा रहेको सिन्डिकेटको ठगी नियन्त्रण गर्न सकेको छैन । राष्ट्र बैंकको तथ्यांकअनुसार मूल्यवृद्धिमा सबैभन्दा बढी योगदान खाद्य समूहले दिएको छ । धान, मकै, गहुँ लगायतको उत्पादनमा उच्च वृद्धि आए पनि मूल्य भने कम हुन सकेको छैन । उत्पादन बढी हुँदा कृषकले भने कम मूल्य पाउने गरेका छन् । यस वर्ष राष्ट्र बैंकले मूल्य वृद्धि ८ देखि ९ प्रतिशतको बीचमा रहने अनुमान गरेको छ ।
काठमाडौ, पुस ११ - सबैभन्दा धेरै नेपालीले रोजगारी पाएको र अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको कृषिमा वाणिज्य बैंक मात्र नभई सरकारले पनि निकै थोरै लगानी गरेको छ ।
बैंकिङ क्षेत्रले कुल कर्जाको ४ प्रतिशत कृषिमा लगानी गरेका छन् भने सरकारी बजेटको ३ प्रतिशत हिस्सा मात्रै यस क्षेत्रमा गएको छ । कात्तिकसम्मको तथ्यांक अनुसार वाणिज्य, विकास बैंक, वित्त कम्पनी र लघु वित्त कम्पनी गरी २ सय १८ संस्थाले यस क्षेत्रमा लगानी गरेका छन् ।
यी सबै संस्थाको कुल लगानी ७ खर्ब २३ अर्ब १२ करोड रुपैयाँ छ । जसमा कृषि र वनका लागि २४ अर्ब १ करोड रुपैयाँ लगानी भएको छ । कृषिसँग जोडिएको माछापालनमा यी संस्थाले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेका छन् । वित्तीय क्षेत्रको कुल कर्जा लगानी ७ खर्ब २३ अर्ब रुपैयाँ छ । 
कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान करिब ३५ प्रतिशत छ । पछिल्लो तथ्यांक अनुसार ६७ प्रतिशत जनता कृषिमा आश्रति छन् । कृषि क्षेत्रमा सबैभन्दा ठूलो लगानी गर्ने वित्तीय संस्थामा वाणिज्य बैंक छन् । बासलात (कारोबार) को आकार ठूलो भएकाले वाणिज्य बैंकको लगानी बढी देखिएको छ । तथ्यांक अनुसार कात्तिकसम्म ३१ वटा वाणिज्य बैंकले कृषि र वन शीर्षकमा १६ अर्ब रुपैयाँ लगानी गरेका छन् । यसका साथै माछापालनमा १ अर्ब ७१ करोड रुपैयाँ बैंकिङ क्षेत्रको लगानी गएको छ ।
वाणिज्य बैंकपछि सबैभन्दा बढी कृषिमा लगानी गर्ने संस्था लघु वित्त कम्पनी छन् । २१ लघुवित्त कम्पनीले कृषि र वन शीर्षकमा २ अर्ब ९५ करोड रुपैयाँ लगाएका छन् । ८७ विकास बैंकले २ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेका छन् ।
माछापालनमा यी संस्थाको २ करोड ६० लाख रुपैयाँ लगानी छ । ७९ वित्त कम्पनीले कृषि/वनमा १ अर्ब ५२ करोड र माछापालनमा १ करोड रुपैयाँ लगानी गरेका छन् । २०६७ चैतसम्मको तथ्यांक अनुसार कृषिमा लगानी गर्दा वाणिज्य बैंकले ९ दशमलव ५ देखि १३ प्रतिशतसम्म ब्याज लिएका छन् । अन्य संस्थाले लिने ब्याजदर योभन्दा बढी छ ।
निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थामात्र नभएर सरकारले समेत कृषिमा हुने लगानीलाई प्राथमिकतामा राखेको छैन । कृषि मन्त्रालयले चालू आर्थिक वर्षको बजेटबाट १२ अर्ब ४३ करोड रुपैयाँ पाएको छ । यो कुल बजेटको ३ प्रतिशत हुन्छ । यसमध्ये ११ अर्ब ४ करोड रुपैयाँ चालू खर्च हो । जुन कर्मचारीको तलब, भत्ता र अन्य खर्चमा प्रयोग हुन्छ । बाँकी १ अर्ब ३८ करोड रहेको पुँजीगत खर्च छ । जुन पूर्वाधार निर्माणका लागि छुट्याइने बजेट हो ।
कृषि क्षेत्रको लगानीमा केही समस्या रहे पनि वाणिज्य बैंकले वृद्धि गर्दै लगेको बैंकर्स संघका अध्यक्ष अशोक राणा बताउँछन् । 'हाम्रो क्षमता, संरचना र सन्जाल नभए पनि कृषि क्षेत्रमा लगानी वृद्धि भइरहेको छ,' उनले भने, 'केन्द्रीय बैंकले दिएको निर्देशनअनुरूप लगानी जारी छ ।'
अर्का एक बैंकरले भने वाणिज्य बैंक भनेर लाइसेन्स दिँदै कृषिमा लगानी गर्न दबाब दिइनु उचित नभएको बताए । 'कृषिमै लगानी गर्न भनेर खोलिएको कृषि विकास बैंकको लगानी पनि १२ प्रतिशतभन्दा बढी छैन' उनले भने, 'यस्तो अवस्थामा निजी वाणिज्य बैंकलाई मात्र दबाब दिएर हुँदैन ।' सरकार आफैंले पनि विगत १५ वर्षयता कृषि क्षेत्रमा ३ प्रतिशतभन्दा बढी लगानी गर्न नसकेको उनले बताए । 'राजनीतिक कार्यका लागि अर्बौं लगानी गर्न सक्ने सरकारले केही मात्रामा सहुलियत दिनसके कृषकलाई फाइदा हुने थियो,' उनले भने, 'ब्याज, मल, बजारलगायतका विषयमा कृषिकलाई सहुलियत दिनसके लगानी आफैं बढ्छ ।'
सरकारले कृषिलाई प्राथमिकतामा राख्ने बताउँदै आए पनि विचौलिया व्यापारी र यातायातमा रहेको सिन्डिकेटको ठगी नियन्त्रण गर्न सकेको छैन । राष्ट्र बैंकको तथ्यांकअनुसार मूल्यवृद्धिमा सबैभन्दा बढी योगदान खाद्य समूहले दिएको छ । धान, मकै, गहुँ लगायतको उत्पादनमा उच्च वृद्धि आए पनि मूल्य भने कम हुन सकेको छैन । उत्पादन बढी हुँदा कृषकले भने कम मूल्य पाउने गरेका छन् । यस वर्ष राष्ट्र बैंकले मूल्य वृद्धि ८ देखि ९ प्रतिशतको बीचमा रहने अनुमान गरेको छ ।

Sunday, December 25, 2011

भारतबाट पैसा पठाउन सहज

काठमाडौं, पुस १० - भारतले नेपाल रकम पठाउने व्यवस्थालाई सहज बनाएको छ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को नयाँ व्यवस्था अनुसार भारतमा काम गरिरहेका नेपालीले त्यहाँका १ सय ३ वटा बैंक तथा वित्तीय संस्थाबाट रकम पठाउन सक्नेछन् । २००८ देखि स्टेट बैंक अफ इन्डियामार्फत भइरहेको यस्तो कारोबार आरबीआईले अन्य एजेन्टलाई पनि दिएपछि पैसा पठाउन सहज भएको हो । आरबीआईका अनुसार 'भारत- नेपाल रेमिटेन्स सुविधा' मार्फत नेपालका कुनै पनि स्थानमा रेमिटेन्स पठाउन सकिने सुविधा दिइएको हो । यो सुविधालाई आरबीआईले नेसनल इलेक्ट्रोनिक फन्ड ट्रान्सफर शीर्षकमा राखेको छ । उताबाट पठाइएको रकम भारतीय सरकारी लगानीको स्टेट बैंक अफ इन्डियासँगको संयुक्त लगानीमा स्थापित नेपाल एसबीआई बैंक र निजी कम्पनी प्रभु मनी ट्रान्सफरमार्फत पाउन सकिनेछ ।
एसबीआई बैंकका १५ र प्रभु मनी ट्रान्सफरको शाखा र एजेन्ट गरी थप २ सय ८० स्थानबाट रेमिटेन्स लिन सकिने आरबीआईको भनाइ उद्धृत गर्दै 'टाइम्स अफ इन्डिया' ले जनाएको छ । आरबीआईका डेपुटी महाप्रबन्धक राजीव द्विवेदीले भारतीय दैनिक टाइम्स अफ इन्डियालाई यस्तो जानकारी दिएका छन् ।
उनले एकपटकमा ५० हजारसम्मको रकम पठाउन सकिने जनाएका छन् । वर्षमा १२ पटक पठाउन सकिने यस्तो रकममा २५ देखि १ सय रुपैयाँसम्म शुल्क लाग्नेछ । यस्तो शुल्क पठाउन लागिएको रकम र पाउने स्थानका आधारमा तोकिनेछ । भारतभर यी वित्तीय संस्थाका ८० हजार शाखाले यस्तो सुविधा दिने उल्लेख छ ।
यस्तो सुविधा प्रयोग गर्नका लागि बैंक खाता भएकालाई सजिलो छ । भारतमा बैंक खाता नभएकाले पनि पहिचान खुल्ने अन्य प्रमाणपत्र पेस गरेर यस्तो कारोबार गर्न सक्नेछन् । यस्तो कारोबारमा ग्राहक पहिचानका लागि आवश्यक सम्पूर्ण जानकारी राखिनेछ ।
भारतबाट पठाइएको रेमिटेन्स एसबीआई बैंकमार्फत नेपाल आउने र बैंक सुविधा नभएको स्थानमा प्रभु मनी ट्रान्सफरलाई उपलब्ध गराइनेछ । रेमिटेन्स लिनका लागि पठाउनेले दिएको विशेष नम्बर र फोटोसहितको परिचयपत्र आवश्यक बनाइएको छ । पैसा पठाएको एक सातासम्म पनि लिन नआए भारतमै फिर्ता जाने व्यवस्था गरिएको छ ।
भारतभर काम गरिरहेका नेपाली नागरिकले यस्तो सुविधा अघि असुरक्षित रूपमा रेमिटेन्सको कारोबार गरिरहेका थिए । नगद बोकेरै घर र्फकंदा बाटोमा लुटिने क्रम पनि बढेको थियो ।
नेपालले गत वर्ष २ खर्ब ६० अर्ब रुपैयाँ रेमिटेन्स प्राप्त गर्‍यो । यो भारतबाहेकका देशबाट आएको रकम हो । ठूलो संख्यामा नेपालीहरू भारतमा काम गरिरहे पनि बैंकिङ माध्यमबाट रकम पठाउन सहज नभएकाले त्यसको लेखाजोखा राष्ट्रिय खातामा छैन ।

Friday, December 23, 2011

यसकै कारण निष्त्रिmय कर्जा बढ्छ - गभर्नर

काठमाडौ, पुस ७ - घरजग्गा क्षेत्रमा देखिएको समस्याका कारण बैंक तथा वित्तीय संस्थाको निष्त्रिmय कर्जा बढ्ने गभर्नर युवराज खतिवडाले बताएका छन् । 'अस्वाभाविक मूल्य बढेको थियो,' ऋण असुली न्यायाधिकरणले आयोजना गरेको कार्यक्रममा उनले भने, 'त्यसले पहिलेको असल धितो अहिले आएर खराब पनि हुन सक्छ ।' निष्त्रिmय कर्जा र वित्तीय अपराध बढ्ने भएपछि नियमकारी निकाय चनाखो रहनुपर्ने उनले बताए । 'राष्ट्र बैंकले पछिल्लो समयमा वित्तीय सुशासनका क्षेत्रमा चालेको कदमले सुधारको क्रम सुरु भएको छ,' उनले भने ।
अर्थसचिव कृष्णहरि बाँस्कोटाले बैंकिङ क्षेत्रमा विश्वसनीयता नबढेसम्म अर्थतन्त्रमा सुधार हुन नसक्ने बताए । 'पछिल्लो समयमा अर्थतन्त्रका सूचकमा सुधार आएको छ,' उनले भने, 'यसलाई यथावत् राख्नु जरुरी छ ।' दण्डहीनता विरुद्ध सरकारले कठोर कदम चाल्ने दाबी उनले गरे ।
बैंक तथा वित्तीय संस्थाको खराब कर्जा असुलीका लागि गठन भएको ऋण असुली न्यायाधिकरणमा आर्थिक वर्ष २०६७/०६८ सम्म २ हजार ५ सय ९८ वटा मुद्दा परेका छन् । यीमध्ये ८५ दशमलव २२ प्रतिशत मुद्दा फैसला भइसकेको छ । 'हामीले ५ लाखभन्दा बढी साँवा भएका ऋणको काम गरिरहेका छौं,' ऋण असुली न्यायाधिकरणका अध्यक्ष गोकुलप्रसाद बुर्लाकोटीले भने, 'समस्यासँगै धेरै चुनौती पनि छन् ।' बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर विदेश भाग्ने र जमानी बसेका समेत बिदेसिनाले समस्या रहेको उनले बताए । 'बैंकहरूले चासो दिए विदेश भागेकालाई पनि सजिलै सम्पर्क गरेर ल्याउन सकिने देखिन्छ,' उनले भने ।

'उकास्न कर छुट'

काठमाडौ, पुस ८ - घरजग्गा क्षेत्रको समस्याको दीर्घकालीन समाधानका लागि कर छुट उपयुक्त विकल्प देखिएको सरोकारवालाले बताएका छन् ।
घर खरिद गर्ने ग्राहकलाई दिइने यस्तो छुटका कारण कारोबाट बढ्ने र त्यसले समस्या समाधान हुने देखिएको उनीहरूको तर्क छ । 'घरजग्गा व्यवसायीले हाल गरेका माग कानुनी रूपमा पूरा गर्न कठिन छ,' कान्तिपुरले आयोजना गरेको राउन्ड टेबल कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले भने, 'यसका लागि उपयुक्त विकल्प कर छुट हुन सक्छ ।'
एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत ससिन जोशीले पनि विदेशमा घर खरिदकर्तालाई छुट दिने प्रचलन रहेको बताए । विभिन्न मुलुकमा ग्राहकले मासिक किस्ता बुझाउँदा प्रयोग गरेको रकमबाट करमा छुट दिने व्यवस्था रहेको उनले बताए । 'यसले घरको माग बढाउँछ र कम आय भएकालाई समेत खरिद गर्न प्रोत्साहन गर्छ,' उनले भने । पुनर्कर्जा वा ऋण तिर्ने म्याद मात्र थपेर समस्याको समाधान नहुने उनले बताए । 'बैंकमा तरलता अभाव भएर वा राष्ट्र बैंकले सिलिङ तोकेर लगानी नभएको होइन,' उनले भने, 'व्यवसायीले माग अनुरूपको निर्माण गर्दा बैंकले जति पनि लगानी गर्न सक्ने अवस्था छ ।'
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले २ खर्बको हाराहारीमा लगानी रहेको घरजग्गा क्षेत्रलाई उद्योगको मान्यता दिनुपर्ने बताए । 'घर अति आवश्यक वस्तुमा पर्छ,' उनले भने, 'राज्यले यो क्षेत्रमा लगानी गरेकालाई करमा छुट दिनुपर्छ ।' हाल कुनै पनि उद्योग सञ्चालन गर्ने खर्च बढेकाले सरकारबाट सहयोग आवश्यक छ । 'सबैले उत्पादनमूलक क्षेत्रलाई अघि बढाउनु भनिरहेका छौं,' उनले भने, 'त्यस्तो हुँदा घरजग्गा क्षेत्र पनि आफैं सुधार हुन्छ ।'

