डिसेम्बर २०१२ मा उनले आफ्नो झोला बाध्दै छन् । ७५ वर्ष उमेर पुगेपछि तेस्रो पटक उनको अवकास योजनाले सफलता पाउन लागेको छ । २००२ मा रतन टाटा ६५ वर्ष पुगेपछि कम्पनीको अध्यक्ष पदबाट बाहिरिने पहिलो योजना बनाएका थिए । संचालक समितिले उत्तराधिकारी नपाएपछि उनलाई गैर कार्यकारी अध्यक्षका रुपमा चयन ग¥यो । त्यसको तीन वर्षपछि पुन कम्पनी संचालक समितिले विधान संसोधन गर्दै अवकास हुने उमेर ७५ पु¥यायो । यी दुवै घटनाले स्पस्ट सन्देश दिए ः टाटामा रतनको विकल्प छैन ।
कम्पनीको संचालक समिति मात्र होइन सरोकारवाला सबैलाई थाहा थियो टाटाको विकल्प नभइको । नया उत्तराधिकारी खोज्न थालेको हल्ला चलेपछि टाटा स्टिलको वार्षिक साधारणसभामा सेयर सदस्यले ठुलै विरोध गरे । ‘हामी हाम्रो रतन (नाम र हिन्दीमा बहुमूल्य पथ्तर) लाई गुमाउन चहदैनौ’ साधारणसभामा एक सदस्यले भने जसलाई अन्यले सहि थपेर ताली बजाए ।
१९९१ मा रतन टाटाले कम्पनीको अध्यक्ष पद सम्हाल्दा भने अवस्था अर्कै थियो । असक्षम हुदा“हुदै थर (टाटा) भएकै कारण उनी चुनिएको विश्लेषण बजारमा आए । उनी काका जेआरडी टाटा (तत्कालिन अध्यक्ष) को एक छेउ पनि नभएको आरोप लगाइयो ।
करिब २० वर्ष पछि रतन टाटाले कम्पनी सम्हाल्दा लिएका सबै एजेन्डा पुरा भएका छन् । १९९१ भन्दा
कम्पनीको कारोबार ४० गुणा बढी (३ खर्ब ४६ अर्ब रुपैया“) भएको छ । नाफा ४ गुणा बढेको छ ।
टाटा भारतको सबैभन्दा ठुलो बहुराष्ट्रिय कम्पनी बनेको छ । जसको ६५ प्रतिशत नाफा विदेशबाट हुने गर्छ । ९८ कम्पनी संचालन गर्ने टाटा समूह ६ महादेशको ५६ वटा मुलुकमा फैलिएको छ ।
टाटाले पछिल्लो दशकमा १८ अर्ब अमेरिकी डलर खर्चेर २२ वटा विदेशी कम्पनीलाई समूहमा भित्राएका न् । जसमा टेट्ली टि, कोरस स्टिल, पाइरी होटल र जाग्वार ल्याण्ड रोभर लगायत पर्छन । यी हरेक खरिदले टाटालाई विश्वकै शक्तिशाली व्यवासायीका रुपमा चिनाएको छ । भारतमा टाटा सबैभन्दा ठुलो नीजि स्टिल, सवारीसाधन र सूचना प्रविधि आउटसोर्सिङ कम्पनी हो ।
‘रतनले जेआरडीलाई धेरै कुराबाट उछिने । रुसी मोदी जस्ता व्यक्तिलाई ठाउ“मा ल्याए । धेरैको सोच बाहिरका कुरा गरे र टाटा नानो जस्ता कारको उत्पती गरे’ ग्रेट लेक इन्सिच्यूट अफ म्यानेजमेन्टका डिन बाला भी बालचन्द्रनले भन्छन् ।
मोदी टाटा स्टिलका अध्यक्ष थिए जसले रतनलाई सर्कसको जोकर भनेर व्याख्या गरेका थिए । आफ्नै कम्पनीमा जोकरको संज्ञा पाउदा पनि टाटाले शक्ती प्रदर्शन भने गरेनन् ।
अमेरिकाको कोर्नेल युनिभसिटीबाट आर्किटेक्ट अध्ययन गरेपछि रतन टाटा स“ग डलरमा मनग्ये कमाउने अवसर थियो । सूचना प्रविधि कम्पनी आइबिएमले उनलाई जागिरको अवसर पनि नदिएको होइन । तर टाटा समूहका डेपुटी अध्यक्ष नभल टाटाका छोरा र अध्यक्ष जेआडी टाटाका भतिजा रतनलाई भारतमा अन्य कम्पनीमा जागिर खाने अनुमति थिएन ।
भारत फर्किएपछि हजारौ कमदार सरह जम्सेदपुरको टाटा स्टिलमा उनले १९६२ बाट काम थाले । त्यसको दुई दशक भन्दा लामो समय पछि उनले समूहको नेशनल रेडियो एन्ड इलेक्ट्रोनिक्स (नेल्को) सम्हाल्ने मौका पाए । उक्त कम्पनीले ४० प्रतिशत घाटामा थियो र इलेक्ट्रोनिक बजारमा जम्मा २ प्रतिशत हिस्सा राख्थ्यो । लगत्तै मुलुकमा संकटकाल घोषणा भयो र आर्थिक अवस्थाका साथै श्रम समस्याले कम्पनी धारासायी भयो । त्यसपछि पनि संकटमा रहेको इम्प्रेस मिल्समा उनलाई पठाइयो । कम्पनीलाई चलाउन आवस्यक ५० लाख रुपैया“ थप लगानी उनले अस्विकार गरे । पछि श्रम समस्याका कारण कम्पनी बन्द भयो । टाटालाई सुम्पिएको दुई उद्योग बन्द भएपछि उनी विरुद्ध धेरैले औला उठाए ।
