Saturday, November 5, 2011

धनी मात्र बढेका छैनन

उच्च आर्थिक वृद्धि दर स“गै भारतमा अर्बपती धनीको सुचि बढ्दै गएको छ । स“गै धनी र गरिब विचको असमानता पनि । गत साता विश्वभरका धनीको सूचि प्रकासन गर्ने पत्रिका फोब्सले भारतमा रहेका अर्बपतिको सुचिलाई सावधिक गरेको थियो । सोहि समयमा भारतको योजना आयोगले धनी र गरिब विच खाडल बढ्दै गएको रिर्पोट पनि सार्वजिन ग¥यो ।
http://dericbownds.net/uploaded_images/Rich_poor.jpg

‘सम्पत्तीको वितरणमा ज्यादै ठुलो अन्तर रहेको देखिन्छ’ आयोगले भनेको छ,‘५ प्रतिशत जनतास“ग ३८ प्रतिशत सम्पत्तीको स्वामित्व छ जबकी ६० प्रतिशत जनता केवल १३ प्रतिशत सम्पत्तीका मालिक छन् ।’
सम्पत्तीको स्वामित्व मात्र नभएर अध्ययनले आय अन्तर पनि डरलाग्दो स्थितीमा रहेको देखाउछ । ८ अंकको हाराहारीमा बढिरहेको अर्थतन्त्रले गरिबी घटाउने संकेत नरहेको अध्ययनले देखाएको छ । पछिल्लो ३० वर्षमा भारतको गरिबी ज्यादै न्यून दरमा घटेको उल्लेख छ । ‘१९५० पछि सरकारमा आएका सबै दलको मुख्य नारा गरिबी हटाउ रहदै आएको छ’ लेखक हरी सुदले ब्लगमा लेखेका छन्,‘दुखद पक्ष भनेको यी नारा बनाउने सबै व्यक्ति खराब आर्थिक व्यवस्थापक भए ।’
विश्व बैंकको अनुमान अनुसार भारतका ४२ प्रतिशत जनता (प्रतिदिन १ दशमलव २५ डलर भन्दा कम आय भएका) गरिबीको रेखामुनी छन् । यो विश्वभरका गरिबहरुको संख्यामा एक तिहाइ हो । सरकारी तथ्याकं र अन्य संस्थाको तथ्याकंले यो भन्दा कम गरिब रहेको देखाउछ । शहसाब्दी विकास लक्ष अनुसार भारतमा २०१५ सम्ममा गरिबी आधा घटाउने उल्लेख छ ।
एक साता अघि सार्वजनिक भएको फोब्सको सुचिले भने अर्बपतिका सुचिमा १४ भारतिय थपिएको देखाउछ ।
महंगी, भ्रस्टाचारका काण्ड, घट्दो सेयर र मुद्राको मूल्यले भारतको धनीका सुचमा असर पनि परेको छ । भारतका सबैभन्दा धनी ५७ जनाको सम्पत्ती एक वर्षमा २० प्रतिशतले घटेर २ खर्ब ४१ अर्ब अमेरिकी डलर भएको छ । 
सर्वाधिक धनी भारतियको स्थान सुरक्षित राख्दै मुकेश अम्बानीको सम्पत्ती २२ अर्ब ६० करोड डलर रहेको छ । एक वर्षमा उनले ४ अर्ब ४० लाख बराबरको सम्पत्ती गुमाएका छन् ।
स्टिलका बादशाह मानिने लक्ष्मी मित्तल १९ अर्ब २० करोड डलर सहित दोस्रो स्थानमा छन् । उनको सम्पत्ती २६ प्रतिशतले घटेको उल्लेख छ । सबैभन्दा धेरै सम्पत्ती गुमाउने भारतियमा भने मुकेशका भाई अनिल अम्बानी परेका छन् । ५ अर्ब ९० करोड सम्पत्ती रहेका उनी १० धनी भारतियको सुचिबाट हटेका छन् । उनले एकै वर्षमा ७ अर्ब भन्दा बढी सम्पत्ती गुमाएका छन् । विप्रो नामक आइटी कम्पनीका मालिक अजिम प्रेमजी तेस्रो धनी भारतियका रुपमा छन् । उनको सम्पत्ती १३ अर्ब अमेरिकी डलर बराबर छ । एक वर्षमा उनले २६ प्रतिशत सम्पक्ती गुमाएका छन् ।
धेरै सम्पक्ती सहित थपिने नया अर्बपति अजय कालसी रहेका छन् । उनी लन्डनमा सुचिकृत कम्पनी इन्डुस ग्यासका प्रमुख कार्यकारी अधिकृत हुन् । १ अर्ब ३९ करोड डलर सम्पत्ती रहेका उनको कम्पनीमा एक तिहास सेयर छ । कपिल र राहुल भाटिया ५१ औं धनी भारतियका रुपमा प्रवेश गरेका छन् । १ अर्ब ९ करोड सम्पती रहेको यी बाबुछोराले इन्टरग्लोब नामक ट्राभल कम्पनी चलाएका छन् । इन्डिगो नामक एयरलाइन्य भाटिया परिवारले संचालन गर्छ । कफि क्याफेका संचालक भिजी सिद्धार्थ ८४ औं धनीका रुपमा सुचिकृत छन् । उनको ५९ करोड डलर सम्पत्ती छ । 
फोब्स एसिया र मुम्बईका संपादक नाजिम करमालीले भनेका छन्,‘आर्थिक वृद्धिदर ८ प्रतिशतको हाराहारीमा रहेपनि २०११ मा भ्रस्टाचार र मूल्यवृद्धिले धनीलाई ठुलै धक्का पुर्याएको छ ।’

No comments:

Post a Comment