बैंकको कुल लगानीमा घरजग्गा क्षेत्रको हिस्सा ठूलो भएकाले यसलाई महत्त्व दिनुपर्ने जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाराज तामाङले बताए । 'पहिले यो क्षेत्रमा आक्रामक वृद्धि भएको थियो,' उनले भने, 'त्यसलाई सच्याउन कदम चालिसकिएको छ र सुधारका लागि थप काम गर्न जरुरी छ ।' सरकार र राष्ट्र बैंकले पछिल्लो समय दिएका सुविधाले पर्याप्त नभएकाले दीर्घकालीन समाधानको बाटो खोजिनुपर्ने उनले बताए । 'हामीले बैंकर्स संघसँग मिलेर संयुक्त रूपमा लिखित माग दिएका छौं,' उनले भने, 'यसबारे सुनुवाइ भए अहिलेको अवस्थामा सुधार हुने थियो ।'
हाउजिङ व्यवसाय सुरु गर्दा रहेको ब्याजदर छोटो समयमै दोब्बर भएकाले पुनर्कर्जाको व्यवस्था हुनुपर्ने संघका महासचिव मीनमान श्रेष्ठले बताए । 'यसका साथै पहिलो पटक घर किन्ने व्यक्तिलाई पहिचान गरेर केही सुविधा दिन सकिए बजार चलायनमान हुने थियो,' उनले भने । राष्ट्र बैंकले चालेका कदम आवश्यक भए पनि ढिला भएकाले थप सुविधा आवश्यक भएको उनले बताए । 'काठमाडौंमा मात्रै वाषिर्क २५ हजार घर आवश्यक छ,' उनले भने, 'व्यवसायीले १६ सय मात्र दिन सकिरहेका छौं ।'
संघका वरिष्ठ उपाध्यक्ष ओमराज भण्डारी घरजग्गा क्षेत्रको नीतिगत समस्या समाधान भए पनि कर्जा नपाउनु र ब्याजदर उच्च रहनुले अवस्था बिगि्रएको बताउँछन् । 'घरजग्गा क्षेत्रमा काम गर्नेले पनि तालिम लिनुपर्ने व्यवस्था गरेर गैरआवासीयलाई खरिद गर्ने सुविधा दिएपछि केही समाधान हुन सक्छ,' उनले भने । सरकारले लगानी वर्षको तयारी गरिरहे पनि सञ्चालनमा रहेका घरजग्गा व्यवसायीको समस्या समाधान गर्न नसकेको उनले बताए । 'सहरीकरण र जीवनस्तरबारे सरकारले मापदण्ड बनाउनुपर्छ,' उनले भने ।
सरकारी प्रावधान पूरा गरेर निर्माण सम्पन्न गरिसकेको योजनालाई समेत समस्या परेको व्यवसायी प्रकाश बज्राचार्यले बताए । 'कम मूल्यका अपार्टमेन्ट तयार गरेर बिक्री गर्न बसेकालाई समेत अहिले समस्या छ,' उनले भने, 'कारोबार ठप्प हुँदा मुलुकलाई पनि समस्या
छ ।' यसका साथै विदेशीलाई बिक्री गर्दा पुँजी पलायन हुन्छ भन्ने मात्र ध्यान नदिएर सार्क मुलुकका नागरिकलाई घर/अपार्टमेन्टमा लगानी गर्न दिनुपर्ने उनले बताए ।
सेयर बजारमा जस्तै राष्ट्र बैंकले घरजग्गामा पनि ढिलो निर्देशन जारी गरेर समस्या भएको व्यवसायी गणेश अग्रवालले बताए । 'अहिले मन्दी जस्तो भइसकेको छ,' उनले भने, 'मूल्य बढ्न छाडेको लामो समय भयो ।'
इँट उत्पादक संघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले घरजग्गा क्षेत्रमा आएको समस्याले अन्य उद्योगलाई पनि असर गरेको बताए । 'वास्तविक खरिदकर्ता नभई भाउ बढाउँदै धेरै कारोबार भयो,' उनले भने, 'यसले अहिले समस्या आएको छ ।' समस्या आइसकेकाले अन्य उद्योगलाई पनि जोगाउन आवश्यक कदम चालिनुपर्ने उनले बताए । अर्का व्यवसायी हरि न्यौपाने पनि घरजग्गाबाट सिमेन्ट र डन्डी उद्योगमा असर पुगेको बताउँछन् । 'घरजग्गा व्यवसाय अहिले सघन उपचार कक्षमा पुगिसकेको छ,' उनले भने, 'चारा दिएर मात्र हुँदैन ठोस निर्णय आवश्यक छ ।' घरजग्गा क्षेत्रमा भएको लगानीको रकम मुलुकभित्रै रहेकाले यसलाई रुग्ण उद्योग घोषणा गर्नुपर्ने उनले बताए । घरजग्गा व्यवसायीले नाफा मात्र हेरेर वास्तविक खरिदकर्तालाई लक्षित नगरेकाले समस्या आएको व्यवसायी राजन कर्माचार्यले बताए । 'एनआरएनलाई खरिद गर्न दिने आवाज आइरहेको छ,' विदेशमा घरजग्गा मेला आयोजना गर्ने उनले भने, '१ प्रतिशत भन्दा बढी एनआरएन बस्नका लागि घर खरिद गर्न इच्छुक छैनन् ।'
राष्ट्र बैंकले जोखिम अनुसार कदम चाल्दै जाने अधिकारीले बताए । 'राहत प्याकेजदेखि स्थिर सम्पत्ति व्यवस्थापन कम्पनीसम्मका विषयमा हामीले अध्ययन गरिसकेका छौं,' उनले भने, 'आवश्यक पर्दा कदम चाल्ने छौं ।' घरजग्गा क्षेत्रमा सरकारले नभई व्यवसायीका कारण समस्या आएको उनले बताए । 'जसले बिगार्‍यो उसले पनि समाधानका लागि सरकारसँग मिलेर काम गर्नुपर्छ,' उनले भने, 'विकृति निम्त्याउने र भएका कानुनी प्रावधान नम्मान्ने कुरा हुँदैन ।' सरकारसँग सहकार्य गरेर व्यवसायीले समाधान खोज्न सक्ने उनले बताए ।

Wednesday, December 21, 2011

टि्वटरमा साउदी अर्बपतिको लगानी

साउदी अरब (एजेन्सी), पुस ६ - साउदी अरबका सबैभन्दा धनी व्यक्ति राजकुमार अलवालिद बिन तलालले सामाजिक सञ्जाल टि्वटरमा ३० करोड अमेरिकी डलर लगानी गरेका छन् । सञ्चार बादशाह भनेर चिनिने रुपोर्ट मुरडकको न्युज कर्पोरेसनमा पनि उनी दोस्रो ठूला लगानीकर्ता हुन् ।


साउदी अरबका राजाको नातेदार अलवालिदको सम्पत्ति २० अर्ब अमेरिकी डलर बराबर छ । टि्वटरमा उनले महिनौंको छलफल पछि ३ दशमलव ७५ प्रतिशत सेयर खरिद गरेको सञ्चार माध्यमहरूले जनाएका छन् ।
अरब क्षेत्रमा बढ्दो आन्दोलनको प्रचार गर्ने एक प्रमुख माध्यम बनेको टि्वटरमा अलवालिदले गरेको लगानीले सबैलाई अचम्ममा पारेको छ । अरब क्षेत्रमा विद्युतीय सञ्चारमाध्यमलाई वर्षौंदेखि शासनसत्ता सम्हालेका विरुद्ध आवाज उठाउने प्रमुख माध्यम बनाइएको छ । अरब विश्वका धेरैले अलवालिदको लगानीले कम्पनीको रणनीतिमा असर गर्न सक्ने चिन्ता सहित टि्वट गरेका छन् । उपस्थिति अनुसार १ दशमलव २ प्रतिशत मात्र रहेको अरब विश्वबाट टि्वट मार्फत भावना पोख्नेको संख्या एक वर्षमा २२ प्रतिशतले बढेको प|mेन्च अनुसन्धान संस्था सेमियोकास्टले उल्लेख गरेको छ । टि्वटरमा १० करोड भन्दा बढी प्रयोगकर्ता छन् ।
अलवालिदले किङ्डम होल्डिङ कम्पनी मार्फत टि्वटरमा लगानी गरेका छन् । लगानीको एक प्रमुख कम्पनी किङ्डम होल्डिङले यसै वर्ष साउदी अरबमा विश्वको सबैभन्दा ठूलो टावर बनाउने घोषणा गरेको थियो ।
सञ्चारमाध्यममा अलवालिदले धेरै इच्छा दिने गरेका छन् । उनको अरबी भाषामा पत्रिका प्रकाशन गर्ने संस्थामा ३० प्रतिशत लगानी छ । अरब क्षेत्रलाई समेटेर एक नयाँ समाचार टेलिभिजन सञ्चालन गर्ने योजना उनको छ । 'विश्वव्यापी असर राख्ने र ठूलो सम्भावना रहेको क्षेत्रमा लगानी गर्ने रणनीति अनुरूप टि्वटरमा हामी गएका हौं,' अलवालिदले भने । अलवालिदकी श्रीमती अमिरालाई ८३ हजार भन्दा बढीले टि्वटरमा पछ्याएका छन् ।
टि्वटरका प्रवक्ताले अलवालिदको लगानीबारे प्रस्ट पारे पनि रणनीतिक योजना बनाउने संञ्ालक समितिमा हुने प्रतिनिधित्व बारे बताउन चाहेनन् । करिब डेढ वर्षअघि नेपाल आएका उनले यहाँको पर्यटन उद्योगमा लगानी गर्ने इच्छा देखाएका थिए ।

Tuesday, December 20, 2011

डलर बढेर बैंकलाई राहत

काठमाडौ, पुस ५ - ओरालो लागेको घरजग्गा र अन्य लगानीका स्रोतबाट पनि सन्तोषजनक कमाइ नभइरहेका बेला बढेको डलरले बैंकहरूलाई निकै राहत दिएको छ ।  चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकमा विदेशी मुद्राबाट हुने आम्दानी दोब्बर भएको हो । दोस्रो त्रैमासिकमा अझ आक्रामक देखिएको अमेरिकी डलरले बैंकिङ क्षेत्रको खातालाई तन्दुरुस्त राख्न सहयोग पुर्‍याउने देखिन्छ । 

असोज मसान्तसम्म वाणिज्य बैंकले विदेशी मुद्रा मार्फत ७४ करोड १ लाख रुपैयाँ कमाएका छन् । अघिल्लो आर्थिक वर्षको यसै अवधिभन्दा यो १ सय १० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा यो रकम ३५ करोड १६ लाख रुपैयाँ थियो । नाफामा गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा ७ प्रतिशत मात्र योगदान दिएको विदेशी मुद्राको आम्दानीको हिस्सा यस अवधिमा १५ प्रतिशत छुन खोजेको छ ।
'पहिलो त्रैमासिक भन्दा दोस्रोमा डलरको वृद्धि निकै भएकाले ठूला बैंकलाई चिट्ठा परेजस्तै हुन्छ,' राष्ट्र बैंकका एक पूर्वअधिकारीले भने । ठूलो बासलात भएका बैंकले धेरै सञ्चिति राख्न पाउने हुँदा विशेषगरी ठूला बैंकलाई राहत पुग्ने भए पनि चुस्त व्यवस्थापन गरेका साना बैंक पनि लाभमै रहेका छन् ।
'पर्यटक बढ्नु, सेवा व्यवसाय राम्रो हुनु र केही मात्रामा निर्यात सुधार भएकाले वाणिज्य बैंकको विदेशी मुद्राबाट हुने आम्दानी बढेको हो,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने । यसबाहेक सेवा क्षेत्रबाट भित्रिने डलर पनि वाणिज्य बैंकमा जम्मा
हुन्छ । विदेशी मुद्राको व्यवस्थापनबाट हुने यस्तो नाफाको २५ प्रतिशत सञ्चितिमा राखेर बाँकी नाफामा देखाउन सकिने प्रावधान छ ।
एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत ससिन जोशी विदेशी मुद्राबाट हुने आम्दानी बढेसँगै अन्यबाट आम्दानी घटेकाले यसको वृद्धिदर उच्च देखिएको बताउँछन् । 'पछिल्लो समय डलर बढी अस्थिर भएकाले अब आउने नजिता फरक हुन सक्छ,' उनले भने । रेमिट्यान्स आउने क्रम बढेकाले विदेशी मुद्रा बढिरहेको उनले बताए ।
दोस्रो त्रैमासिक आउँदासम्म पनि डलरको मूल्य, रेमिट्यान्स र सेवा क्षेत्रबाट आय बढ्ने क्रम जारी छ । यसले बैंकको आम्दानी वृद्धि गर्न सहयोग गर्ने देखिन्छ । तर अस्थिर डलरको मूल्यले असर गर्न सक्ने सम्भावना पनि छ । 'वृद्धि नै हुन्छ भन्न सकिँदैन,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने, 'व्यवस्थापनमा सही निर्णय नभएर घाटा भएको पनि हुन सक्छ ।' डलरको मूल्य तल-माथि भइरहँदा डलर आफूसँग राख्ने समयले नाफा-घाटा निर्धारण गर्छ । 'बैंकहरूले आआफ्नो योजना अनुसार डलर राख्छन्,' पौडेलले भने, 'समय अनुसार नाफा- घाटा दुवै हुन सक्छ ।'
जोशी पनि डलर बढी अस्थिर भएकाले घाटा हुने सम्भावना बढी रहेको बताउँछन् । 'कुन बैंकको कस्तो अवस्था छ भनेर बाहिर आइसकेको छैन,' उनले भने, 'घाटा भएको पनि हुन सक्छ ।' बैंकहरूको बासलातको आकार वृद्धि भइरहे पनि नाफामा देखिनुपर्ने वृद्धि दोस्रो त्रैमासिक पनि उत्साहजनक नहुने बैंकर बताउँछन् ।
पहिलो त्रैमासिकमा बैंकहरूको पुँजी तथा दायित्व १२ प्रतिशतले बढे पनि खुद ब्याज आम्दानी भने १ प्रतिशतले घटेको छ । बैंकले निक्षेपकर्तालाई दिने ब्याज र ऋणीबाट लिने ब्याजको अन्तरले ब्याज आम्दानी हुन्छ । आर्थिक वर्षको पहिलो त्रैमासिकमा वाणिज्य बैंकको कुल ब्याज आम्दानी ६ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकको उक्त शीर्षकमा ६ अर्ब ९६ करोड ३४ लाख रुपैयाँ थियो । 