उनी विरुद्धको आवाज सबैभन्दा बढी अध्यक्षका रुपमा नाम तोकिएपछि सुरु भयो । जेआरडी टाटाले आफ्नो उत्तराधिकारीका रुपमा रतनको नाम अघि ल्याएपछि धेरैले स्विकार गरेनन् ।
पूर्व अध्यक्ष जेआडीको सहयोग हुदा“ हुदै पनि उनलाई धेरै काममा अवरोध झेल्नु प¥यो । ‘उसलाई पारिवारिक नाताका कारण मैले चुनेको होइन’ जेआरडी टाटाले पारिवारिक सम्बन्ध रहेका आरएम लालालाई भनेका थिए,‘उसमा गजबको दिमाग छ, हेर्दै जानुस रतनले मैले जस्तै काम गर्नेछ ।’
आर्थिक उदारिकण स“गै सेयर बजारको ठुलो छलाङ लगाउने देखेपछि रतनले नया“ आयोजना सुरु गर्न १९८३ मा रणनीतिक योजना सार्वजनिक गरे । योजनाले टाटा टेलिकम, टाटा फाइनान्स, टाटा केलट्रन, टाटा हनीवेल, ड्रिलिङ सर्भिसेज जस्ता नया“ उद्योगलाई जन्म दियो ।
संचालनमा रहेका सबै कम्पनीमा प्रमुख व्यक्ति टाटा परिवार बाहिरका थिए । रतन टाटाको मुख्य चुनौती पनि यहि बन्यो । उनले सबै कम्पनीलाई समूह अन्तर्गत ल्याउन र प्रतिस्र्धी बनाउन ठुलै कसरत गरे । समूह अन्तर्गतकै व्यक्तिको अविस्वास स“गै उनले सरकारले ल्याएको उदारवादी नीति अनुरुप व्यवसाय अघि बढाउनु पर्ने चुनौती आयो । सूचना प्रविधिमा आधारित नेतृत्व र विश्वबजार स“ग प्रतिस्पर्धा गर्ने रणनीति उनले अख्तियार गरे ।
रतनले सम्हाल्दा समूहमा तीन सिमेन्ट उत्पादक, पाच औसधी, नौ सूचना प्रविधि सम्बन्धी कम्पनी थिए । उनले गरेको पहिलो काम औसधी, टेक्सटायल र सिमेन्ट उद्योगबाट बाहिरिने थियो । त्यसपछि रतनले टाटालाई ब्रान्डको रुपमा विकास गर्ने काम गरे । १९९८ बाट टाटा कम्पनीले सबै तिर एकै लोगो प्रयोग गर्न थाल्यो र टाटा सन्स नामक समूह बन्यो ।
टाटाको सफलताका पछाडी उनको ठुलो र सानो दुवै सोच रहेको बताइन्छ । न्यूर्योकमा लक्जिरी होटल पाइरी खरिद गरिरहेकै अवस्थामा उनले भारतमा बजेट होटलका रुपमा जिन्जरलाई विकास गरे । ल्यान्ड रोभर खरिद गरेर विश्वबजारमा पहिचान बडाइ रहेका बेला विश्वकै सस्तो कार नानो पनि बजारमा ल्याए ।
कम्पनीका उत्पादन र त्यसलाई बजारमा ल्याउदा हुने उनको उपस्थितीले संचारमाध्यममा ठुलै स्थान पाउछन् । तर सबैको चासो रहेपनि उनको व्यक्तिगत जीवनबारे भने कमैलाई थाहा हुन्छ । ‘उनी ज्यादै व्यक्तिगत मान्छे हुन’ समूहका लामो समयदेखि कार्यरत एक उच्च अधिकारीले भनेका छन्,‘व्यवसायका लागि उनले गरेका सबै काम थाहा हुन्छ तर आफ्नो लागि के गर्छन कसैले पत्तो पाउदैन ।’
अविवाहित टाटा कोलाबामा रहेको फ्ल्याटमा बस्छन् । उनलाई फ्ल्याटमा पुस्तक र कुकुरहरुले घेरेका छन्् । अवकास पाएपछि टाटाले के गर्लान भन्ने प्रश्न पनि उक्तिकै चर्चामा छ । धेरेको अनुमान अनुसार घरपालुवा जनावर (विशेषगरी कुकुर) स“ग उनले आफ्नो खाली समय बिताउनेछन् । यसपछि उनको अर्को सौख कार चलाउने पनि हो । ‘बाध्यतावस म स“ग कार कुदाउदे समय छैन’ उनले एक दशक अघि दिएको एक अन्तरवार्तामा भनेका छन्,‘आइतबार मात्र म र मेरो कार विच अन्य काम हुदैन ।’ रतन टाटा पछि कम्पनीमा उनको परिवार प्रतिनिधित्व गर्ने व्यक्ति सकिएका छन् । त्यसैले कम्पनीको अध्यक्ष खोज्नका लागि समिति बनाएर साइरस मिस्त्रिलाई उत्तराधिकारी बनाइएको हो ।
– एजेन्सीको सहयोगमा