काठमाडौ, मंसिर १० - एक वर्षमा वाणिज्य बैंकको औसत निष्क्रिय कर्जा १९ र सम्भावित जोखिम बापतको व्यवस्थामा रकम २३ प्रतिशतले बढेको छ । गत वर्षको तरलता अभाव, बढ्दो सञ्चालन खर्चसँगै लगानी विस्तार नहुनु र घरजग्गा कारोबारमा मन्दी आएपछि नाफा वृद्धि मात्र कम नभएर जोखिम पनि बढेको हो ।
सञ्चालनमा रहेका वाणिज्य बैंकको गत वर्षको पहिलो तीन महिनामा औसत निष्क्रिय कर्जा २ दशमलव ४९ प्रतिशत थियो । यस वर्षको असोज महिनामा निष्त्रिmय कर्जा २ दशमलव ९८ पुगेको हो ।
आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरूले १ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ जोखिम बापतको व्यवस्थामा राखेका छन् । गत आर्थिक वर्षको पहिलो तीन महिनामा यस शीर्षक अन्तर्गत १ अर्ब ११ करोड ९६ लाख रुपैयाँ राखिएको छ ।
कर्जाबाट ब्याज र साँवा उठ्न छाडेपछि त्यसलाई एक वर्षसम्म सम्भावित जोखिम बापतको व्यवस्था शीर्षकमा राखिन्छ । साधारणतया एक वर्षसम्म साँवा र ब्याज नउठेपछि ऋणलाई निष्त्रिmय कर्जा शीर्षकमा राखिन्छ । विशेष अवस्थामा भने सम्भावित जोखिम बापतको व्यवस्था शीर्षकमा नराखी निष्त्रिmय कर्जामा सीधै लैजाने पनि गरिन्छ ।
वाणिज्य बैंकहरूको खुद नाफा यही अवधिमा २३ प्रतिशतले कम भएको छ । यस आर्थिक वर्षको अपरिष्कृत पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरूको खुद नाफा २ अर्ब ७६ करोड २६ लाख रुपैयाँ छ । यो अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ नाफा गरेका थिए । यस वर्ष ३१ वटा वाणिज्य बैंक सञ्चालनमा छन् भने अघिल्लो वर्षको पहिलो तीन महिनामा २९ वटा बैंक सञ्चालनमा थिए ।
गत वर्ष देखिएको तरलता अभाव र त्यसको असरबाट चालिएका अन्य कदमले नाफा घट्न सहयोग गरेको बैंकर बताउँछन् । 'निष्त्रिmय कर्जा र सम्भावित जोखिम बापतको व्यवस्थाले मात्र नाफालाई असर गरेको छैन,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत ससिन जोशीले भने, 'तरलता अभाव र त्यसपछिका अन्य कदमले नाफालाई असर गरेको छ ।' गत वर्ष तरलता अभाव भएपछि वाणिज्य बैंकले निक्षेपमा ब्याजदर बढाएका थिए । यसबाट बैंकहरूले बढी पैसा खर्चेर निक्षेप जम्मा गरे । यसरी जम्मा भएको निक्षेपबाट लगानी विस्तार हुन सकेन । 'बैंकहरूले यसरी जम्मा भएको निक्षेप व्यवस्थापन गर्न सकेनन्,' उनले भने, 'त्यही भएर न्यूनतम प्रतिफल आउने सरकारी ऋणपत्र लगायतमा महँगो निक्षेप लगानी गर्ने अवस्था आयो ।' यसका साथै महँगीका कारण बैंकहरूको सञ्चालन खर्चमा पनि वृद्धि भएको उनी बताउँछन् ।
यसका साथै नाफा घट्न र जोखिम बढ्नमा घरजग्गा क्षेत्रले पनि धेरै असर गरेको बताइन्छ । 'ठूलो लगानी रहेको घरजग्गा क्षेत्र ठप्प भएपछि असर परेको छ,' कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने, 'घरजग्गामा कारोबार सुरु
नभएसम्म असर देखिने छ ।' वाणिज्य बैंकहरूले १ खर्बभन्दा बढी रकम घरजग्गा क्षेत्रमा लगानी गरेका छन् । 'राष्ट्र बैंकले ऋण उठाउन दुई पटक सहुलियत दिइसकेको छ,' उनले भने, 'अबको केही समय अवस्था यस्तै रहने देखिन्छ ।' ठूलो लगानी रहेको क्षेत्रमा कारोबार रोकिएपछि जोखिम बढेको उनी बताउँछन् । यसबाहेक तरलता बढी रहँदा पनि बैंकहरूले लगानी बढाउन नसकेपछि नाफामा असर परेको उनी बताउँछन् ।
जोशी घरजग्गा मात्र नभएर अन्य व्यवसायलाई पनि असर परेको
बताउँछन् । 'घरजग्गासँगै अन्य क्षेत्रमा पनि गत वर्ष असर परेको देखियो,' उनले भने, 'घरजग्गाकै असर अझै एक वर्षसम्म रहने देखिन्छ ।' आगामी त्रैमासिकमा बैंकको नाफा र निष्त्रिmय कर्जा दुवैमा अझ चाप पर्ने जोशी बताउँछन् । 'वाणिज्य बैंकको सञ्चालन खर्च त घटाउन सकिँदैन' उनले भने, 'अवस्था बिग्रन नदिन बैंकहरूले लगानीको नयाँ क्षेत्र खोज्नुपर्ने देखिएको छ ।'
No comments:
Post a Comment