Monday, December 19, 2011

भारु अझै स्थिर नहुने

नया दिल्ली (एजेन्सी) – एक वर्षमा करिब १६ प्रतिशतले कमजोर भएको भारतिय रुपैया“ अझै केहि महिना स्थिर नहुने देखिएको छ । आन्तरिकका साथै विश्वव्यापी आर्थिक अवस्थाले यस्तो हुने विश्लेशक बताउछन् ।
पछिल्लो एक महिनामा भारतिय रुपैया“ले हालसम्मकै कमजोर अवस्था देखेको छ । डलरको तुलनामा  गत वर्ष सबैभन्दा बढी ४३ दशमलव ८५ रुपैया रहेको भारु अवमूल्यन भएर ५४ दशमलव ३० सम्म पुगेको छ । एसियाली बजारमा भारु सबैभन्दा बढी कमजोर मुद्रा बनेको हो ।

‘अबको ५ देखि ८ सातासम्म भारु स्थिर नहुने देखिन्छ’ प्राइसवाटर हाउस कोपर्सका कार्यकारी निर्देशक संजिव कृष्णले भने । उनले आर्थिक सूचक कमजोर रहेर औद्योगिक र आर्थिक वृद्धिदरलाई सहयोग गर्ने नीति नआए रुपैया“ अझै अवमुल्यन हुने बताए ।
‘अहिलेसम्म अवस्था उल्टिसकेको छैन’ उनले भने,‘आर्थिक सूचकमा सुधार र नीति निर्माताले केहि खुसीका कुरा सुनाए अवस्था परिवर्तन हुन्छ ।’
पछिल्लो दुई सातामा सबैभन्दा बढी भारु कमजोर भएको छ । स्वदेशमा व्यवसायी र आयातकर्ताले बढाएको डलरको भाग र मुलुकबाट बाहिर रकम जाने काम नरोकिएकाले यस्तो भएको हो । घट्दो वृद्धिदर, उच्च मूल्यवृद्धि र बढ्दो व्यापार घाटालाई सरकारले सम्बोधन गर्न नसकेको आरोप लाग्ने गरेको छ ।
विदेशी लगानीकर्ताले ठुलो रकम भारतबाट बाहिर लगेका छन् । २०१० मा २९ अर्ब डलर लगानी गरेको विदेशी लगानीकर्ताले २०११ मा हालसम्म ३५ करोड डलरको हाराहारी फिर्ता लगेका छन् । 
भारु अवमूल्यन भएपछि सरकारको पनि चिन्ता बढेको छ । ‘भारु अवमूल्यन भैरहेको समयमा कुनै पनि अर्थमन्त्रीलाई आराम हुन सक्दैन’ अर्थमन्त्री प्रणवमुखर्जीले गत साता भनेका थिए ।
अर्थशास्त्री अम्रत्य सेन भने डलर अधिमूल्यनलाई नराम्रो मात्र भन्न नमिल्ने बताउछन् । ‘केहि व्यक्तिका लागि अवमूल्यन घाटा हो तर अन्यका लागि होइन’ हवार्ड विश्वविद्यालयका प्राध्यापक समेत रहेका उनले भने,‘यो असर अनुसार फरक छ ।’ निर्यात वृद्धि गर्न दबाबपूर्ण अवस्थामा पनि मुद्रा अवमूल्यन गरिरहेको चीन तर्फ इंकित गरे ।  ‘केहि मुलुकले आफ्नो मुद्रा अवमूल्यन गरेर निर्यातलाई राम्ररी बढाएका छन्’ उनले भने,‘भारतले पनि यस्तो फाइदा लिन सक्छ ।’
गिरावटलाई नियन्त्रण गर्न भारतले बिहिवार बजार हस्तक्षेप गरेको छ । फरवार्ड कन्ट्राक्टका केहि प्रावधानमा रोक लगाएर माग घटाउने तयारी गरिएको हो । यसका साथै बैंकले आफु स“ग राख्न सक्ने डलरको मौज्दातलाई पनि कम गरिएको छ । निर्णय पछि शुक्रबारबाटै भारतिय मुद्रामा केहि सुधार आउन थालेको छ । केहि साता अघिबाट केन्द्रिय बैंकले आफ्नो मौज्दातमा रहेको डलर विक्री गर्न थालेको छ । डिसेम्बरको पहिलो साता भारतको विदेशी बिनिमय संचित ३ सय ६ अर्ब अमेरिकी डलर छ ।

घरजग्गा समस्या सुल्झाऔं, उत्पादनमूलक क्षेत्रमा ब्याजदर घटाऔं - गभर्नर

काठमाडौ, पुस ३ - घरजग्गा क्षेत्रबाट बैंकहरूमा देखिएको समस्या सुल्झाउन केन्द्रीय बैंकले छलफल अघि बढाउने भएको छ । भएका कुनै पनि प्रावधानलाई नमिची समाधानको बाटो निकाल्न बैंकर र केन्द्रीय बैंक तयार भएका हुन् ।

गभर्नर युवराज खतिवडा, डेपुटी गभर्नरहरू गोपाल कापmले र महाप्रसाद अधिकारी सहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको भेटमा यस्तो छलफल भएको हो ।
'गभर्नरले घरजग्गा क्षेत्रबाट परेको प्रभावलाई कसरी हल गर्न सकिन्छ भनेर जिज्ञासा राख्नुभएको थियो,' एक बैंकरले भने, 'यसबारे बैंकर्स संघले सुझाव पठाउने योजना बनाएको छ ।' वाणिज्य बैंकले घरजग्गामा १ खर्ब र हाउजिङमा ४५ अर्ब रुपैयाँको हाराहारी लगानी गरेका छन् । कारोबारमा आएको मन्दीपछि यी क्षेत्रबाट साँवा र ब्याज उठ्न समस्या देखिएको छ ।
समस्या देखिएपछि केन्द्रीय बैंकले दुई पटक ब्याज उठाउने म्याद एक/एक महिना थप गरेको थियो । समय थप भए पनि ऋण भने नउठेको व्यवसायी बताउँदै आएका छन् । घरजग्गा व्यवसायीको संस्था जग्गा तथा आवास विकास संघ र बैंकर्स एसोसिएसनले संयुक्त रूपमा समस्या समाधानका लागि लिखित सुझाव केन्द्रीय बैंकलाई दिइसकेका छन् । तर दिइएका सुझाव लागू गर्न नसकिने केन्द्रीय बैंकले बताउँदै आएको छ । उक्त सुझाव मान्य नभए पनि केन्द्रीय बैंकले समस्या समाधान गर्न अन्य विकल्प माग गरेको हो ।
यसका साथै वाणिज्य बैंकलाई लगानीको ब्याजदर घटाउन र उत्पादनशील क्षेत्रमा लगानी गर्न गभर्नरले सुझाव दिएका छन् । 'दीर्घकालीन प्रवृत्तिका योजनामा ब्याज घटाउन सकिन्छ भन्ने सुझाव गभर्नरले दिनुभयो,' अर्का एक बैंकरले भने, 'हामीले पुराना नभएर नयाँ लगानीमा गर्न तयार रहेको बतायौं ।' उत्पादनशील क्षेत्रमा लामो समय कर्जा जाने र दीर्घकालीन आम्दानी भइरहने भएकाले कर्जाको ब्याजदर कम गर्न सकिने सुझाव गभर्नरको थियो । बैंकिङ प्रणालीको अवस्था र आवश्यक सुझाव लिनका लागि केन्द्रीय बैंकले छलफल आयोजना गरेको थियो । वाणिज्य बैंकले गत वर्ष तरलता अभाव बढेपछि निक्षेप तथा कर्जामा ब्याजदर बढाएका थिए ।
पछिल्लो समय तरलता बढे पनि ब्याजदर कम भएको छैन । बढी ब्याज दिएर लिएको निक्षेपका कारण तत्काल ब्याज घटाउन नसकिने बैंक बताउँदै आएका छन् । यसका साथै हाल देखिएको तरलता स्थायी प्रवृत्तिकै हो भन्ने निक्र्योल नभएकाले पनि ब्याजदर घटाइहाल्न बैंकर डराएका छन् । पुस महिनामा आयकर बुझाउनुपर्ने व्यवस्था र राष्ट्र बैंकले जारी गर्न लागेको विकास ऋणपत्रबाट तरलता प्रसोचन हुने भएकाले पनि पर्ख र हेरको अवस्थामा बैंक छन् । छोटो समयका केही लगानी र मुद्धती खातामा भने बैंकहरूले ब्याज घटाएका छन् । पछिल्लो समय वाणिज्य बैंकहरूको सूचक सकारात्मक रहेको र प्रणालीमा सुधार हुँदै आएको गभर्नरले बताएका थिए ।

Saturday, December 17, 2011

ह्यारीका हिरो

ह्यारी पोटर श्रंख्ला यस वर्ष सकिदैछ । अन्तिम श्र्ङखला ह्यारी पोटर एन्ड दी डेथ्ली हालोज दोस्रो स“गै जादुमय संसारको कथा देखाउने सिनेमा टुङ्गिदैछ । थ्रिडीमा समेत निकालिएको अन्तिम श्र्ङखलाले विश्वभरका बजारमा १ अर्ब ३ करोड डलर कमायो ।
राम्रो बजार पाएको फिल्मले नायक डेनियल राडक्लिफलाई पनि चर्चामा राखेको छ । विश्वका धनीको सुचि प्रकासन गर्ने फोब्स पक्रिकाले राडक्लिफलाई सबैभन्दा बढी कमाउने कलाकारको सुचिमा राखेको छ । हलिउडबाट रिलिज भएका सिनेमालाई नायक अनुसार वर्गिकरण गरेर सबैभन्दा बढी कमाउनेको सुचि बनाउदा डेनियल पहिलो भएका हुन् । अन्य अन्य अभिनेताको एक भन्दा बढी सिनेमाले गरेको आम्दानी भन्दा उनको एकै सिनेमाले बढी कमाएपछि सुचिको पहिलो स्थानमा उनी भएका हुन् । सिनेमाका अन्य कलाकार भन्दा डेनियलको भुमिका मुख्य भएकाले उनलाई चुनिएको पक्रिकाले उल्लेख गरेको छ ।
अग्रेज नायक डेनियलले टेलिभिजनको सिनेमाबाट अभियन थालेका हुन् । बिबिसि वान नामक च्यानलबाट प्रसारण हुने डेभिड कोपरफिल्डमा ८ वर्षको छदै उनले पहिलो अभियन गरेका थिए । ११ वर्षको उमेरमा ह्यारी पोटरको पहिलो श्रङखलामा अभिनय थालेपछि भने उनको चर्चा विश्वव्यापी हुन थालेको हो ।
बेलायतको पश्चिमी क्षत्रेमा १९८९ मा जन्मिएका डेनियलकी आमा पनि बिबिसिका टेलिफिल्ममा अभियन गर्छिन । ह्यारी पोटर सिनेमा खेल्न थालेपछि डेनियलको स्कुल यात्रा रोकिन थाल्यो । अन्य विद्यार्थीले जिस्काउन थाल्ने र समय नहुने समस्याका कारण उनले घरमै अध्ययन अघि बढाए ।
उनको पहिलो सिनेमा यात्रा पनि सजिलै भएको होइन । डेभिड हेम्यानले जेके रोलिङको पुस्तकबाट सिनेमा बनाउने तयारी गरेर एक बालकलाई खोजिरहेका थिए । अडिसन सुरु भएपनि डेनियलका बुबाआमाले भने घर बाहिर सुटिङ हुने भएकाले सुरुमा इच्छा देखाएनन् । सातवटा सिनेमामा बिभिन्न स्थान गएर अभिनय गर्नु पर्ने भएकाले उनीहरुले अनिच्छा देखाएका हुन् । अडिसन सुरु भएको सात महिनासम्म पनि खोजेजस्तो अभिनेता पाइएको थिएन । फिल्मका निर्देशक क्रिस कोलम्बसले डेनियल अभिनित एक सिनेमा हेरेपछि तुरुन्तै लिने निर्णय गरे । त्यसपछि थप सिनेमा गर्ने÷नगर्ने टुङ्गो नभएपनि पहिलोको सुटिङ सुरु भयो । सिनेमा अभियन गरेबापत १० लाख डलरभन्दा बढी पारिश्रमिक उनले पाए । २००१ मा सबैभन्दा बढी कमाउने सिनेमा बनेपछि डेनियलको चर्चा र माग बढ्न थाल्यो । पहिलो सिनेमाबाट छुट्टै नाम बनाएपछि उनले पछि फर्केर कहिल्यै हेर्नु परेन । एक पछि अर्को गर्दै ह्यारी पोटरको श्रङ्खलाबाट उनले आर्जन गर्ने रकम र ख्याती बढ्दै गयो ।
डेनियललाई सन्डे टाइम्सले २००६ मा धनीको सुचिमा राखेको थियो । उक्त समय उनको सम्पक्ती १ करोड ४० लाख पाउन्ड भएको उल्लेख गरिएको थियो । यसले उनलाई बेलायतकै युवा धनीहरुको समूहमा राख्यो । २००९ को फोब्स पक्रिकाले उनलाई सबैभन्दा बहुमुल्य युवा कलाकारको सम्मान दियो । सोहि वर्ष डेली टेलिग्राफले उनको सम्पक्ती ३ करोड पाउन्ड बराबर भएको उल्लेख गर्यो । यो सम्पक्तीले उनी बेलायतको १२ औं धनी युवा भए । २०१० देखि बेलायतमा सबैभन्दा धनी युवा भएको दाबी बिभिनन पत्रिकाले गरेका छन् । सोहि वर्ष उनी हलिउडमा धेरै पारिश्रमिक पाउने ६ पुरुष कलाकारमध्येमा परेका थिए । ह्यारी पोटर श्रङखला सकिदा उनको सम्पक्ती २ करोड ८० लाख पाउन्ड भन्दा बढी पुगेको दाबी गरिन्छ । यो बेलायती राजकुमारहरु विलियम र ह्यारी स“ग भएको सम्पक्ती भन्दा बढी हो । पैसा कमाउनु जीवनको उद्धेस्य नरहेको बताउने डेनियल पढन सबैभन्दा बढी रुचाउछन् ।

