काठमाडौ, पुस १७ -
नयाँ वर्ष २०१३ को बिहानीसँगै केहीले २०१२ लाई विश्व अर्थतन्त्रको एक
उत्तम वर्षका रूपमा हेरिरहेका हुने छन् । युरो मुद्रा चल्ने मुलुकले भने
यही वर्षमा फेरि आर्थिक संकट देख्यो । जस भित्र रहेका मुलुकले बेरोजगारी र
जीविकोपार्जनमा ठूलो मूल्य चुकाए । बेलायतले ठूलो आर्थिक मन्दीको सामना
गर्नुपर्यो, जुन पछिल्ला सय वर्षको सबैभन्दा न्यून सुधार प्रक्रिया थियो ।
तेस्रो त्रैमासिकको विवरणले अमेरिकाको अर्थतन्त्रको स्वास्थ्य युरोपको
भन्दा राम्रो देखायो । तर पनि त्यो केही अर्थशास्त्रीले अपेक्षा गरेजस्तो
उत्तम भने थिएन ।
यस्ता निराशावादी कुरासँगै पश्चिमी मुलुकलाई छाड्ने हो भने २०१२ ले केही
उज्याला पक्ष पनि देख्यो । त्यसमध्ये एक चीन हो । बेइजिङलाई अन्य मुलुकको
अर्थतन्त्रले ठूलै चिन्ता लिए पनि आफैंमा भने नराम्रो भएन । चीनको
अर्थतन्त्र दिगो रूपमा ८ प्रतिशतले वृद्धि भइरह्यो । अन्तरिक उपभोगको आकार
बढ्न थालेपछि मुलुक बिस्तारै स्थायी विकासतर्फ लाग्दै छ । साना तथा मझौला
उद्योगलाई बढेको ऋणको आवश्यकता धान्न चीनले वित्तीय उदारवादको बाटोमा
विदेशी पुँजी भित्र्याउन सक्ने देखिन्छ ।
भारतमा नीतिगत कारणले कछुवाको गति देखिएको छ । प्रशासनिक ढिलासुस्ती र
बढ्दो मजदुर ज्यालाका कारण ब्राजिलको वृद्धिदर केही खुम्चिएको छ । तर
क्षेत्रीय प्रतिस्पर्धी यीभन्दा छिटो अघि बढ्दैछन् । ६ प्रतिशतभन्दा बढीको
आर्थिक वृद्धिदरसँगै इन्डोनेसियाले ब्राजिल, रुस, भारत, चीन सदस्य रहेको
बि्रक समूहमा भारतको स्थान लिने देखिन्छ । योसँगै मेक्सिकोले एसियाली
मुलुकबाट बाहिरिएका अमेरिकी कम्पनीको माग पूरा गर्दै छ । नयाँ राष्ट्रपतिले
लागू औषध कानुनलाई निर्मूल पार्ने र औद्योगिक समस्या हटाउने प्रतिबद्धता
पूरा गरे मेक्सिको ब्राजिललाई पछि पार्दै अर्को चम्किलो अर्थतन्त्र हुन
सक्छ ।
अपि|mकाको समग्रभन्दा केही मुलुकको आर्थिक वृद्धिदर बढी हुने देखिन्छ ।
त्यो किन पनि भने विश्वका द्रुत आर्थिक वृद्धिदर पाउने १० मुलुकमध्ये ४
अपि|mकाभित्रकै छन् । सँगै न्यून कुल गार्हस्थ उत्पादनबाट उच्च आर्थिक
वृद्धि पाउन पनि सजिलो छ । अपि|mकाको ठूलो जनसंख्या अहिले पनि प्रतिदिन २
अमेरिकी डलरभन्दा कममा गुजारा चलाइरहेका छन् । चीनमा पूर्वाधार र उत्पादन
सुधार हुने क्रम जारी छ । जसले ठूलो मध्यमवर्गलाई जन्म दिइरहेको छ । त्यो
मध्यमवर्ग जसले सुशासन र आर्थिक सुधारका कार्यक्रमलाई प्राथमिकतामा राख्ने
गरेका छन् । जुन विकसित मुलुकमा अब सम्भव छैन ।
२०१३ लाई अगाडि हेर्दा विकासशिल मुलुकले राम्रा आर्थिक समाचार दिने
निश्चित छ । दक्षिणी सुडान र लिबियाले आगामी दिनमा आर्थिक वृद्धिको ठूलो
नक्सा कोर्ने छन् । दुवै मुलुक वर्षौं लामो द्वन्द्व र विनाशबाट बाहिर आएका
छन् । चीनलाई सुन, युरेनियम र कोइला निर्यात गरेर मंगोलियाले आफ्नो आर्थिक
अवस्थामा ठूलै फड्को मार्ने निश्चित छ । सामान्य रूपमा हेर्दा साधनस्रोत
सम्पन्न अफ्रिका, एसिया र दक्षिण अमेरिकी मुलुकले सुधारका राम्रो उदारहण
दिने छन् ।
फर्किएर पश्चिमी मुलुकतर्फ लाग्दा २०१३ ले खासै राम्रा समाचार नल्याउला ।
युरोजोनका ६ मुलुकको आर्थिक वृद्धिदर गिर्दो रहने प्रक्षेपण यसअघि आइसकेका
छन् । प|mान्स र जर्मनी पनि २० खराब प्रदर्शन गर्ने अर्थतन्त्रभित्र पर्छन्
। तर निजी क्षेत्रको आत्मविश्वासले भने यी मुलुकमा परिवर्तन ल्याउन सक्छ ।
स्पेन, आयरल्यान्ड, पोर्चुगल, गि्रसलगायत मुलुकमा सुरु भएको सुधारका
कार्यक्रमले पुनः सकारात्मक सन्देश ल्याउने सम्भावना छ । तर कसैले पनि २०१३
लाई अघिल्लो वर्षभन्दा राम्रो होला भनेर अपेक्षा नगरे हुन्छ । तर नयाँ
वर्षका योजना बनाउँदा पूरै निराशावादी पनि हुन भएन है ।
No comments:
Post a Comment