काठमाडौ, अषाढ २१ - क्लिन इनर्जी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज गोयल गत साता विकास बैंक संघको अध्यक्ष चुनिएका छन् । बैंकिङ क्षेत्रमा २० वर्षभन्दा लामो अनुभव भएका गोयलले बैंक अफ काठमाडौंमा प्रमुख कार्यकारी अधिकृत हुँदा व्यवस्थापन संघबाट 'वर्ष व्यवस्थापक’ को सम्मानसमेत पाएका थिए । उनका प्राथमिकता र विद्यमान वित्तीय अवस्थाबारे गरिएको संक्षिप्त कुराकानी:
अध्यक्षका रूपमा तपाईका प्राथमिकता के हुन् ?
ख र ग वर्गका संस्थालाई भिन्नै रूपमा हेर्ने प्रवृत्ति देखिएको छ । सबैले निश्चित प्रावधान पुर्याई निरीक्षणमा बसेर काम गरिरहेका छन् । विकास बैंक र वित्त कम्पनी खराब, अस्वस्थ्य वा सुशासन पालना नगर्ने संस्था होइनन् । यस्तो सोचलाई परिवर्तन गर्न जरुरी छ । राष्ट्र बैंकसँग मिलेर आत्मविश्वास बढाउन आवश्यक छ । यसबाहेक क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
ख र ग वर्गका संस्थामा बढी समस्या देखिए । यसले सर्वसाधारणको मानसिकतामा असर
गर्यो । यसलाई जोगाउन के गर्नुपर्ला ?
वाणिज्य बैंकभन्दा विकास बैंक र वित्त कम्पनी कुनै पनि कुरामा कमजोर छैनन् । हामीले पनि सबै प्रावधान पुर्याएर कारोबार गरिरहेका छौं । केही संस्थामा देखिएको समस्याबाट सबैमा एउटै दृष्टिकोण बनाउन हुँदैन । हामीले दिइएको काम, तोकिएको मापदण्ड पूरा गरिरहेका छौं । आत्मविश्वास जगाउनका लागि काम गर्न जरुरी छ ।
केही संस्थामा राष्ट्र बैंकको कमजोर निरीक्षणबाट पनि समस्या आएको देखियो । ठूलो संख्यामा भएकाले विकास बैंक र वित्त कम्पनीको निरीक्षणमा ध्यान नपुगे जस्तो देखिँदैन ?
वाणिज्य बैंकभन्दा धेरै संख्यामा भएकाले स्थलगत निरीक्षणमा कमी भएको हुन सक्छ । तर विभिन्न विवरण र तथ्यांकबाट निरीक्षणको काम भइरहेको हुन्छ । समस्या भने समयमै दूरदृष्टि राख्न नसकेर आएको देखिन्छ । बेलैमा घरजग्गाको लगानी, बैंक तथा वित्तीय संस्थाको संख्या लगायतमा ध्यान दिएको भए अहिलेको अवस्था आउने थिएन । आउन सक्ने समस्यालाई पहिल्यै विश्लेषण गर्न जरुरी थियो ।
वर्गीकरण गरेर लाइसेन्स दिए पनि लगानीको क्षेत्र एउटै भएर समस्या आएको होइन ?
समस्या राजनीतिक अस्थिरता र उत्पादनशील क्षेत्रको विकास हुन नसक्नाले सुरु भयो । त्यसपछि सबैले एकै क्षेत्रमा लगानी गर्न पाउने भए । फरक मात्र पुँजीको आधारमा भयो । धेरै पुँजी भएकाले धेरै लगानी गर्न सक्ने भए । विकास बैंक र वित्त कम्पनीको लगानी क्षेत्र फरक भएको भए राम्राे हुने थियो । अहिले दोष दिएर बस्ने समय होइन । व्यस्थित गर्ने समय अझै छ । वाणिज्य बैंक जहिले पनि मुख्य सहर केन्दि्रत रहन्छन् । मुख्य कारोबार र विदेशी मुद्राको कारोबार हुने भएकाले उनीहरूलाई अन्त जाउ भनेर हुँदैन । विकास बैंक र वित्त कम्पनी भने जिल्ला जिल्लामा जानुपर्छ ।
राष्ट्र बैंक र सरकारले मर्जरलाई प्राथमिकतामा राखेको छ । मर्जर अहिले देखिएको समस्याको समाधान हो कि आवश्यकता ?
दुई वा बढी संस्था गाभिए पछि त्यसको पुँजी संरचना ठूलो हुन्छ । त्यसको घाटा कम हुन्छ र खर्च घटाउन सकिन्छ । अहिले पनि ठूला पुँजी भएको संस्थाको आवश्यकता देखिइसकेको छ । विकासको क्रम वृद्धि भएपछि ठूला लगानी गर्न यस्ता संस्था चाहिन्छन् । विश्वभर यस्तो भएको देखिन्छ । त्यसैले मर्जरलाई आवश्यकता भन्न सकिन्छ ।

No comments:
Post a Comment