मूल्य नियन्त्रणका लागि भारतमा 'हस्तक्षेप'

काठमाडौ, पुस २ - अमेरिकी डलरको बढ्दो र भारतीय रुपैयाँको घट्दो मूल्य नियन्त्रणका लागि भारतीय रिजर्भ बैंकले १४ वर्षपछि बजार 'हस्तक्षेप' गरेको छ । हस्तक्षेपले नेपालमा पनि अमेरिकी डलरको मूल्य बढ्ने क्रम रोकिने भएको छ । 
 डलरको माग घटाउन विभिन्न कदम चालेर विनिमय दर नियन्त्रण गर्न थालिएको हो । व्यावसायिक बैंकलाई आवश्यकताभन्दा बढी डलर खरिद गर्न नदिने र भएको बिक्री गर्नेलगायत नीति केन्द्रीय बैंकले लिएको छ ।
विनिमय दर भनेको दुई प्रकारका मुद्रा साट्न प्रयोग हुने दर हो । भारतसँग रहेको स्थिर विनिमय दरअनुसार एक भारतीय रुपैयाँ नेपालीमा साट्दा १ रुपैयाँ ६० पैसा हुन्छ । अमेरिकी डलरसँग भारतको खुला बजार विनिमय दर छ ।
भारतीय कदमले आक्रामक रूपमा बढिरहेको डलरको मूल्य स्थिर हुनेछ । 'भारतमा डलरको भाउ बढ्न रोकिएपछि नेपालमा पनि रोकिन्छ,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने ।
भारतमा ५२ रुपैयाँको हाराहारीमा अमेरिकी डलरको मूल्य रहने देखिन्छ । यसले नेपालमा डलरको मूल्य ८४ रुपैयाँको हाराहारीमा पुग्छ । भारतले डलरको मूल्य निश्चित अंकमा नतोकेका कारण थोरै घटबढ भने भइरहनेछ । अमेरिकी डलरको मूल्य भारतमा सबैभन्दा बढी ५४ रुपैयाँ ६५ पैसा र नेपालमा ८६ रुपैयाँ ३७ पैसासम्म पुगेको थियो । केन्द्रीय बैंकले चालेका कदमपछि डलरको मूल्य कम हुन सुरु भइसकेको छ । शुक्रबार भारतमा बजार खुल्दा डलरको मूल्य ५२ दशमलव २१ पैसासम्म भएको थियो । बजार बन्द हुने समयमा ५३ दशमलव ५२ रुपैयाँ पुगेको छ ।
भारतमा डलरको माग कम गर्न रिजर्भ बैंकले १९९७ को एसियाली संकटपछि पहिलो पटक बजार हस्तक्षेप गरेको हो । माग कम भएपछि मूल्य पनि घट्छ । माग घटाउन भारतीय रिजर्भ बैंकले स्थानीय बैंकको डलर राख्न सक्ने क्षमतालाई कम गरेको छ ।
प्राविधिक भाषामा 'ओपन पोजिसन' भनिने अवस्थामा बैंकहरूले जति पनि विदेशी मुद्रा खरिद गर्न सक्छन् । बिहीबार राति रिजर्भ बैंकले ओपन पोजिसनलाई परिवर्तन गरेको छ । जसबाट व्यावसायिक बैंकले आफ्नो पुँजी र आवश्यकताको आधारमा मात्र निश्चित डलर खरिद गर्न पाउनेछन् । अन्य बैंकले फाइदाका लागि धेरै डलर खरिद गरेपछि बजारमा माग बढेको थियो ।
फरवार्ड कन्ट्राक्ट -निश्चित समयपछि आजकै मूल्यमा गरिने कारोबारको सम्झौता) मा हुने सट्टेबाजीलाई पनि केन्द्रीय बैंकले रोक लगाएको छ । व्यवसायीले यस्तो सम्झौता अवधिअगावै रद्द गरेर पुनः नवीकरण गर्न पाउने छैन । यसले बजारमा डलरको माग घटाउनेछ ।
माग घटाउने यी दुई कदमसहित केन्द्रीय बैंकले डलर बिक्री गर्ने क्रम पनि बढाउने भएको छ । बजारमा बढी डलर पठाउँदा त्यसले पनि मूल्य वृद्धि रोकिन्छ ।
माग कम गरेर मूल्य बढ्न नदिए पनि अमेरिकी डलरलाई भारतले कमजोर नबनाउने विश्लेषक बताउँछन् । 'भारतले वृद्धि रोक्ने कदम चाले पनि ५२ रुपैयाँको हाराहारीमा राख्ने देखिन्छ,' एक मौदि्रक ज्ञाताले भने, 'धेरै कम गर्दा भारतमा हुने लगानी र व्यापार घाटा बढ्छ ।' अमेरिकी डलर भारतमा बलियो हुँदा महँगी बढे पनि व्यापारमा सुधार आउँछ । भारतमा लगानी गर्दा मूल्य धेरै हुने भएकाले विदेशी लगानीकर्ता पनि आकषिर्त हुन्छन् । यसका साथै निर्यात व्यापारमा पनि सुधार आउँछ ।
हालको अवस्थामा नेपाललाई पनि डलर महँगो भएकोभन्दा सस्तो हुँदा धेरै फाइदा छ । डलर महँगो हुँदा रेमिट्यान्स बढ्छ र विदेशी लगानीकर्ता आकषिर्त हुन्छन् । पस्मिना, गलंैचा, चिया, कफी लगायतका वस्तुले डलर महँगिँदा राम्रो मूल्य पाउँछन् । तर यसले महँगी पनि बढाउँछ ।
नेपालको कुल व्यापारमा निर्यातको हिस्सा जम्मा १५ प्रतिशत मात्र छ । आयातमा हुने खर्च ८५ प्रतिशत छ । यसले डलर बढ्दा १५ प्रतिशतलाई फाइदा हुन्छ भने घट्दा ८५ प्रतिशतलाई ।
आर्थिक वर्षको तीन महिनामा मुलुकको निर्यात गत वर्षको सोही अवधिभन्दा ६ दशमलव ९ प्रतिशतले बढेर १८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । सँगै आयात ७ दशमलव ८ प्रतिशतले बढेर १ खर्ब २६ करोड पुगेको छ । आयात र निर्यात बीचको असमानताले वस्तु व्यापार घाटा ८ प्रतिशतले बढेर ८२ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यसको अर्थ निर्यात गरेर कमाएको पैसाभन्दा ८२ अर्ब बढी आयात गर्न मुलुकले खर्च गरेको छ । पछिल्लो तीन महिनामा डलरकै कारण आयात हुने वस्तुको मूल्य ३० प्रतिशत बढिसकेको व्यवसायी बताउँछन् ।

Friday, December 16, 2011

खारेजी अधिकार अब राष्ट्र बैंकलाई

काठमाडौ, पुस १ - राष्ट्र बैंकले वित्तीय सुशासन कायम नगर्ने संस्थालाई सिधै खारेजीमा लैजान सक्ने गरी कानुनी व्यवस्था गर्न लागेको छ ।
बैंक तथा वित्तीय संस्थाका बचतकर्ताको सुरक्षाको ग्यारेन्टी गर्ने निक्षेप तथा कर्जा सुरक्षण निगमलाई अधिकार सम्पन्न बनाएर यस्तो व्यवस्था गर्न लागिएको हो । 'फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन जस्तै अधिकार सम्पन्न बनाउन तयारी गरिएको हो,' राष्ट्र बैंकका उच्च अधिकारीले भने, 'त्यस्तो अधिकारले तोकिएका मापदण्ड पूरा नगर्ने संस्थालाई सीधै खारेजीमा लैजान सक्छ ।' 

हाल वित्तीय सुशासन उल्लंघन गरेर तोकिएका मापदण्ड पूरा नगर्ने संस्थालाई राष्ट्र बैंकले पहिलो चरणमा सुविधा रोक लगाउने गरेको छ । अनुसासन उल्लंघन घटनाको प्रकृति अनुसार शीघ्र सुधारात्मक कारबाही पनि
गरिन्छ । संस्था चल्न नसक्ने अवस्थामा भए निक्षेपकर्ताको पैसा फिर्ता गर्न खारेजीको निर्णय हुन्छ । यसका लागि पुनरावेदन अदालतमा खारेजीको माग गर्दै निवेदन दिनुपर्छ । केन्द्रीय बैंकले निवेदन दिएपछि अदालतले छानबिन अधिकृत नियुक्त गर्छ । अधिकृतको प्रतिवेदनलाई आधार बनाएर खारेजीको निर्णय गरिन्छ । खारेजीमा परेको संस्थाले निक्षेप सुरक्षण गरेको भए ३ महिनाभित्र सर्वसाधारणले २ लाख रुपैयाँसम्मको निक्षेप फिर्ता पाउँछन् । यी सबै प्रक्रिया पूरा गर्न न्यूनतम ६ महिना लाग्ने अवस्था छ ।
फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडिआइसी) अमेरिकी सरकारको स्वामित्वमा भएको संस्थान हो । १९३३ मा स्थापना भएको संस्थानले बैंकहरूको निक्षेप सुरक्षण गर्छ ।
१९३० को दशकमा अमेरिका सहित विश्वका अधिकांश मुलुकमा बिगि्रएको आर्थिक अवस्था -ग्रेट डिप्रेसन) पछि यस्तो संस्थानको अवधारणा आएको हो । उक्त समयमा भएका बैंक रन -बैंकलाई नपत्याएर एकै पटक धेरैले पैसा झिक्ने काम) भएपछि निक्षेप सुरक्षण गर्न संस्थान खोलिएको थियो । सुरुमा २ हजार ५ सय डलरसम्म सुरक्षण गरेको संस्थाले हाल २ लाख ५० हजार अमेरिकी डलरसम्मलाई सुरक्षा दिएको छ । २००८ मा भएको वित्तीय संकटमा संस्थानले २५ वटा अमेरिकी बैंकलाई हस्तक्षेप गरेर आफ्नो अधीनमा लिएको थियो । एफडिआइसीलाई चल्न नसक्ने संस्थालाई खारेज गर्न सक्नेसम्मको अधिकार छ ।
एफडिआइसी जस्तै निक्षेप तथा कर्जा सुरक्षण निगममा पनि सरकारको स्वामित्व छ । तर निगमलाई भने उत्तिकै अधिकार सम्पन्न हुन सकेको छैन ।
राष्ट्र बैंकले प्रारम्भिक रूपमा गरिरहेको कामले पूर्णता पाए प्रक्रिया पूरा गर्न महिना दिनभन्दा बढी समय लाग्ने छैन । 'यस्तो सुविधा उपलब्ध गराउनका लागि छुट्टै ऐन आवश्यक हुन्छ,' स्रोतले भन्यो, 'त्यस्तो ऐनले खारेजीको सबै अधिकार निगमलाई दिएको हुने छ ।' राष्ट्र बैंकले ऐन बनाउन गरिरहेको अध्ययनलाई विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले सहयोग गर्ने प्रतिबद्धता दिएका छन् ।
दुई बाहेक सबैको निक्षेप सुरक्षण
सञ्चालनमा रहेका २९ वाणिज्य बैंकले निक्षेप सुरक्षण गराएका छन् । मंसिर २९ गतेसम्म यी बैंकले निक्षेप सुरक्षण गरेका हुन् ।
कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक बाहेक सबैले निक्षेप तथा कर्जा सुरक्षण निगमसँग यसका लागि सम्झौता गरेका छन् । सम्झौता अनुसार २ लाख रुपैयाँसम्मको व्यक्तिगत खातामा रहेको निक्षेपको जिम्मा निगमले लिन्छ ।
सम्झौता भएका संस्था खारेजीमा गए निगमले निर्णय भएको तीन महिनाभित्र सर्वसाधारणलाई २ लाख रुपैयाँसम्मको रकम फिर्ता दिन्छ । गत वर्षबाट सुरु भएको निक्षेप सुरक्षण योजना अन्तर्गत अधिकांश विकास बैंक र फाइनान्स कम्पनीले सम्झौता गरिसकेका छन् । यस वर्षको बजेटले सुरक्षणको रकम ५ लाख रुपैयाँ पुर्‍याउने उल्लेख गरेको छ । निगमले अर्धवाषिर्क समीक्षा गरेर छिट्टै नयाँ योजना र परिमार्जन गर्ने जनाएको छ ।

