Sunday, November 13, 2011

रिर्भर रिपो जारी नगरेर लगानी गर्न दबाब


काठमाडौं– बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य पुजी) बढ्दै गएपनि रिभर्स रिपो (बैंकबाट पैसा खिच्ने औजार) जारी नगरेर राष्ट्र बैंकले लगानीको दबाब दिन थालेको छ । बजारमा अत्याधिक तरलता बढेपछि व्याजदर कम भएर मूल्य वृद्धि बढ्ने डरले रिभर्स रिपो जारी गर्ने गरिन्छ । तर ३५ अर्बको हाराहारीमा तरलता रहेपनि रिभर्स रिपो जारी नगरी लगानी गर्न दबाब दिइएको हो । बैंकहरुले प्रणाली भित्रै लगानी गर्ने औजार ट्रेजरी बिल्सको बट्टा दर र अन्तर बैंक कारोबारको व्याजदर १ प्रतिशतको हाराहारीमा छ । यसले बैंकिङ क्षेत्रमा तरलता बढ्ने क्रम जारी छ ।

राष्ट्र बैंक भने रिर्भस रिपो जारी नगरी टे«जरी बिल्स, ऋणपत्र, वैदेशिक रोजगार वचतपत्र लगायतका औजार र लगानी गर्न प्रोत्साहन गरेर तरलता प्रसोचन गर्ने तयारीमा छ । ‘कार्तिकमा ५ अर्ब र मंसिरको पहिलो सातामा १० अर्बको हाराहारी तरलता प्रसोचन हुनेगरी केहि औजार जारी गर्ने तयारी छ’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो,‘यसका साथै लगानी पनि बढ्ने देखिन्छ ।’ मंसिरबाट सामान्यतया बैंकको लगानी बढ्ने भएकाले तरलता बढी रहने अवस्था नहुने उनले बताए । ‘मंसिरबाट बैंकहरुले लगानी बढ्ने गरेको देखिन्छ’ उनले भने,‘त्यसैले समस्या पर्ने देखिदैन ।’ दशै र तिहारमा बजार गएको पैसा पुन फर्किएर बैंकमा आए थप तरलता बढ्ने देखिन्छ । यस्तो अवस्था आए थप औजारबाट तरलता प्रसोचन गरिने उनले बताए । ‘दशैतिहारमा बढी पैसा बजार गएको हुन्छ’ उनले भने,‘त्यो फर्केर आएपछि हुनसक्ने समस्याबारे पनि हामीले सोचेका छौ ।’
रिर्भस रिपो मार्फत बैकबाट पैसा प्रसोचन गर्दा राष्ट्र बैंकमा प्रयोग नभइ बस्ने गर्छ । तर ट्रेजरी बिल्स, ऋणपत्र लगायतबाट पैसा लिदा त्यसको प्रयोग सरकारले गर्ने गर्छ । ‘बैंकले पनि पैसा प्रयोग नगरी फाइदा लिन सोच्नु हुदैन भन्ने मान्यता हो’ अर्का एक अधिकारीले भने,‘त्यसैले उनीहरु आफै लगानी गरुन भन्ने तर्फ ध्यान दिइरहेका छौ ।’ राजनीतिक अवस्थामा आउदै गएको सुधारका कारण लगानीको वातावरण बनेको उनी बताउछन् । ‘बैंकहरुले लगानीको क्षेत्र विविधिकरण गर्दै जान आवस्यक देखिएको छ’ उनले भने,‘केहि समय लागेपनि प्रणालीकै विकासका लागि यो आवस्यक छ ।’
वाणिज्य बैंकमा तरलता बढ्दै गइरहेपनि विकास बैंक र फाइनान्स कम्पनीमा अपेक्षित वृद्धि नभएको स्रोत बताउछ । वाणिज्य बैंकले फाइनान्स कम्पनी र विकास बैंक स“ग अन्तरबैंक कारोबार कम गरेकाले यस्तो अवस्था आएको हो । ‘यसको सुधारका लागि पनि केहि गर्न पर्ने देखिएको छ’ राष्ट्र बैंक स्रोतले भन्यो,‘विश्वासको वातावरण बढाउनका लागि केहि योजना ल्याउने छौ ।’
तरलता अभाव लामो समय सम्म कायम रहेपछि वाणिज्य बैंकले लगानी भन्दा निक्षेप बढाउन ध्यान दिएका थिए । औद्योगिक वातावरणमा सुधार नहुनु र मुख्य लगानीको क्षेत्र रहेको घरजग्गामा पनि समस्या अँएपछि लगानी बढ्न नसकेको देखिन्छ । तर पछिल्लो समय भएको राजनीतिक सहमतीले आर्थिक क्रियाकलाप बढ्ने र सानो आकारको उद्योग स्थापना गर्ने क्रम पनि बढ्ने विश्लेषक बताउछन् । ‘दिर्घकालिन असर राख्ने सहमति भएकाले सेयर, घरजग्गाका साथै सानो आकारका उद्योग स्थापना गर्ने क्रम पनि बढ्ने देखिन्छ’ प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनालले भने,‘यस्तो अवस्थामा बैंकले ध्यान पु¥याएर लगानी गर्नुपर्छ ।’
तरलता प्रयोग हुन नसके बैंक तथा वित्तिय संस्थाको नाफालाई असर गर्छ । सर्वसाधारणले जम्मा गरेको पैसालाई व्याज भुक्तानी गर्नु पर्ने तर त्यसलाई लगानी गर्न नसक्दा आम्दानी नहुने भएकाले नाफामा असर पर्ने हो । ‘केहि घाटा हुने देखिए अवस्था आएपनि हतार गरिहाल्न मिल्दैन’ राष्ट्र बैंकका अधिकारीले भने,‘सैधान्तिक रुपमा रिर्भस रिपो जारी गरिहाल्ने अवस्था आएपनि व्यवहारिक अवस्था र परिस्थिती अनुसार नगरिएको हो ।’ संकटउन्मुखबाट सुधारउन्मुख अवस्था तर्फ वित्तिय क्षेत्र गैरहेकाले छिटो निर्णय लिइहाल्न नसकिने उनी बताउछन् ।

No comments:

Post a Comment