काठमाडौ, माघ ९ - समयमै सूचना नदिने सूचीकृत कम्पनीलाई धितोपत्र बोर्डले कारबाही थाल्ने भएको छ । गत वर्षसम्म अवस्था अनुसार नसिहतसम्म दिएको बोर्डले यसपटक भने कानुनमा उल्लेख भए अनुसारको कारबाही गर्ने भएको हो । 'हामीले यो विषयलाई ध्यान दिएर हेरिरहेका छौं,' धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने, 'चित्तबुझ्दो अवस्था नभए तोकिएका बमोजिम कारबाही गर्ने छौं ।'
कानुनी रूपमा सूचना प्रवाह नगर्ने कम्पनीलाई २ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने प्रावधान भए पनि सेयर बजारमा सूचीकृत करिब १९ प्रतिशत कम्पनीले पहिलो त्रैमासिककै वासलात र अन्य जानकारी बोर्डलाई दिएका छैनन् । कुल २ सय १३ कम्पनीमध्ये ४१ वटाले सूचना उपलब्ध नगराएका हुन् । त्रैमासिक सकिएको एक महिनाभित्र कम्पनीले सूचना धितोपत्र बोर्डमा उपलब्ध गराउनुपर्ने हुन्छ ।
यस्तो सूचना उपलब्ध नगराउने संस्थामा ७ विकास बैंक, तीन व्यापारिक समूह, तीन जलविद्युत् कम्पनी, १५ उत्पादनमूलक कम्पनी, १० वित्त कम्पनी र बिमा, होटल र अन्य समूहबाट एक/एक कम्पनी लगायत छन् ।
बोर्डले पछिल्ला वर्षमा कम्पनीले सूचना उपलब्ध गराए/नगराएको, निर्देशन लागू भएको अवस्था लगायतलाई पनि ध्यानमा दिने जनाएको छ । यी सबै प्रावधान हेरेर कारबाहीको अवस्था तय गर्ने गिरीले बताए । बोर्डले सूचना उपलब्ध नगराएका कम्पनीलाई पत्र पठाइसकेको छ । 'एक साताभित्र उत्तर आउने देखेका छौं,' गिरीले भने, 'चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने छौं ।'
सूचीकृत संस्थाले आफ्नो कर्पोरेट दायित्व पूरा गर्नका लागि सूचना सर्वसाधारणमा उपलब्ध गराउनुपर्छ । सेयरमा लगानी गरेका सर्वसाधारणका लागि यस्तो सूचनाको ठूलो महत्त्व हुन्छ । कम्पनीको नाफा/नोक्सान, भावी रणनीति, व्यवस्थापन लगायतलाई आधार मानेर सेयर बजारमा लगानी गरिन्छ ।

No comments:
Post a Comment