Thursday, December 15, 2011

मूल्यवृद्धि दोहोरो अंकमा हुने

काठमाडौ, मंसिर २९ - एकपछि अर्को रेकर्ड राख्दै बढेको अमेरिकी डलरले नेपालमा मूल्यवृद्धि दरलाई १० प्रतिशतभन्दा माथि धकेल्ने खतरा बढेको छ । बिहीबार डलरको मूल्य  ८६ रुपैयाँ नाघेको छ । यो हालसम्मकै उच्च मूल्य हो । 
डलरको मूल्य लगातार बढिरहँदा आयातित वस्तुका मात्र नभएर मुलुकभित्रैको उत्पादनमा पनि लागत बढ्छ । 'अहिलेसम्म डलरको वृद्धि हेर्दा मुद्रास्फीति १२ देखि १३ प्रतिशतसम्म पुग्ने देखिन्छ,' राष्ट्र बैंकका एक पूर्वअधिकारीले भने, 'आधा आर्थिक वर्ष बित्न लागेकाले अझ कम प्रभाव देखिएको हो ।'
राष्ट्र बैंक भने हाल देखिएको उतारचढाव क्षणिक हुन सक्ने बताउँछ । 'बढिरहेको मूल्य क्षणिक रहेको र केही समय पछि वास्तविक स्थानमा आउने अनुमान गरिएको छ,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, 'त्यस्तो नभए मूल्य वृद्धि लक्ष्यभन्दा बढी हुन सक्छ ।' यस वर्षको मौदि्रक नीतिले मूल्य वृद्धिदर ७ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
युरोपेली ऋण संकट र भारतमा माग उच्च भएपछि डलरको मूल्य बढिरहेको छ । बाहिरिने पुँजी रोक्न र विदेशी लगानी बढाउनका लागि भारतले डलरको विनिमय दरमा हस्तक्षेप गरेको छैन । भारतसँगको स्थिर विनिमय दरका कारण नेपालमा पनि डलरको मूल्यले दिनदिनै नयाँ रेकर्ड राख्न थालेको हो ।
डलर तिरेर आयात हुने वस्तुको मूल्य वृद्धि हुन थालेको छ । यसका साथै भारतीय बजारमा पनि डलर बढ्ने क्रम नरोकिएकाले भारतीय र त्यहाँको कच्चा पदार्थ प्रयोग भएर स्वदेशमै उत्पादन हुने वस्तको मूल्य वृद्धि भइरहेको छ । ज्ञवाली भने आयात गर्दा व्यापारीले ४ महिनासम्ममा भुक्तानी गर्न सक्ने भएकाले मूल्य वृद्धि भइनसकेको बताउँछन् । 'डलरको भाउ बढ्दा तत्कालै असर देखिने होइन,' उनले भने, 'यसलाई रोक्न सरकारले बजार अनुगमन गर्न सक्छ ।' व्यवसायीले डलरको बढ्दो मूल्यसँगै जोखिम कम गर्न 'फरवार्ड कन्ट्राक्ट' बाट कारोबार गर्न सक्ने उनी बताउँछन् ।
तत्काल थोरै असर देखिए पनि केही समयपछि डलरको मूल्यले राष्ट्र बैंकको लक्ष्यभन्दा बढी मुद्रास्पिmीति दर रहने निश्चित भएको विशेषज्ञ बताउँछन् । उद्योगले आयात गर्ने अधिकांश कच्चा पदार्थ डलर तिररे ल्याइने भएकाले मूल्य वृद्धि बढ्ने निश्चित छ । यसका साथै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेपछि सबै उद्योगको सञ्चालन खर्च बढ्ने छ । अर्कोतर्फ डलरको मूल्य बढिरहने हो भने विद्युत् प्राधिकरणमा पनि शुल्क वृद्धि गर्न थप दबाब पर्ने छ । पछिल्लो समय यसको तयारी भइरहेको छ । ऊर्जाका लागि प्रयोग गरिने मुख्य वस्तु पेट्रोलियम पदार्थ र विद्युत्को मूल्य वृद्धिले बजारमा सबै वस्तुको भाउ बढाउने छन् ।
साथै सवारीसाधन, इलेक्ट्रोनिक सामान, लत्ताकपडा लगायतको मूल्य पनि बढिरहेको छ । व्यवसायी पछिल्लो ३ महिनामा डलरसँगै आयात भएका वस्तुको मूल्य २० प्रतिशत बढिसकेको बताउँछन् ।
शुक्रबार भारतीय केन्द्रीय बैंकले गर्न लागेको मौदि्रक नीति समीक्षाबाट डलरको अस्थिरताबारे केही निर्णय हुन सक्ने सञ्चारमाध्यमले जनाएका छन् । उक्त समीक्षाको मुख्य विषय ९ दशमलव ११ प्रतिशत रहेको मूल्य वृद्धि हुने छ । मूल्य वृद्धि बढाउन पछिल्लो समय भारतमा डलरले निकै सहयोग पुर्‍याएको छ ।
डलरको मूल्य बढ्दै गएपछि रेमिट्यान्स अप्रवाह वृद्धि भएको छ । पछिल्लो समय रेमिट्यान्स आउने क्रम २८ प्रतिशतले बढेको छ । अर्थमन्त्री वर्षमान पुनले पनि बुधबार अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिलाई रेमिट्यान्सका कारण मुलुकमा विदेशी मुद्राको सञ्चित ३ सय ३० अर्ब रुपैयाँ बराबर पुगेको उनले बताए ।
लगातार डलरको मूल्य वृद्धि भइरहँदा रेमिट्यान्स कम हुने सम्भावना पनि उत्तिकै रहन्छ । अझै बढ्ने आशामा विदेशबाट आउनुपर्ने पैसा केही समय रोकिन पनि सक्ने विशेषज्ञ बताउँछन् ।

Tuesday, December 13, 2011

पैसा बैंकमै थुप्रियो

काठमाडौं, मंसिर २८ - आर्थिक वर्षको पाँच महिनासम्म वाणिज्य बैंकहरूमा थप ५६ अर्ब रुपैयाँ जम्मा भएको छ । यो अवधिमा लगानी भने २१ अर्ब रुपैयाँ मात्र बढेको छ । जम्मा हुने रकम बढ्दै गएका बेला त्यही दरमा लगानी बढ्न नसक्दा बैंकको नाफा घट्नुका साथै निजी क्षेत्रको वृद्धिदर र अर्थतन्त्रमा समेत असर पर्ने देखिएको छ ।  

मंसिरको तेस्रो सातासम्म वाणिज्य बैंकहरूको निक्षेप -खातामा जम्मा रकम) ७ खर्ब ४३ अर्ब रुपैयाँ र कर्जा लगानी ५ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । असार अन्तिम साता निक्षेप ६ खर्ब ८७ अर्ब र कर्जा ५ खर्ब २१ अर्ब रुपैयाँ थियो । डलरको भाउ बढेकाले रेमिट्यान्समा सुधार र पर्यटन क्षेत्रबाट हुने आम्दानी बढेपछि बैंकमा जम्मा हुने रकम पनि बढेको हो । वाणिज्य बैंकले पुस मसान्तसम्ममा कर्जा निक्षेप अनुपात ८० प्रतिशत कायम गर्नुपर्ने व्यवस्थाका कारण पनि निक्षेप बढेको हो । कर्जा निक्षेप अनुपात बैंकमा जम्मा भएको रकम र त्यसबाट गरिने लगानीको अनुपात हो ।
लगानीको नयाँ क्षेत्र फेला पर्न नसक्नु र भएको समेत खुम्चँदै गएपछि पैसा बैंकमै थन्किने क्रम बढेको हो । गतवर्षसम्म देखिएको तरलता अभावका कारणसमेत बैंकले ढुक्क भएर लगानी गर्न सकेका छैनन् । 'पछिल्लो समय तरलता (लगानीयोग्य पुँजी) मात्र बढेको छ,' लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले भने, 'लगानी गर्ने क्षमतामा वृद्धि हुन सकेको छैन ।' बैंकहरूले थपिएको रकम कर्जा निक्षेप अनुपात मिलाउन प्रयोग गरिरहेको हुन सक्ने उनले जनाए । 
मंसिरको तेस्रो साता मात्रै वाणिज्य बैंकको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ । मंसिर १६ मा ७ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप रहेका वाणिज्य बैंकमा मंसिर २३ मा उक्त रकम ७ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको हो । यही अवधिमा लगानी भने २ अर्ब रुपैयाँले मात्र बढेको छ ।
केही वर्षदेखि सरकारले समयमै बजेट ल्याउन नसक्दा ठूलो रकम सरकारी ढुकुटीमै थन्किने गरेको थियो । यसले बैंकिङ क्षेत्रमा तरलता अभाव हुन्थ्यो । यस वर्ष भने समयमै बजेट आएर वाणिज्य बैंकमा तरलता रहे पनि कर्जा नबढेपछि निजी क्षेत्रले अर्थतन्त्रमा दिने योगदानमा असर पुग्ने देखिन्छ ।
बैंकहरूको सबैभन्दा ठूलो ग्राहक निजी क्षेत्रमा पनि अपेक्षित लगानी बढ्न सकेको छैन । ऊर्जा अभाव, श्रम समस्या र ऋणको उच्च ब्याजदरलगायत कारणले उद्योगबाट कर्जाको माग आउन नसकेको हो । 'भएकामा समस्या देखेपछि नयाँ उद्योग कोही खोल्न चाहँदैनन्,' उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले भने, 'यस्तो अवस्थामा बैंकले कहाँ लगानी गर्ने ?' लोडसेडिङ, महँगो डिजेल, हडताल, बन्द र सिन्डिकेटलगायतले निजी क्षेत्रलाई आक्रान्त बनाएको उनी बताउँछन् । 'व्यवसाय गर्न चाहिने खर्च कहाँ पुगी सक्यो,' उनले भने, 'नीति नियमअनुसार काम नभएसम्म समस्या देखिइरहन्छ ।'
निक्षेप बढ्ने तर लगानी नबढ्ने अवस्था लामो समय रहे सबैभन्दा पहिलो असर बैंकको नाफामा पर्ने अर्थशास्त्री केशव आचार्यले बताए । 'यस्तो अवस्था रहिरहे बैंकको सञ्चालन खर्च बढ्छ र नाफा घट्छ,' उनले भने, 'यसको दीर्घकालीन असर भने अर्थतन्त्रमा देखिन्छ ।'
लगानी वृद्धि नहुँदा आर्थिक क्रियाकलापदेखि रोजगारीसम्म असर पुग्न सक्ने उनी बताउँछन् । 'आर्थिक संकटपछि अमेरिकामा पनि सरकारले खर्च गर्ने तर बैंकले नगर्ने अवस्था देखिएको थियो,' उनले भने, 'बैंकको आत्मविश्वासमा कमी आएर पनि यस्तो हुन सक्छ ।' यसले पुँजी पलायनको खतरासमेत बढ्न सक्ने उनी बताउँछन् । 'अनौपचारिक क्षेत्रमा हुने कारोबार बढेर पनि बैंकिङमा असर गरेको हुन सक्छ,' उनले भने ।
घरजग्गा क्षेत्रमा आएको समस्याका कारणले बैंकको लगानीमा आत्मविश्वास कम भएको हुन सक्ने अनुमान छ । 'सीमाभित्रै रहेर लगानी गरेका बैंकको पनि घरजग्गा क्षेत्रबाट आउनुपर्ने ब्याज र साँवामा समस्या देखिएपछि थप लगानी गर्न असहज भएको हुन सक्छ,' पन्तले भने । वाणिज्य बैंकले १ खर्बको हाराहारीमा घरजग्गा क्षेत्रमा लगानी गरेको अनुमान छ । कृषि क्षेत्रका लगानीमा प्रोत्साहन लिने नीति केन्द्रीय बैंकले लिए पनि बैंकहरूले इच्छा देखाएका छैनन् । 'व्यावसायिक रूपमा ठूला योजना नआएसम्म कृषिमा लगानी बढाउन सकिँदैन,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'सानो रूपमा जान सम्भव देखिँदैन ।'

डलर ८५ नाघ्यो

काठमाडौ, मंसिर २७ - अमेरिकी डलरको मूल्य बढ्दै गएर ८५ रुपैयाँ नाघेको छ । राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दर अनुसार डलरको बिक्री दर ८५ रुपैयाँ ६९ पैसा पुगेको छ । खरिद दर ८५ रुपैयाँ ०९ पैसा पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
युरोपमा जारी आर्थिक संकटका कारण अमेरिकी डलरको माग बढेकाले भाउ बढेको हो । डलरको मूल्य बढ्दा आयात हुने अधिकांश वस्तुको मूल्य बढ्ने गर्छ । निर्यात हुने वस्तुले भने राम्रो मूल्य पाउँछन् । डलरको मूल्य बढ्न थालेपछि मुलुक भित्रिने रेमिट्यान्समा पनि वृद्धि हुन थालेको छ । बढी मूल्य हुने भएपछि डलरमा लगानी बढ्ने सम्भावना पनि रहन्छ । आयात भएका वस्तुको मूल्य भने २० प्रतिशतसम्म बढेको व्यवसायी बताउँछन् ।
भारतसँग रहेको स्थिर विनिमय दरका कारण डलरमा पनि असर पर्छ । भारतले डलरको अधिमूल्यन -बढ्दो भाउ) रोक्न हस्तक्षेप नगरेसम्म नेपालमा पनि यो वृद्धि भइरहने देखिन्छ । भारत सरकारले डलरमाथि तत्काल हस्तक्षेप गर्ने अवस्था आइनसकेको बताउँदै आएको छ । डलर महँगो भएपछि भारतले निर्यात बढाउने र व्यापार घाटा कम गर्ने अवसर पाएको छ । साथै मूूल्य वृद्धि बढिरहेको छ । नेपालको कुल आयातमा करिब ६५ प्रतिशत भारतबाट हुने गरेको छ ।

Monday, December 12, 2011

संस्थागत सुशासन कायम गर्नेलाई समस्या छैन

काठमाडौ, मंसिर २७ - सानिमा विकास बैंक स्तरोन्नति भएर मुलुकको ३२ औं वाणिज्य बैंक बन्न लागेको छ । गैरआवासीय नेपालीद्वारा प्रवर्द्धित सानिमाले जलविद्युत्, कृषि लगायत क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल आगामी दिन संस्थागत सुशासन, शुद्ध बैंकिङ र नीति नियमको पालनामा कुनै सम्झौता नगर्ने बताउँछन् । लम्सालसँग समग्र बैंकिङ र सानिमाबारे रोशन अधिकारीले गरेको कुराकानी:

