Friday, March 29, 2013

अख्तियारको निर्देशनले फ्रिक्वेन्सीका काम ठप्प हुने

काठमाडौ, चैत्र १६ - दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य) सम्बन्धी नीति २०६९ कार्यान्वयन नगर्न अख्तियारले निर्देशन दिएपछि एकीकृत अनुमतिपत्र, अतिरिक्त फ्रिक्वेन्सी, थ्रीजी, फोरजी सेवालगायत काममा ठप्प हुने भएको छ । उसले एकीकृत अनुमतिपत्रका लागि आवेदन दिएका कम्पनीलाई मार पर्ने र पुरानालाई फाइदा हुने देखिएको छ । आधारभूत टेलिफोन सेवाको नाममा एकीकृत लाइसेन्स दिने प्रक्रिया अघि बढिरहेको समयमा आएको अख्तियारको निर्देशनले जीएसएम मोबाइल सेवामा नयाँ कम्पनीको प्रवेशलाई पछि धकेल्ने भएको हो । नीतिले बढाएको शुल्क लागू नहुँदा पुराना कम्पनीलाई भने फाइदा पुग्ने देखिन्छ । अख्तियारले पत्रमा अनुसन्धान भइरहेकाले नीति लागू नगर्न भनेको छ । छिट्टै अनुसन्धान सकिएर स्पष्ट निर्देशन नआए दूरसञ्चार क्षेत्रका समस्या चुलिने देखिएको हो । अख्तियारले निर्णयको जानकारी दूरसञ्चार प्राधिकरणमा दिए पनि तालुकदार मन्त्रालय सूचना तथा सञ्चारमा भने जानकारी पठाएको छैन । 'हामीलाई कुनै जानकारी आएको छैन,' मन्त्रालय स्रोतले भन्यो, 'प्राधिकरणका पत्र आएको सुनिएको छ र त्यसले के भन्न खोजेको हो बुझेका छैनौं ।' अख्तियारले पत्र नपठाए पनि मन्त्रालयमा अनौपचारिक छलफल भने भएको थियो । 'चार जना सचिव र एक जना मन्त्रीले बनाएको नीति छलफलै नगरी एक सचिवले लागू नगर्न निर्देशन दिएका छन्,' सञ्चार स्रोतले भन्यो, 'के गर्न खोजिएको हो
बुझिएन ।' नीति कार्यान्वयन भइसकेकाले अख्तियारको निर्णयले प्राधिकरणलाई भने अप्ठेरोमा पारेको उनले बताए । '२ अर्बभन्दा बढी शुल्क पनि उठिसकेको छ,' मन्त्रालय स्रोत भन्छ, 'त्यो पनि फिर्ता गर्नुपर्ने हो वा होइन स्पष्ट छैन ।' प्राधिकरणले सहयोग मागे छलफल गर्न सकिने उनले बताए ।
दूरसञ्चार प्राधिकरणले भने अख्यिारको पत्र पाएपछि अध्ययन गरेर अघि बढ्ने बताएको छ । 'अध्ययन गरेर धारणा तयार गर्छौं र आवश्यक परे अख्तियारसमक्ष पत्राचार गर्छौं,' प्राधिकरणका निर्देशन आनन्दराज खनालले बताए । अध्ययन गरेपछि मात्रै अख्तियारको निर्देशनबाट पर्ने असरबारे बोल्न सकिने उनले बताए ।
पछिल्लो समय दूरसञ्चार प्राधिकरणले एकीकृत लाइसेन्सका लागि तीन कम्पनीको अध्ययन गरिरहेको छ । एकीकृत लाइसेन्स जारी गर्न कुनै समस्य नभए पनि कम्पनीलाई आवश्यक पर्ने पि|mक्वेन्सीलगायत सुविधामा असर पर्छ । नीतिले आधारभूत टेलिफोन सेवाका लागि न्यूनतम, अधिकतम र थप पि|mक्वेन्सी तोकेको छ । नीतिले कम्पनीको न्यूनतम पि|mक्वेन्सीको मूल्य कम्पनीको आम्दानीको ० दशमलव ४ प्रतिशत तोकेको छ । थप पि|mक्वेन्सीको मूल्य पनि नीतिबाटै सार्वजनिक भएको छ ।
