भारतिय व्यापारी न्यूर्योक शहरको एक बैंकमा छिर्छ । बैंकको व्यवस्थापनमा गएर आफुलाई ऋण चाहिएको बताउछ । व्यवस्थापनले उसलाई ऋण शाखाका कर्मचारीको जिम्मा लगाउ“छ । ‘दुई साताका लागि म भारत जानु छ त्यसैले आजै ५ हजार डलर ऋण चाहिएको छ’ व्यापारी भन्छ । ऋण शाखाको कर्मचारीले बैंकको प्रवधान र धितोको बारे जानकारी दिन्छ । व्यापारीले बैंक अघि सडकमा पार्क गरिएको फरारी कारको साचो बुझाउदै भन्छ, ‘अहिले म स“ग कार र त्यसको काजगपत्र मात्रै छ ।’ अचम्ममा परेको कर्मचारीले बैंक प्रमुख स“ग सल्लाह गरेर काजगपत्र जाच्छ थाल्छ । ऋण लिएपछि व्यापारी बाहिरिन्छ अनि बैंक प्रमुख र कर्मचारी ७ लाख ५० हजार डलर पर्ने कार ५ हजारका लागि धितो राखेको देखेर हास्न थाल्छन् । बाटोमा भएको कारलाई बैंकले आफ्नो ग्यारेजमा लगेर राख्छ । दुई साता पछि व्यापारी फर्कन्छ । आफ्नो ऋण र व्याजका रुपमा थप १५ डलर ४१ सेन्ट तिरेर कारको सा“चो माग्छ । ‘हामीलाई तपाई स“ग कारोबार गरेर धेरै खुसी लागेको छ’ बैंक कर्मचारीले भन्छ,‘बुझदै जादा तपाई अर्बपति भएको थाहा भयो ।’ अन्य कारोबार पनि आफ्नै बैंकबाट गर्न अनुरोध गर्दै कर्मचारीले प्रश्न गर्छ, ‘अर्बपति भएपनि तपाईलाई किन ५ सय डलर ऋण चाहियो ?’ व्यापारीले जवाफमा भन्छ,‘ न्यूर्योकको कुन स्थानमा १५ डलर मात्र तिरेर २ साता कार पार्क गर्न सक्थे र फर्कदा त्यहि स्थानमा सुरक्षित पाउथे ?
कथा जस्तो लाग्ने यो घटनाका व्यापारी पात्र भारतिय अर्बपति बिजय माल्या भएको बताइन्छ । युनाइटे ब्रेवरी (युबी) ग्रुपका अध्यक्ष माल्या पछिल्लो समय किङफिसर एयरलाइन्सका कारण समाचारमा छाएका छन् । युबी ग्रुपले २००५ मा स्थापना गरेको उक्त एयरलाइन्सको ऋणका कारण बिभिन्न हल्ला बजारमा चलेका छन् । स्थापना भएदेखि कहिल्यै नाफामा नगएको उक्त एयरलाइन्सले पछिल्लो समय थप ऋण लिएर कम्पनीको पुजी बढाउने तयारी गरिरहेको छ । यसै सिलसिलामा विहिवार बिजय माल्याले थप ऋण दिनका लागि केहि बैंक र व्यक्ति तयार रहेको खुलासा गरेका थिए । ५५ वर्षका माल्याको कम्पनी युनाइटेड ब्रेवरी उत्पादनका आधारमा विश्वकै दोस्रो ठुलो कम्पनी हो । एयरलाइन्स र ब्रेवरी बाहेक उनको नाममा फर्मुला वानको टिम फोर्स इन्डिया, आइपिएल टिम बेङलोर रोयल च्यालेन्जर्स लगायत पनि पर्छन । उनी सम्पत्ती भन्दा बानीव्यवहारका कारण धेरै चर्चामा आउछन् ।
अचम्म मान्नु पर्दैन बिजय माल्यालाई धेरैले ‘किङ अफ गुड टाइम्स’ भन्नछन् किनभने उनले दिएको पार्टीले त्यस्तै झलक दिन्छ । उनलाई भारतिय सर रिचार्ड ब्रान्सन भन्ने गरिन्छ । त्यसको कारण हो व्यवसायीका रुपमा मात्र नभएर कुनै सेलिब्रेटीको जिन्दजी जिउने कला । हलिउड देखि बलिउडसम्म चलेका हिरोइन र आफै प्रकासन गर्ने किङफिसर क्यालेन्डसमा छाएका नया मोडल स“ग उनको अफेयरका हल्ला चल्छन् । प्रायजसो सबै कार्यक्रममा उनी सुन्दर युवती स“गै देखिएका हुन्छन् । उनको सम्पती १ अर्ब ५० करोड डलरभन्दा बढी छ । विश्वका बिभिन्न स्थानमा ४२ वटा घर, २ सय ५० बढी कार, व्यक्तिगत प्रयोगका लागि बोइङ ७२७, व्यवसायिक कामका लागि दुई जेट, तीनवटा याचले उनको शौख झल्काउछ । ‘सबैले मलाई सौखिन भन्छन्’ मुम्बईको समुद्र किनारमा रहेको १० बेडरुम भएको घरमा ब्लुमबर्गलाई अन्तरवार्ता दिदै उनले भनेका छन्,‘म आफू भएर बाचेको छु अरुको नक्कल गरेर होइन ।’ सो अन्तरवार्ताको समयमा पनि अधिकासं बेला जस्तै उनले जिन्स, टिसर्ट, सुनको मोटो चेन, हिराको घडी र टप लगाएका थिए । साथै कहिल्यै नछुट्ने हिराबाट अग्रेजी अक्षर बि लेखिएको ब्रास्लेट ।
माल्याको तामझाम देखेर धेरैले उनको मेहेनत बिर्सेको हुनसक्छन् । २७ वर्षको हुदा बुबाको मृत्यु भएपछि उनले १० करोड डलर बराबरको व्यवसाय सम्हाल्न थालेका थिए । आगामी दुई दशकमा बुबाले छाडेका २२ उद्योगलाई घटाएर ६ वटामा सिमित गरे । त्यहि ६ उद्योगले उनलाई अहिलेको अवस्थामा ल्याइ पु¥यायो । युबी ग्रुप अन्तर्गतका यी कम्पनीको वार्षिक कारोबार १ अर्ब २० करोड अमेरिकी डलर भन्दा बढी छ ।
२००५ मा उनले सुरु गरेको किङफिसर एयरलाइन्सले भने पहिचान थप आकाशमा पु¥याएको हो । भिडियो स्क्रिन, सुन्दर कर्मचारी, छरितो सुविधा लगायत समेटेर सुरु गरेको किङफिसरले भारतिय आन्तरिक हवाईसेवालाई नया उचाइमा पु¥याएको थियो । अर्को कम्पनी डेक्कन खरिद गरेपछि किङफिसरको प्रतिद्धन्द्धी सरकारी स्वामित्वको एयर इन्डिया मात्र भयो ।
अर्बपति भएपछि रहनसहनमा परिवर्तन आएपनि माल्याका केहि मान्यता भने परिवर्तन भएका छैनन् । ज्योतिसको परामर्श अनुसार राहु दशा भएको समयमा उनी कुनै पनि व्यवसायिक काम गर्दैनन् । नया जहाज आएपछि पहिलो काम तिरुपति मन्दिरमा गएर पुजा गर्ने हुन्छ ।
स्रोत – एजेन्सीहरु

No comments:
Post a Comment