३२ औं वाणिज्य बैंक बन्ने तयारीमा हुनुहुन्छ । वाणिज्य बैंकको संख्या धेरै भएन र ?
हामी खुल्न लागेको नयाँ बैंक होइनौं । सात वर्षदेखि यही क्षेत्रमा छौं । राम्रै नाम कमाएका छौं । जसको अर्थ हाम्रो जरा फैलिएको छ । बजारमा प्रतिस्पर्धा छ । तर नवप्रवेशी
जस्तो चुनौती हामीलाई छैन । आफ्नै ग्राहक छन् र नयाँ थप्नका लागि पनि उपयुक्त सम्बन्ध बनाइसकेका छौं । हामी डराउनुपर्ने अवस्थामा छैनौं ।
बैंकिङ क्षेत्रमा केही समस्या देखिएका छन् । यसलाई कसरी हेर्नुभएको छ ?
एक-दुईको अवस्था फरक होला तर अधिकांशमा छैन । संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर हिँड्ने बैंकलाई कहिल्यै समस्या भएको छैन । अहिलेसम्म हामीले तरलता अभावको समस्या झेल्नुपरेको छैन । ऋण जोखिम पछि सबैभन्दा ध्यान तरलतामा दिएका छौं । तरलता र नाफा दुई विपरीत कुरा हुन् । धेरै नाफा खोज्नेलाई तरलता अभाव भएको छ । यसमा घरजग्गालाई पनि जोडेर हेर्न सकिन्छ । यस क्षेत्रमा धेरै लगानी भएकालाई समस्या भएको हो । घरजग्गाको कारोबार हुँदा बढी लगानी गरेका बैंकले नै धेरै फाइदा गरेका थिए । अहिले कारोबार कम भएपछि उनीहरूलाई समस्या परेको छ ।
त्यसो भए बैंकिङ क्षेत्रको समस्या के छ ?
अहिले तरलता बढी भएको र अवस्था सहज भएको भन्न मिल्छ जस्तो लाग्दैन । कुनै समय ९० प्रतिशतभन्दा बढी भएको कर्जा निक्षेप अनुपात पुस मसान्तमा ८० प्रतिशतभित्र ल्याइसक्नुपर्ने छ । यी सबै हेर्दा तरलता छ तर लगानी गर्ने अवसर बढेको छैन । अर्कोतर्फ घरजग्गा व्यवसायका कारण बैंकहरूको नाफामा नकारात्मक असर परेको देखिन्छ । ऋण र ब्याज उठ्न नसकेर निष्व्रिmय कर्जा र जोखिम व्यवस्थामा रकम बढेका छन् । यो घरजग्गाकै कारणले मात्र भएको नहुन सक्छ । घरजग्गा क्षेत्रको कारोबार उच्च भएको अवस्थामा अन्य क्षेत्रको कारोबार पनि बढेको थियो । सवारी साधन, रेस्टुराँमा बढी खर्च भएका थिए । सिमेन्ट, डन्डी, गिट्टी लगायतको खपत बढेको थियो ।
घरजग्गाकै कुरा गर्दा बैंकर/व्यवसायी एकतर्फ र राष्ट्र बैंक अर्कोतर्फ देखिन्छ । उपयुक्त विकल्प के हुन सक्छ ?
समस्या कारोबार रोकिएपछि आएको हो । पुनर्कर्जा वा पुनःसंरचना लगायतले समय मात्र थपिन्छ । समस्या समाधान गर्नका लागि कारोबार सुरु हुनुपर्छ । घाटा खाएर भए पनि कारोबार गरे समाधान हुन्छ ।  सरकारले यसमा सहयोग गर्दा उपयुक्त हुने देखिन्छ । मूल्य बढेपछि रोकिएको कारोबार सुरु हुन 'करेक्सन' भने आवश्यक छ । लाग्ने घाटाको व्ययभार सबैले लिनुपर्छ । यसलाई लम्ब्याउँदै लगे समस्या अझै विकराल हुने देखिन्छ ।
अन्य धेरैले जस्तै सानिमाले पनि वाणिज्य बैंक बनेपछि कृषिमा लगानी गर्ने बताउँदै आएको छ । योजना के छन् ?
हामीले कृषिमा लगानी गर्छौं भन्नुका दुई कारण छन् । पहिलो हाम्रा अहिले नै ७/८ शाखा ग्रामीण क्षेत्रमा छन् । ती शाखाबाट सजिलै साना कर्जा दिन सक्छौं । दोस्रो अब बैंकहरूले कृषिमा लगानी गर्नैपर्ने अवस्था आएको छ । बजारको माग नै यो छ ।
जलविद्युत्को लगानी वृद्धि गर्न पुँजी बढाउने तयारी गर्नुभएको छैन ?
२ अर्ब चुक्ता पुँजीले हाम्रो प्राथमिकता अनुसारको जलविद्युत् आयोजनामा लगानी गर्न पुग्छ । ५ सय मेगावाटमा लगानी गर्नुभन्दा ५ वटा २५ मेगावाट क्षमताका आयोजनामा लगानी गर्न इच्छुक छौं । गर्नै नसकिने काम गर्छु भन्नु भन्दा सकिने काम गर्ने नीति लिएका छौं ।
वाणिज्य बैंक बनेपछि सानिमाबाट ग्राहकले के अपेक्षा गर्ने ?
हामी सामाजिक कार्यमा सबैभन्दा धेरै केन्दि्रत हुने छौं । यो ज्यादै आवश्यक छ । संस्थागत सुशासन, शुद्ध बैंकिङ र नीति नियमको पालनालाई हामीले जारी राख्ने छौं । हाम्रो मान्यतामा बैंक भन्ने संस्था सधैं रहनुपर्छ । सधैं नाफा मात्र हेरेनौं । स्वनियमनमा हाम्रो जोड रहने छ । यसका साथै ग्राहकका लागि केही योजना ल्याउने तयारीमा छौं । यो अहिले प्रारम्भिक तहमै छ ।

नबिलले अवकाश कोष व्यवस्थापन सेवा सुरु गर्ने

काठमाडौ, मंसिर २६ - नबिल इन्भेस्टमेन्ट बैंकिङले कर्मचारी सञ्चय कोष जस्तै अवकाश कोष व्यवस्थापन (रिटायर्डमेन्ट फन्ड म्यानेजमेन्ट) सेवा सुरु गर्ने भएको छ । नबिल बैंकको सहायक संस्थाका रूपमा रहेको यस कम्पनीले सञ्चालनका लागि सरकारसँग अनुमति मागेको छ । 'सेवा सञ्चालनका लागि आवश्यक तयारी गरिरहेका छौं,' नबिल बैंकका प्रमुख लगानी अधिकृत भुवन दाहालले भने, 'नबिल इन्भेस्टमेन्ट अन्तर्गत वा छुट्टै कम्पनी खोलेर सेवा दिने योजनामा छांै ।' 

हाल अवकाश कोष योजना कर्मचारी सञ्चय कोषले मात्र सञ्चालन गरिरहेको छ । सञ्चय कोषसँग विभिन्न संस्थामा कार्यरत कर्मचारीको १ खर्ब २ अर्ब ४१ करोड रुपैयाँ छ । ४५ लाख कर्मचारी आबद्ध कोषमा २८ हजार कार्यालयले सुविधा लिइरहेका छन् । ठूलो बजार हुनुका साथै प्रतिस्पर्धी नभएकाले नबिल बैंकले सहायक कम्पनी मार्फत यस्तो सेवा सुरु गर्ने तयारी गरेको हो ।
कोष सञ्चालन गर्नका लागि १ करोड रुपैयाँ चुक्ता पुँजी र १ हजार ग्राहक आवश्यक हुन्छ । इन्भेस्टमेन्ट बैंकिङको १० करोड रुपैयाँ चुक्ता पुँजी भएकाले सेवा सञ्चालन गर्न सकिने दाहालले बताए । नबिलले अवकाश कोष मार्फत सञ्चय कोषले जस्तै विभिन्न कम्पनीमा कार्यरत कर्मचारीलाई योजना बिक्री गर्ने छ । निजी तथा सरकारी सेवामा कार्यरत कर्मचारीले योजनामा सहभागी हुन पाउने छन् । योजना अनुसार रोजगार रहेको समयमा तलबको निश्चित रकम कोषमा जम्मा हुने छ । अवकाश पाएपछि उक्त रकम एकमुष्ट फिर्ता दिने वा पेन्सनका रूपमा आजीवन प्रदान गर्ने योजना कम्पनीले ल्याउने जनाएको छ । 'अन्तर्राष्ट्रिय मान्यता अनुरूपका सबै अवकाश कोषका योजना हामीले लागू गर्ने तयारी गरेको हौं,' दहालले भने ।
यससँगै बैंकले विदेशमा शाखा खोल्ने पुरानो योजनालाई पनि अघि बढाएको छ । २००८ मा बैंकले लिएको ५ वर्षे रणनीतिक योजना अनुरूप विदेशमा शाखा खोल्नका लागि काम अघि बढाइएको थियो । यसका लागि बैंकमा 'अन्तर्राष्ट्रिय बैंकिङ युनिट' ले काम गरिरहेको दाहालले बताए । उक्त युनिटले २००८ मै भुटानमा शाखा खोल्नका लागि सबै अध्ययन पूरा गरे पनि अन्तिम समयमा रोकिएको थियो । भुटानको केन्द्रीय बैंकले थप वाणिज्य बैंक र विदेशीको शाखा खोल्न नदिने नीति लिएपछि काम रोकिएको थियो ।
'हामी दक्षिण एसियाली मुलुकमा साझेदारी, शाखा वा प्रतिनिधि कार्यालय खोल्नका लागि अध्ययन गरिरहेका छौं,' दाहालले भने, 'विभिन्न मुलुकको अध्ययन भइरहेको छ ।' कम्बोडिया, भियतनाम, बर्मा लगायत मुलुकका प्रावधानबारे बैंकले अध्ययन गरिरहेको हो । विदेशमा शाखा खोल्नका लागि पुँजी वृद्धि आवश्यक हुन सक्ने भएकाले यस सम्बन्धी तयारी पनि बैंकले गरेको छ । 'बोन्ड जारी गरेर पुँजी बढाउने काम अघि बढाउँछौं,' दाहालले भने ।
नबिल इन्भेस्टमेन्टलाई सम्पूर्ण इन्भेस्टमेन्ट कम्पनीको काम गर्ने संस्थाका रूपमा अघि बढाउने योजना बैंकले लिएको छ । पोर्टफोलियो व्यवस्थापनको काम गरिरहेको इन्भेस्टमेन्टले सामूहिक लगानी कोषका लागि पनि आवेदन दिएको छ ।
नबिल बैंकमा सबैभन्दा ठूलो लगानी रहेको एनबी इन्टरनेसनलका बंगलादेशी कन्ट्री म्यानेजर माहियुद्दिन अहमदले बैंक रणनीतिक योजना अनुसार अघि बढिरहेको बताए । 'बैंकको व्यवस्थापनबाट सबै सन्तुष्ट छौं,' उनले भने, 'स्थानीय विशेषज्ञ सामेल भएकाले बैंकले अझै उचाइ लिने छ ।' मर्जरको कुनै सोच नबनाए पनि 'भ्यालु एड' हुने भए यसबारे सोच्न सकिने उनी बताउँछन् ।
बैंकले इन्भेस्टमेन्ट बैंकिङ, बैंकास्योरेन्स, रेमिट्यान्स, जलविद्युत् इकाई लगायतमा विशेष ध्यान दिने योजना बनाएको छ । यसका साथै बैंकले मोबाइल बैंकिङलाई पनि परिर्माजित गर्नेे भएको छ । 'अन्य बैंकसँग पनि जोडिने गरी मोबाइल बैंकिङको काम गर्ने तयारीमा छौं,' दहालले भने । सूचना प्रविधि र ग्राहक सेवामा ध्यान पुर्‍याउने योजना सुरु भइसकेको उनी बताउँछन् ।
बैंकले दिएको तथ्यांक अनुसार एनबी इन्टरनेसनलले १९९९ मा नबिलको ५० प्रतिशत सेयर खरिद गरेको हो । त्यसयता बैंकको खुद नाफा ४ सय २ प्रतिशतले बढेको छ । यही अवधिमा निक्षेप ४ सय २५, ऋण लगानी ५ सय ७२ प्रतिशतले बढेका छन् । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा गरेको थियो । नबिल विदेशी संयुक्त लगानीमा स्थापित मुलुकको पहिलो वाणिज्य बैंक हो ।

Saturday, December 10, 2011

आम्दानी आठ आना, खर्च रुपैयाँ

गोकर्ण अवस्थी र रोशन अधिकारी
तनहुँ, पुर्कोटबाट राजधानी आई सुकेधारामा बस्दै आएका विष्णु भण्डारीले चार वर्ष भयो सेयरमा लगानी गर्न थालेको । नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) एक हजारभन्दा माथि रहेका बेला 'पैसा फल्ने रूख' सम्झेर उनले पैसा हाल्न सुरु गरेका थिए । 'सेयरसम्बन्धी तालिम लिएरै लगानी थालेको थिएँ,' उनी भन्छन्, 'धेरै फाइदा हुन्छ भन्ने हल्ला थियो ।' 

