Monday, November 14, 2011

नेपाल बैंकको पुँजी वृद्धिका लागि स्वीकृति

काठमाडौ, कार्तिक २८ - केन्द्रीय बैंकले नेपाल बैंकको चुक्ता पुँजी वृद्धि गरेर ४ अर्ब रुपैयाँ पुर्‍याउन अनुमति दिएको छ । सेयरधनीलाई हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्न राष्ट्र बैंक सञ्चालक समितिले अनुमति दिएको हो । अब नेपाल बैंक सञ्चालक समितिले काम अघि बढाउनेछ । हाल बैंकको चुक्ता पुँजी ३८ करोड रुपैयाँ छ । बैंकले हकप्रद सेयर जारी गरेर वा पि्रमियममा सेयर जारी गरेर चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव राष्ट्र बैंकसमक्ष गरेको थियो ।

No comments:

Post a Comment