असोज मसान्त भित्र उठाइसक्नु पर्ने ऋण र व्याजको समय एक महिना थपियो । स्वागत योग्य भएपनि खसै ठुलो असर नपर्ने बैंकरको प्रतिकृया । वित्तिय अनुसासन नमान्ने प्रवृत्ती र छुट माग गर्ने क्रम बढ्न सक्ने डर रहेको विश्लेषक बताउछन ।
काठमाडौं – रियलस्टेट व्यवसायी र बैंकहरुको माग सम्बोधन गर्दै राष्ट्र बैंकले आर्थिक वर्षको पहिलो तीन महिनामा उठाउनु पर्ने ऋणलाई एक महिना थपिदिएको छ । कार्तिक मसान्तसम्म उठाएको ऋणलाई समेत असोज मसान्तमा उठाए सरहको सुविधा मंगलबार दिइएको हो । घरजग्गा क्षेत्रकै समस्या देखेर यसरी ऋण उठाउने समय थपिएको यो दोस्रो पटक हो ।
थपिएको सुविधाबाट धेरै ठुलो फरक नपरे पनि माग राखेर छुट पाउने प्रवृत्ती बढ्ने देखिन्छ । विश्लेषक थपिएको एक महिनाबाट खासै परिवर्तन नहुने बताउछन् । ‘एक महिना थप भएर बैंकको नाफा वा लाभासंमा असर पर्ने होइन’ एक विश्लेषकले भने,‘राष्ट्र बैंकले माग पुरा पनि गर्छ भन्ने देखाउन खोजिएको मात्र हो ।’ लिखित रुपमा माग गरेपनि अधिकासं बैंकरले भने एक महिना थप गर्दा कुनै असर नपर्ने बताउदै आएका थिए । ‘आर्थिक वर्षको अन्त्यमा थपिएको एक महिनाले पनि खासै असर गरेको थिएन’ एक बैंकरले भने,‘अधिकासं बैंकले थपिएको समय अगावै काम सकेका थिए ।’
घरजग्गा व्यवसायी पनि समय मात्र थपरे अवस्था सहज नहुने बताउछन् । ‘कारोबार नै नभएको अवस्थामा व्याज तिर्ने पैसा छैन’ एक घरजग्गा व्यवसायीले भने,‘भाखा मात्र थपेर केहि हुदैन ।’
अन्तराष्ट्रिय मुद्रा कोषले कुनै पनि रुपमा नितिगत छुट दिन नहुने सुझाव केहि समय अघि दिएको थियो । राष्ट्र बैंकले आर्थिक वर्षको अन्त्यमा एक महिना थप गरेपछि कोषले यस्तो सुझाव दिएको हो । राष्ट्र बैंकले भने वित्तिय स्वास्थ्य ठिक राख्नका लागि एक पटक सुविधा दिइएको जनाएको छ ।
राष्ट्र बैंकले चालेका कदम पछि अस्वभाविक मूल्य वृद्धि रोकिएर कारोबार ठप्प भएपछि उक्त क्षेत्रमा धेरै लगानी गरेका बैंकलाई समेत समस्या परेको छ । पछिल्लो समय घरजग्गा व्यवसायी र बैंकरले संयुक्त रुपमै लिखित माग राखेका थिए । एक महिना थप्नका साथै रुग्ण क्षेत्र घोषणा गरेर पुनरकर्जा, बिना जोखिम व्यवस्थापन व्याजको पुजीकरण, लगानी सिमा यथावत राख्नु पर्ने लगायतका ६ वटा माग गर्भनर युवराज खतिवडालाई राखेका थिए ।
‘वित्तिय स्वास्थ्य ठिक राख्न नियन्त्रण मात्र होइन सुविधा पनि दिनुपर्छ’ राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीले भने,‘यो स्वास्थ्य ठिक राख्न दिइएको सुविधा मात्र हो ।’ असारमा उठ्नु पर्ने ऋण र व्याज चाढबाढका साथै तरलता अभावका कारण कार्तिकमा मात्र उठेकाले सुविधा दिइएको उनले बताए । ‘हामीले बजारमा प्रारम्भिक अध्ययन गर्दा कार्तिकमा ऋण उठेको देखियो’ उनले भने,‘त्यसैले एक पटकका लागि यस्तो सुविधा दिएका हौ ।’
बैंकरले पनि थपिएको एक महिनाबारे मिश्रित प्रतिकृया दिएका छन् । ‘घरजग्गा क्षेत्रको समस्या समाधान गर्नका लागि यसले कुनै सहयोग गर्ने देखिदैन’ एक बैंकरले भने,’ एक बैंकरले भने,‘पुनरवर्गिकरण वा पुनरसंरचना मार्फत समस्या समाधान गरेको भए राम्रो हुने थियो ।’ समय नथपी ऋणको अवस्था अध्ययन गरेर थप निर्णय लिएको भए उपयुक्त हुने उनले बताए ।
काठमाडौं उपत्यकाका साथै मुख्य सहरी क्षेत्रमा घरजग्गाको कारोबारमा उच्च गिरावट आएको छ । उच्च मूल्य वृद्धि भएर कारोबार रोकिए पछि बैंक तथा वित्तिय संस्थाका साथै व्यवसायीको पनि लाखौ रकम ‘फ्रिज’ भएर बसेको अवस्थामा छ । घरजग्गा क्षेत्रमा भएको लगानी क्रमश कम गर्दै लैजानु पर्ने प्रावधानका कारण पनि मागको तुलनामा आपूर्ती बढी भएर कारोबार कम भएको हो । सरकारले चालेका पछिल्ला कदमका कारण सर्वसाधारण पनि घरजग्गाको मूल्य घट्ने आशमा रहेका कारण कारोबार बढ्न सकेको छैन ।

No comments:
Post a Comment