एउटा गैरसरकारी संस्थामा जागिरे रहेका भण्डारीले कपनमा रहेको जग्गा बिक्री गरेर २२ लाख रुपैयाँ सेयरबजारमा खन्याए । 'जसले त्यो जग्गा किनेका थिए, तिनले ५५ लाखमा बिक्री गर्दा मन चसक्क भयो,' उनी सम्झन्छन् । किनभने, उनले लगानी गरेको सेयरको मूल्य भने ४० प्रतिशतले कम भयो ।
यता डिल्लीबजारका गोपाल शर्माको दैनिकी यतिखेर जग्गामा डुबेको पैसा असुली गर्नेमै बित्न थालेको छ । 'एक लाख रुपैयाँको एक महिनामै १० हजार रुपैयाँ दिने भन्दै' एकजना जग्गा व्यवसायीले उनीसँग रकम लिएका थिए । दुई वर्षअघि दिएको रकम जग्गाको कारोबारमा आएको कमीसँगै उठ्ने सम्भावना पनि कम हुँदै गएको छ । 'झन्डै २५ लाख रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ,' उनले निराशा पोखे । उनीसँग रकम लिएका व्यवसायीचाहिं लुकिछिपी बसेको पनि सुनाए । बैंंकले पनि ती व्यवसायीको खोजी गरिरहेको छ । 
नयाँ खुलेको लगानीका अवसरका रूपमा लिइएको 'कमोडिटिज' बजारमा पैसा गुमाउनेहरू प्रशस्त छन् तर उनीहरू खुल्न चाहँदैनन् । 'कमोडिटिजमा लागेर झन्डै ५० लाख रुपैयाँ गुमिसक्यो,' एक लगानीकर्ता भन्छन्, 'तर बेइज्जती हुने डरले कसैलाई भन्न सकिएको छैन ।'
करिब साताअघि युवा उद्यमी हितेश गोल्छाको इमेल आयो । उनले केही नयाँ व्यवसाय सुरु गरे होला भनेर हेर्दा त 'नेपाल बोड्र्स' बन्द भएको खबर पो रहेछ । गोल्छा अर्गनाइजेसनको युवापुस्तालाई प्रतिनिधित्व गर्ने हितेशले केही अघिको भेटमा भृकुटी कागज कारखाना, नेपाल बोड्र्सलगायतका उद्योग समस्यामा रहेको बताएका थिए । अहिले त बन्दै भएछ ।
मुलुकको अर्को समूहचाहिं औद्योगिक उत्पादन छाडेर सेवा क्षेत्रमा हात हाल्न खोजिरहेको छ । काल्र्सवर्गमा सेयर घटाएको खेतान समूहले शिक्षा र स्वास्थ्यमा लगानी गर्न चाहिरहेको छ । 'उद्योगमा देखिने विभिन्न समस्याका कारण अब सेवा क्षेत्रमा बढी केन्दि्रत हुन खोजिरहेका छौं,' खेतान समूहका अध्यक्ष राजेन्द्र खेतान भन्छन् ।
यी त भए लगानी गर्नेका कुरा, जागिरेको दैनिकी झन् कष्टकर छ । एक सरकारी कार्यालयकी जागिरे सावित्रा दाहाल सहरमा भाडा तिर्न नसकेर गल्फुटारमा अलि सस्तो डेरा सरेकी छन् । हालै एक बिहान माइक्रोबसमा कार्यालय जाँदै गरेकी उनले तलबबाट गुजारा चलाउन निकै कष्टकर भएको सुनाइन् । 'माइक्रोबसमा उभिएर कार्यालय आउजाउ गर्नुको कष्ट त केही होइन,' बसमा उभिइरहेकी उनले सुनाइन्, 'श्रीमान् र म दुवै जागिरे छौं, तर पनि महिना धान्न गाह्रो भइरहेको छ ।'
घट्दो आय र बढ्दो खर्चले सबैलाई पिरोलेको छ । एक सामान्य गृहिणीलाई बालबच्चाको पढाइ धान्न कठिन भएको छ भने खेतानजस्ता उद्यमीका लागि ज्याला, ऊर्जा, ढुवानीजस्ता खर्च बढेर 'मार्जिन' घटेको छ । 'बढेको खर्चअनुसार मूल्य बढाउन सकिएको छैन,' खेतान भन्छन् ।
आर्थिक वर्ष २०६४/६५ यता आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा कम छ तर त्यसपछिका दुई वर्ष १४ प्रतिशत र पछिल्लो दुई वर्ष नौ प्रतिशतको हाराहारीमा बजारमूल्य बढेको छ । सामान्यतया आर्थिक वृद्धिदरले अर्थतन्त्रको आयआर्जनको अवस्था देखाउँछ । मुद्रास्फीति सर्वसाधारणले गर्नुपर्ने खर्च हो । न्यून आर्थिक वृद्धिदर र बढी मुद्रास्फीति अर्थतन्त्रका लागि जटिल अवस्था हो ।   
गत वर्ष करिब नौ प्रतिशतले बढेको महँगी यस वर्ष पनि त्यही स्थानमा छ । अन्तर्राष्ट्रिय खरिददारीमा प्रयोग हुने अमेरिकी डलर र पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सरकारी कर्मचारीको पारिश्रमिकमा गरिएको वृद्धि, बढेको ज्यालाका साथै खाद्यान्नको मूल्य आकासिएपछि सर्वसाधारण महँगीको चापमा छन् । 'बिचौलिया र कालोबजारीका कारण पनि मूल्य बढेको राष्ट्र बैंकको ठम्याइ छ । त्यसैले मूल्य स्थायित्व कायम राख्नुपर्ने केन्द्रीय बैंक पनि गैरआर्थिक कारणले बढेको बजारभाउका कारण निरीह छ । यससँगै भारतबाट समेत मुल्यवृद्धि आयात भइरहेकाले बढेको हो,' राष्ट्र बैंकको निष्कर्ष छ । अर्कोतर्फ आयातमुखी अर्थतन्त्र भएका कारण महँगी बढ्दै जाने निश्चित छ । डलरको मूल्य बढे पनि भारतले यसलाई नियन्त्रण नगर्दा बजारमा अधिकांश वस्तु महँगो भएका छन् । यो अवस्था अझै केही समय जारी रहने विज्ञहरूको भनाइ छ ।
अत्यधिक महँगीका कारण सहरी क्षेत्रको बसोबास अरू कस्टकर बन्दै गएको छ । साधारण आयआर्जन भएकालाई बस्नखानकै पिरलो छ । बढ्दो घर र यातायातको भाडा, लोडसेडिङ, प्रदूषण आम समस्या बनेका छन् । सहरी जीवनमा 'बचत गर्न' भन्दा 'पुर्‍याउन' धौधौ पर्न थालेको छ ।
कुल गार्हस्थ्य उत्पादनको ९४ प्रतिशत खर्च हुनुले पनि सर्वसाधारणको दैनिक जीविकोपार्जनमै कमाइ खर्च भइरहेको देखाउँछ । त्यसैकारण वित्तीय संस्थाले समयसमयमा रकमको अभाव झेल्नु परिरहेको छ । रोजगारी सिर्जना हुन सक्ने क्षेत्रमा लगानी नहुँदा वैदेशिक रोजगारी मात्रै नेपाली युवाको विकल्प बनेको छ । २०६२/६३ को आन्दोलनपछि मात्रै करिब साढे १२ लाख युवा काम खोज्दै बिदेसिएका छन् ।
कहाँ छ अर्थव्यवस्था ?
यसको उत्तर सजिलो छैन । दोस्रो जनआन्दोलनपछि निकै अपेक्षा गरिए पनि नेपाली नागरिकको आम जीवनस्तरमा खासै परिवर्तन अनुभूत गर्न सकिएको छैन । गरिबीको रेखामुनि रहेका नेपालीको संख्या घटेको देखाइए पनि उपभोगलाई आधार बनाएर गरिएको सर्वेक्षणले दैनिकी फेरिएको अनुभूति गर्न सकिएको छैन । जीवनस्तरमा सुधार हुन मुलुकमा लगानी बढनुपर्छ, लगानीले रोजगारी सिर्जना गर्छ र रोजगारी बढ्दै जाँदा गरिबी घट्ने हो ।
सेयर बजार
सेयर बजार भनेको अर्थतन्त्रलाई चलायमान बनाउने र बजारमा लगानीका लागि रकम उठाइदिने एउटा माध्यम हो । तर यसको बिगि्रएको अवस्थामा तत्काल सुधारको अपेक्षा गर्न नसकिने विज्ञहरू बताउँछन् । २०६५ भदौमा नेप्से परिसूचक ११ सय ७५ पुगेर र्झन थालेयता धेरैले गुमाएका छन् । २०६४/६५ ताका झन्डै पाँच लाख नयाँ लगानीकर्ता सेयर बजारमा प्रवेश गरेका थिए ।
२०६१/६२ देखि ०६४/६५ सम्म उकालो मात्रै देखेको सेयर बजारमा १५ लाख हाराहारी लगानीकर्ता पुगे । प्राथमिक निष्कासनमा १ सय ३५ गुणा बढीसम्म आवेदन पर्ने र सेयर परिसूचक एकैदिन सय अंकसम्म बढ्ने अवस्था देखियो । 'उच्च आर्थिक वृद्धिदरसँगै न्यून ब्याजदरका कारण सेयर बजारले गति लिएको थियो,' सेयर विश्लेषक रवीन्द्र भट्टराई भन्छन्, 'दुवैमा भएको परिवर्तनले अहिलेको अवस्था आएको हो ।'
सेयर बजार खस्काउने कारण अरू पनि छन् । जस्तै- १० लाख रुपैयाँभन्दा बढीको लगानीको स्रोत खोजिने, 'प्यान' नम्बर अनिवार्य लिनुपर्ने, बढाइएको पुँजीगत लाभकर आदि । पछिल्लो समयमा केन्द्रीय बैंकले सेयर बजार सुधारका लागि केही सुविधा दिएको छ, तर त्यसले पनि खासै असर गर्न सकेको छैन । 'उच्च ब्याजदरकै कारण यस्तो अवस्था रहिरहेको हो,' भट्टराई भन्छन् । बजारमा थपिएको सेयर संख्या र घट्दो नाफाले पनि लगानीकर्तालाई आकषिर्त गर्न सकेको छैन । 'अर्थतन्त्रको अहिलेको अवस्था हेर्दा पहिलेजस्तो सुधार हुन कम्तीमा तीन वर्ष लाग्नेछ,' खेतान भन्छन् ।
लगानीका लागि प्रयोग गरिने अर्को बजार 'कमोडिटिज' को पनि मुलुकमा विकास भइसकेको छैन । केही 'एक्सचेन्ज' मार्फत् हुने यस्तो कारोबारको नियमन नभएकाले लगानीकर्ता ढुक्क हुन सकेका छैनन् । अर्कोतर्फ सेयर बजारबाट पाएको शिक्षाले पनि लगानीकर्तामा निराशा बढाएको छ । नियमन नहुने यस्ता संस्थाहरूको गतिविधि जुवाघरजस्तै भएको एक पीडित लगानीकर्ता बताउँछन् । 'यसको नियमन नहुने हो भने यसले धेरैलाई बर्बाद बनाउने खतरा छ,' उनले भने । नियमनका लागि विधेयक तयार भए पनि ठोस काम हुन सकेको छैन ।
घरजग्गा
पछिल्लो १० वर्षदेखि उपत्यकालगायतका मुख्य सहरमा फस्टाएको घरजग्गा व्यवसायले तीन प्रकारका कारोबारीलाई जन्मायो ः सानो समूहमा मिलेर जग्गा खरिद गरी 'प्लटिङ' गर्ने, जग्गा मिलाएर कमिसन खाने र बैना गर्दै अर्कोलाई बिक्री गर्ने । वैदेशिक रोजगारीबाट भित्रिएको रकम, काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या तर घट्दै गएको जग्गाले गर्दा यो व्यवसाय खुब फस्टायो । प्लटिङ गरेर बिक्री गर्नेमध्येका केहीले अझ अघि बढेर 'हाउजिङ' व्यवसाय सुरु गरे । सँगै बिनालगानी दलाली गरेर करोडौ कमाउनेको जमात पनि बढ्यो । '५-१० वर्षमा एउटै जग्गा १० पटक बढी बिक्री भएका छन्,' जग्गा तथा आवास विकास संघका सचिव भेषराज लोहनी भन्छन् । जग्गाको मूल्य १० वर्षमा २० गुणाभन्दा बढेको छ । 'सुनको व्यापारजस्तो भएको थियो,' लोहनी भन्छन्, 'हिजो र आजकै मूल्य छुट्टाछुट्टै ।'
लगानीको एक बजारका रूपमा विकास भएको घरजग्गा क्षेत्र पनि ठप्पप्रायः भएको छ । बैंक तथा वित्तीय संस्था -सहकारीसहित) ले करिब दुई खर्ब रुपैयाँको हाराहारीमा लगानी गरेको क्षेत्रमा एकाएक सुस्तता आएपछि राष्ट्रिय अर्थतन्त्रमै समस्या आउनु अस्वाभाविक थिएन । त्यो आयो र आम जनजीवनमै चौतर्फी असर पार्‍यो, जुन अहिले भोगिँदै छ ।
बैंक तथा वित्तीय संस्थाको बढ्दो संख्याका कारण पनि यो क्षेत्रमा समस्या सुरु भएको
देखिन्छ । छिटो नाफा हुने भएर वित्तीय संस्थाले यसलाई सजिलो लगानीका रूपमा विकास गरे । सँगै नियमन अभाव रहेको सहकारीले पनि उत्तिकै रकम यसमा लगाए । 'सहकारीले लगानी गर्ने मात्र नभएर घरजग्गामा लगानी गर्नकै लागि सहकारी खोल्ने क्रम पनि बढेको हो,' लोहनी भन्छन् ।
सहकारी मात्र नभएर विभिन्न बैंककै उच्चपदस्थ व्यक्ति पनि घरजग्गाका कारोबारी हुन सक्ने चर्चा चल्न थालेको छ । सरकारी कर्मचारी मोटाउने र राजस्व बढ्ने क्रम पनि तीव्र भयो । नक्कली कागजात राखेर अर्कैको जग्गा बिक्री भएकासम्मका घटना भए । अहिले समस्यामा परेका व्यवसायी र बैंकले समाधानका लागि राष्ट्र बैंक र सरकार गुहारिरहेका छन् तर यो क्षेत्रमा 'करेक्सन' आवश्यक भएको भन्दै थप सुविधा दिन नसकिने राष्ट्र बैंकले बताएको छ । जग्गाको मूल्य नघटी सुधार हुन नसक्ने विज्ञहरू बताउँछन् । 'घरजग्गाको मूल्य नघटेसम्म सुधार हुन सक्दैन,' प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनाल भन्छन् ।
बैंकिङ अप्ठेरो
सर्वसाधारणबाट पैसा संकलन गरेर लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई पनि सहज अवस्था
छैन । बढ्दो लागतसँगै लगानी विस्तार गर्न नसकेर उनीहरू समस्यामा छन् । तरलता अभाव हुँदा र नभएको समयमा कसरी संस्था चलाउने समस्या नै उनीहरूका लागि ठूलो भएको छ । दोहोरो अंकको ब्याज दिएर संकलन गरिएको निक्षेप कहाँ लगानी गर्ने र प्रतिफल पाउने भन्ने समस्यामा बैंकर छन् । मुलुकको आर्थिक अवस्थामा कायापलट ल्याउन सक्ने भनिएको जलविद्युत्मा पनि खासै लगानी आकषिर्त हुन सकेको छैन । बैंकिङ क्षेत्रको सुधारका लागि समग्र औद्योगिक वातावरण बन्न आवश्यक हुन्छ । सेयर र घरजग्गाजस्ता अल्पकालीन लगानीका अवसरले दिगो बैकिङ विस्तार सम्भव हुँदैन । बैंक मात्रै होइन, तीव्र आर्थिक वृद्धि र नियन्त्रित मूल्य स्थितिका लागि लगानी वृद्धि मुख्य सर्त भएको खनाल बताउँछन् । 'लगानी बढ्ने हो भने सुधार हुन्छ,' उनले भने ।
औद्योगिक क्षेत्रको विस्तार पछिल्लो पाँच वर्षमा शून्य दशमलब ३ प्रतिशतका दरले मात्रै भएको
छ । यसले लगानीकर्ताहरू पैसा लगाउन तयार छैनन् भन्ने संकेत गरेको छ । यसपटक त विद्युतीय 'लोडसेडिङ' दैनिक १९ घन्टासम्म पुग्ने भएपछि उद्योगीमा तनाव बढ्न थालेको छ ।
अर्थतन्त्रका स्वदेशी स्रोतहरू कमजोर हँुदा अझै पनि 'रेमिट्यान्स' नै अर्थतन्त्रको प्रमुख आधार हो । यस वर्षको पहिलोे तीन महिनामा २८ दशमलब ३ प्रतिशतले रेमिट्यान्सको आप्रवाह बढेर ७५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । विश्व बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल गार्हस्थ उत्पादनको तुलनामा २० प्रतिशत रेमिट्यान्स नेपालले भित्र्याइरहेको छ । अर्थतन्त्रमा रेमिट्यान्सले पुर्‍याएको योगदानका आधारमा नेपाल विश्वको छैटौ स्थानमा छ । 'अर्थतन्त्र सुधारका लागि लगानी विदेशबाटै आउनुपर्छ, एउटा त रेमिट्यान्स आइ नै रहेको छ,' प्रधानमन्त्रीका सल्लाहकार खनाल भन्छन्, 'अर्को, अब प्रत्यक्ष वैदेशिक लगानी आउनुपर्छ ।'
अर्थतन्त्रमा पैसा प्रवाह हुने सामान्यतया दुई तरिका हुन्छन् । एउटा विदेशबाट आउने रकम, अर्को जिम्बाबेले झैं आफैं नोट छाप्ने विधि । आफैं नोट छाप्नु आत्महत्यासरह हो भन्ने उदाहरण जिम्बाबेले प्रस्तुत गरिसकेको छ । त्यसैले विदेशी लगानीको विकल्प छैन ।
लोडसेडिङ, श्रम विवाद, राजनीतिक अस्थिरताजस्ता दशकौंदेखिका समस्यामा कुनै सुधार भएको छैन । भारतीय लगानीकर्ता मात्रै नेपालको जलविद्युत्मा १२ खर्ब लगानी गर्न तयार छन्, तर लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता -बिप्पा) मा हस्ताक्षर गरेका प्रधानमन्त्री बाबुराम भट्टराईकै पार्टीको एउटा पक्ष माथिल्लो कणर्ालीमा लगानीकर्तालाई प्रवेश निषेध गर्छ । लगानी भनेको भविष्यमा हुने प्रतिफलका लागि आज पुँजीको बलिदान गर्नु हो । प्रतिफल सुनिश्चित नभए कसैले लगानी गर्दैन ।
विदेशी लगानीकै कारण जीवनस्तरमा सुधार भएका मुलुकमा हाम्रै छिमेकका भारत र चीन पनि हुन् । विदेशी लगानीलाई सन् १९९१ मा स्वागत गरेको भारतमा त्यसयता ३० करोड जनता गरिबीको रेखाबाट माथि उठेका छन् । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको छ र अमेरिकालाई उछिन्ने होडमा छ । 'अहिले रेमिट्यान्सले उपभोग बढाएर मूल्य बढेको हो,' खनाल भन्छन्, 'लगानी आएर नयाँ उद्योग खुले भने भइरहेका उद्योगको माग बढ्छ । यसरी बढ्ने आर्थिक गतिविधिले मूल्यवृद्धिलाई पनि तल झार्छ ।' तर के मुलुक राजनीतिक रूपले स्थिर नहुँदासम्म उद्योग क्षेत्रमा लगानी भित्रिन्छ ?

