Monday, November 28, 2011

खराब कर्जा ४५ प्रतिशत


काठमाडौ, मंसिर १३ - समस्याग्रस्त घोषित नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको करिब आधा लगानी निष्त्रिmय कर्जा रहेको अध्ययनले देखाएको छ । यसमा पूर्वअध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठले लिएको ऋण पनि सामेल छ ।

संस्थाको विस्तृत अध्ययन -डिउ डिलिजेन्ट रिपोर्ट) ले ४ अर्ब ५० करोड रुपैयाँमध्ये २ अर्ब रुपैयाँ निष्त्रिmय कर्जाका रूपमा देखाएको हो । चार्टड एकाउन्टेन्ट तीर्थराज उपाध्यायको अध्ययनले ठूलो मात्रामा निष्त्रिmय कर्जा देखिएको हो । पूर्वअध्यक्ष श्रेष्ठ थुनामा छन् । राष्ट्र बैंक स्रोतले समेत करिब ४४ प्रतिशत ऋण निष्त्रिmय रहेको पुष्टि गरेको छ । 'उक्त ऋण सबैभन्दा बढी श्रेष्ठले नक्कली कागजात बनाएर लिएको अध्ययनमा देखिएको छ,' स्रोतले भन्यो । श्रेष्ठलाई २ अर्ब ६५ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्दा चलिरहेको छ ।
हाल संस्थाको दायित्व २ अर्ब ८६ करोड रुपैयाँ छ । यसमा २ अर्ब १८ करोड सर्वसाधारण र संस्थागत निक्षेपका रूपमा र ६८ करोड रुपैयाँ विभिन्न संस्थाको अन्तर बैंक कारोबारबाट आएको हो । एनएसएमले असल कर्जा मार्फत ऋण उठाइरहे पनि खराब कर्जाबाट भने उठ्न सकेको छैन । यसले अन्तर बैंक ऋण दिएका संस्थालाई राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप फिर्ता दिन निर्देशन दिएपछि एनएसएमले करिब १३ हजारलाई अधिकांश रकम फिर्ता गरेको छ ।
केही रकम भने संस्थामै राखिएको छ । हाल करिब २ हजार ठूला निक्षेपकर्तालाई किस्तामा पैसा फिर्ता दिने क्रम जारी रहेको एनएसएमले जनाएको छ । राष्ट्र बैंकले सबैभन्दा पहिलो सर्वसाधारण निक्षेपकर्ताको पैसा फिर्ता गर्न भनेपछि संस्थागत रूपमा अन्तरबैंक ऋण दिएका संस्थाको चिन्ता बढेको छ ।
'राष्ट्र बैंकले अन्तर बैंक कारोबारलाई पनि सर्वसाधारण निक्षेप जस्तै व्यवहार गर्नुपर्ने हो,' एक बैंकरले भने, 'हामीले दिएको पैसा पनि सर्वसाधारणकै हो ।' गत साता बैंकर्स संघले राष्ट्र बैंकलाई पत्र पठाएर अन्तर बैंक कारोबारलाई पनि सर्वसाधारणको निक्षेप सरह व्यवहार गर्न आग्रह गरेको थियो ।
बैंकर्सले एनएसएमको असल कर्जा लिन पाउनुपर्ने र निर्णय नभएसम्म अन्तर बैंकमा दिइएको रकमलाई खराब कर्जाका रूपमा प्रकाशन गर्न नपर्ने व्यवस्थाको माग गरेका छन् । करिब एक दर्जन बैंकले एनएसएमलाई अन्तर बैंक ऋण दिएका छन् ।

No comments:

Post a Comment