काठमाडौ, मंसिर २ - लामो समयदेखि प्रहरीले खोजी गरिरहेको नेेपाल विकास बैंकका तात्कालीन अध्यक्ष अमर गुरुङ शुक्रबार पक्राउ परेका छन् । ३६ करोड ५ लाख रुपैयाँ ठगीको आरोप लागेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महाराजगन्जबाट पक्राउ गरेको हो । कास्की ठेगाना भएका गुरुङ ६२ वर्षका छन् ।
निजी क्षेत्रको लगानीमा स्थापित यो बैंक पहिलो 'ख' वर्गको वित्तीय संस्था हो । यसका साथै पहिलो पटक खारेजीका लागि राष्ट्र बैंकले सिफारिस गरेर र प्रक्रियामा रहेको संस्था पनि हो । बैंकका विभिन्न व्यक्तिविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, राष्ट्र बैंक ऐन र मुलुकी ऐन ठगीको महल अनुसार दर्जन अभियोग लगाइएको छ ।
गुरुङले अनधिकृत रूपमा कर्जाको दुरुपयोग गरेको, नियामक केन्द्रीय बैंकको निर्देशन विपरीत निक्षेप र कर्जा लिए दिएको, धितोको अधिक मूल्यांकन गरेको, ऋण चुक्ता नभई धितो फुकुवा गरेको लगायत अभियोग लगाइएको छ । राष्ट्र बैंकले करिब ५ वर्ष विभिन्न निर्देशन दिए पनि त्यसलाई पालना नगरी अक्षम व्यक्ति नियुक्त गर्नेदेखि बैंकको पैसाबाट विदेश भ्रमण गर्नेसम्मका काम गरिएको थियो ।
नेपाल विकास बैंककै अर्का पूर्वअध्यक्ष उत्तम पुनको पनि प्रहरीले खोजी गरिरहेको छ । सर्वसाधारणबाट जम्मा भएको निक्षेप आफूखुसी प्रयोग गरेको पहिलो घटना नेपाल विकास बैंकबाटै सार्वजनिक भएको हो । ५ वर्ष सुधारका लागि विभिन्न पहल गर्दा पनि नभए पछि केन्द्रीय बैंकले खारेजीमा लगेको थियो ।
खारेजीको प्रक्रिया सुरु हुँदा बैंकमा ७० करोड रुपैयाँ निक्षेप थियो । जसमा सबैभन्दा बढी नेपाली सेना र सञ्चय कोषको थियो । राष्ट्र बैंकले खारेजीको प्रक्रिया अघि बढाउँदा बैंकको सञ्चित नोक्सानी ६९ करोड रुपैयाँ र पुँजीकोष अनुपात ४८ प्रतिशतले ऋणात्मक थियो ।

No comments:
Post a Comment