मोफसलका 'ख’ र 'ग’ वर्गका संस्थालाई सुविधा

काठमाडौ, मंसिर २४ - मोफसलमा केन्द्रीय कार्यालय रहेका 'ख' र 'ग' वर्गका वित्तीय संस्थाले आगामी असारसम्म वाणिज्य बैंकमा ब्याज आम्दानी हुने खाता खोल्न पाउने भएका छन् ।
'ख' वर्गमा विकास बैंक र 'ग' वर्गमा वित्त कम्पनी पर्छन् । एकअर्काको संस्थामा निक्षेप राखेर ब्याज आम्दानी गर्ने क्रम बढेपछि भदौ ५ देखि राष्ट्र बैंकले यस्तो सुविधामा प्रतिबन्ध गरेको थियो । अर्को संस्थामा पैसा राख्दा सजिलै आम्दानी हुने भएपछि वित्तीय संस्थालाई लगानी गर्न प्रोत्साहन नभएको भन्दै रोकेको थियो ।
मोफसलमा केन्द्रीय कार्यालय रहेका संस्थालाई भने यस्तो रोकले समस्या परेको थियो । उनीहरूले बारम्बार गभर्नर युवराज खतिवडासमक्ष खुला गर्न आग्रह गरिरहेका थिए ।
'पछिल्लो निर्णयले दुर्गम क्षेत्रका संस्थालाई ठूलो राहत भएको छ,' विकास बैंक संघका पूर्वअध्यक्ष झपट बोहराले भने, 'मौदि्रक औजारमा सीमित लगानी भएका संस्थालाई यसले फाइदा पुर्‍याउनेछ ।' बोहराका अनुसार कर्जा निक्षेप अनुपातअनुसार लगानी गरेर बाँकी रहेको रकम राष्ट्र बैंकले जारी गर्ने औजारमा लगानी गर्न दुर्गम क्षेत्रका संस्थालाई समस्या हुने गर्छ । यसको विकल्पका रूपमा अन्य संस्थामा निक्षेप राख्ने गरेका थिए । 'यसले मोफसलका संस्थाको नाफामा पनि सहयोग गर्नेछ,' उनले भने ।
यसका साथै ५ सय किलोवाट क्षमतासम्मको जलविद्युत् आयोजनालाई प्रदान गरिने १ करोड रुपैयाँसम्मको कर्जालाई विपन्न कर्जामा गणना गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर यस्तो आयोजना उपभोक्ता समिति, निजी क्षेत्र वा सहकारी संस्थाले सञ्चालन गरेको हुनुपर्नेछ । ग्रामीण क्षेत्रमा कार्यरत सहकारी संस्थालाई कृषिसम्बन्धी पोस्ट हार्भेस्ट सेवा उपलब्ध गराउने परियोजना सञ्चालनमा १ करोड रुपैयाँसम्मको कर्जालाई पनि विपन्न कर्जामा राख्न मिल्ने भएको छ ।

Thursday, December 8, 2011

ऋण उठाउन कर्जा सकार्नुपर्ने

काठमाडौ, मंसिर २३ - नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स (एनएसएम) मा अन्तरबैंक लगानी गरेका वाणिज्य बैंकको रकम उठाउन राष्ट्र बैंकले कम्पनीको कर्जा सकार्न पर्ने नयाँ जुक्ति निकालेको छ ।
नयाँ विकल्पमा अन्तर बैंक ऋण दिएका संस्थाले एनएसएमले प्रवाह गरेको कर्जा किनेर त्यसबाट आपmनो रकम असुलउपर गर्नुपर्ने छ ।  एनएसएममा  ७ वटा वाणिज्य बैंकको करिब ७० करोड रुपैयाँ ऋण छ । 'यसबारे अन्तिम निर्णय भइनसके पनि काम अघि बढेको छ,' राष्ट्र बैंक उच्च स्रोतले भन्यो । 
प्रत्येक संस्थाले दिएको ऋणको कम्तीमा दोब्बर रकम बराबरको कर्जा सकार्नु पर्ने छ । ती बैंकले कर्जा असुल उपर गरेपछि आफ्नो ऋण रकम कट्टा गरी बाँकी रकम एनएसएमलाई फिर्ता दिनुपर्ने छ । ऋण दिएका बैंकले दोब्बर असुल उपर गरेपछि एनएसएममा पनि तरलताको अवस्था सहज हुने देखिन्छ । अन्तर बैंक ऋण दिएका संस्था प्रतिनिधि, राष्ट्र बैंकका डेपुटी गभर्नरका साथै सुपरिवेक्षण र नियमन विभाग प्रमुख सम्मिलित बैठकले यस्तो बाटो निकालेको हो ।
एनएसएमले सर्वसाधारणको रकम फिर्ता गरिरहे पनि अन्तर बैंक लगानी गर्नेले भने फिर्ता पाउन सकेका
छैनन् । ठूलो रकम अन्तर बैंक कारोबारमा फसेपछि लगानीकर्ता बैंकको निष्त्रिmय कर्जा बढ्ने देखिएको छ । प्रणालीभित्रै रहेको रकमबाट निष्त्रिmय कर्जा बढ्ने भएपछि बैंकले केन्द्रीय बैंकलाई गुहारेका हुन् । 'बैंकहरूको १ करोड ३० लाखदेखि १८ करोड रुपैयाँसम्म एनएसएममा फसेको छ' अन्तर बैंक ऋण दिएका एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'राष्ट्र बैंकले केही समय सहुलियत दिए पनि पछिल्लो समय असहज अवस्था आएको थियो ।'
हाल एनएसएमको २ अर्ब ८६ करोडको दायित्व छ । यसमा २ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारण र संस्थागत निक्षेप हो । बाँकी ६८ करोड रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाले गरेको अन्तर बैंक कारोबार हो । एनएसएमले करिब १३ हजार निक्षेपकर्ताको रकम फिर्ता गरिसकेको छ । २ हजारको हाराहारीमा रहेका ठूला निक्षेपकर्तालाई किस्ताबन्दीमा पैसा फिर्ता गरिरहेको छ । एनएसएमले असल ऋण उसुलउपर गरिरहे पनि खराब कर्जा भने उठ्न सकेको छैन । यसले अन्तर बैंक ऋण दिएका संस्थालाई समस्यामा पारेको हो ।
बैंकहरूले लिने ऋण उठ्न पनि समस्या हुन सक्ने अर्का एक बैंकरले बताए । 'अहिलेको अवस्थामा ऋण उठ्न सहज वातावरण छ भन्न मिल्दैन,' उनले भने, 'यसले समस्या समाधान भइहाल्छ भन्ने छैन ।'
पछिल्लो समय सार्वजनिक एनएसएमको विस्तृत वित्तीय विवरणले खराब कर्जा ४४ प्रतिशत रहेको देखाएको छ । संस्थाले लगानी गरेको ४ अर्बमध्ये २ अर्ब कर्जा निष्त्रिmय देखिएको हो । संस्थाका कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ अनियमितता गरेर फरार भएको शंकामा केन्द्रीय बैंकले एनएसएमलाई संकटग्रस्त घोषणा गरेर अध्ययन थालेको थियो । हाल हिरासतमा रहेको श्रेष्ठलाई करिब २ अर्ब ६५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।

बिमा समिति १९ दिनदेखि ठप्प

काठमाडौ, मंसिर २२ - बिमा समिति कर्मचारी संघले गरिरहेको आन्दोलनमा ९ बिमा कम्पनीका कर्मचारी युनियनले ऐक्यबद्धता जनाएका छन् । नेपाल इन्स्योरेन्स कम्पनी, बिमा संस्थान, नेसनल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, अमेरिकन लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सका कर्मचारी युनियनले समितिका कर्मचारीको माग पूरा गर्न समितिलाई अनुरोध गरेका हुन् ।
ऐक्यबद्धता जनाउँदै समितिको व्यवस्थापन र सम्बन्धित निकायले युनियनको माग सम्बोधन गर्न कुनै चासो नदेखाएकाले समग्र बिमा क्षेत्रलाई चिन्तित बनाएको उल्लखे गरेका छन् ।
कर्मचारी आन्दोलनले १९ दिन ठप्प रहेको समितिमा कुनै काम हुन सकेको छैन । समितिमा आन्दोलन सुरु भएदेखि सबै बिमा कम्पनीको कामकाजलाई पनि असर पुगेको छ । आन्दोलनका कारण आर्थिक वर्षको ५ महिना हुन लाग्दा समेत कुनै पनि कम्पनीले साधारणसभाको मिति सार्वजनिक गर्न सकेका छैनन् । साधारणसभा गर्नु अघि समितिले कम्पनीहरूको वासलातलाई स्वीकृति दिनुपर्छ । यसबाहेक पुनर्बिमा रकम तिर्ने, नयाँ योजना लागू गर्ने, ठूलो रकमको स्थिर सम्पत्ति खरिद गर्न पनि समितिको अनुमति चाहिन्छ ।
समितिमा रहेको एक मात्र कर्मचारी युनियन बिमा समिति कर्मचारी संघले आन्दोलन गरिरहेको छ । संघले वार्ताका लागि व्यवस्थापनसँग पटकपटक आग्रह गर्दा पनि कुनै छलफल नभएको बताएको छ । समितिबाट संशोधनका लागि अर्थ मन्त्रालय पुगेको कर्मचारी विनियमावलीमा सुविधा कटौतीको प्रस्ताव राखेपछि संघले आन्दोलन सुरु गरेको हो । यसबाहेक संस्थागत सुधारका विभिन्न माग संघले राखेको छ । ०५४ सालमा बनेको कर्मचारी विनियमावलीमा समयसापेक्ष सुधारको माग कर्मचारीले राखेका छन् । यसबाहेक मानवसंसाधन वृद्धि गरिनुपर्ने, बिमाको दाबी भुक्तानी प्रक्रिया सरल बनाइनुपर्ने, नागरिक बडापत्रलाई परिमार्जन गर्नुपर्ने, आवश्यक निर्देशन ल्याउनुपर्ने लगायत माग कर्मचारीको छ । ४३ कर्मचारी रहेको समितिमा ३६ जना युनियनमा सहभागी छन् ।

Tuesday, December 6, 2011

जलविद्युत्लाई सस्तोमा पुनर्कर्जा

काठमाडौ, मंसिर १९ - जलविद्युत् आयोजनालाई सस्तोमा पुनर्कर्जा उपलब्ध हुने भएको छ । राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार २५ मेगावाट क्षमतासम्मका जलविद्युत् आयोजनाले १० प्रतिशत ब्याजदरमा पुनर्कर्जा पाउने भएका हुन् । यसअघि जलविद्युत् आयोजनालाई पुनर्कर्जाको व्यवस्था थिएन ।
६ महिनाका लागि राष्ट्र बैंकबाट ६ दशमलव ५ प्रतिशत ब्याजदरमा बैंकहरूले पुनर्कर्जा पाउने छन् । यसलाई बढीमा १० प्रतिशतसम्ममा बैंकले पुन लगानी गर्न पाउने छन् । अन्य सीमित क्षेत्रमा ७ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउँदै आएको छ । जलविद्युत् क्षेत्रमा लगानी वृद्धि गर्नका लागि ० दशमलव ५ प्रतिशत सहुलियत दिइएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकले दिएको पुनर्कर्जालाई कर्जा निक्षेप अनुपातमा गणना नगर्दा हुने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । 'ब्याजदर उच्च रहेकाले अवस्था असहज भएको गुनासो आएपछि यस्तो व्यवस्था गरेका हौ,ं' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, 'बैंकहरूलाई बढी स्प्रेड दर दिएर जलविद्युत्मा लगानी बढाउन खोजेका हौं ।' करिब एक महिना अघि निजी क्षेत्रले प्रवर्द्धन गरेका २८ वटा जलविद्युत् आयोजनाले सरकारलाई पुनर्कर्जाको माग गरेका थिए । तामाकोसी, मोदी, माईखोला लगायत आयोजनाले संकटग्रस्त घोषणाको माग गर्दै सुविधा उपलब्ध गराउन ऊर्जा मन्त्रालयलाई आह्वान गरेका थिए ।
जलविद्युत् आयोजनाका प्रवर्द्धक दुई वर्षमा ब्याजदर ५ देखि ७ प्रतिशतसम्म बढेकाले आयोजना सम्भाव्यतामा असर पुगेको बताउँदै आएका छन् । विद्युत् खरिद सम्झौतामा तोकिएको निश्चित रकम र बढ्दो सञ्चालन खर्चले आयोजनाहरूलाई समस्या पर्दै आएको छ । '८ प्रतिशतमा सुरु भएका योजनामा अहिले ब्याजदर १५ प्रतिशतसम्म पुगेको छ,' एसएन पावरका बिजनेस म्यानेजर अपार न्यौपानेले भने, 'बढेको ब्याजदरले धेरै आयोजनालाई समस्यामा पारेको छ ।' पुनर्कर्जाको व्यवस्थाले ठूलो राहत हुने उनले बताए ।
केही प्रवर्द्धक भने पुजर्कर्जाकै ब्याजदर समेत उच्च रहेकाले आयोजनाको खर्च घटाउन खासै मद्दत नपुग्ने बताउँछन् । 'बैंकिङ प्रणालीमा रहेको तरलताका कारण लगानीको ब्याजदर १२ प्रतिशतमा झरिसकेको छ,' उद्योग वाणिज्य महासंघको ऊर्जा समिति प्रमुख ज्ञानेन्द्रलाल प्रधानले भने, 'सुविधा सहित भनिएको पुनर्कर्जाले २ प्रतिशत मात्र कममा प्रस्ताव गरेको छ ।'