अख्तियारले प्राधिकरणलाई पठाएको पत्रमा नीति र मन्त्रिपरिषद्ले गरेको असोज ११ गते गरेको निर्णयबीच तादात्म्यता नभएको र नीतिको दफा १४ अनुसार नवीकरण शुल्क लागू गर्दा सरकारलाई ठूलो आर्थिक नोक्सानी हुने उल्लेख गरेको
छ । तर यो नीति आउनुअघि थ्रीजी शुल्कबारे अन्य कानुनले केही बोलेका थिएनन् ।  सरकारले यही नीतिलाई आधार बनाएर २ अर्ब ७० करोड रुपैयाँ शुल्क उठाइसकेको छ । पछिल्ला तथ्यांकअनुसार नेपाल सेटलाइट टेलिकमबाहेकका ५ कम्पनीबाट थ्रीजी लगायत पि|mक्वेन्सी प्रयोग गरेबापत उक्त रकम सरकारले पाएको हो ।
नीतिले आधारभूत टेलिफोन सेवाको कम्तीमा दुई लाइसेन्स जारी भएको ३ देखि ६ महिनाभित्र थ्रीजी पि|mक्वेन्सीको बाँडफाँट गर्ने उल्लेख गरेको छ । जसमा न्यूनतम मूल्य प्रतिमेगाहर्ज १ करोड २० लाख रुपैयाँ राखिएको छ । यसका साथै भिस्याटको शुल्कबारे पनि यही नीतिमा उल्लेख छ । 'पि|mक्वेन्सीबिना दूरसञ्चार क्षेत्रमा केही हुँदैन, गएको मंसिरमा अख्तियारले नै नीति कडाइका साथ लागू गर्न भनेको थियो,' प्राधिकरणका एक अधिकारीले भने, 'अहिले किन यस्तो निर्देशन आयो थाहा भएन ।'
अख्तियारले गत मंसिर अन्त्यमा पि|mक्वेन्सी वितरण गर्दा १० अर्बभन्दा बढीको घाटा मुलुकलाई भएको भन्दै सार्वजनिक लेखा समितिले गरेको उजुरी माथिको अनुसन्धान रोकेका थियो । अनुसन्धान रोकेर पि|mक्वेन्सी वितरण नियमित गर्न अख्तियारले प्राधिकरणलाई निर्देशन दिएको थियो ।
यसअघि कुनै कानुनमा नभएको पि|mक्वेन्सी फिर्ता लिन सक्ने अधिकार पनि पछिल्लो नीतिमा छ । नीतिले आधारभूत टेलिफोन सेवा उपलब्ध गराउने कम्पनीले पाएको न्यूनतम पि|mक्वेन्सी र थप पि|mक्वेन्सी ग्राहक बढाउन नसके फिर्ता लिने प्रावधान पनि राखेको छ । फोरजी सेवाको सुरुवात गर्ने र मूल्य निर्धारणको विषय पनि यही नीतिमा छ । जसले नयाँ सेवा प्रदायकलाई पनि बाटो खोलेको छ । नयाँ सेवा वा प्रविधिका लागि छुट्याइने रेडियो पि|mक्वेन्सीको वितरण तथा मूल्य बजारले निर्धारण गर्ने र त्यसका लागि लिलाम बढाबढको व्यवस्था पनि नीतिमा छ । नीतिले नै पि|mक्वेन्सी व्यापार (स्प्रेक्ट्रम ट्रेडिङ) लाई रोक लगाएको छ ।

रेडियो फ्रिक्वेनसी नीति लागू नगर्न अख्तियारको निर्देशन

काठमाडौ, चैत्र १५ - अख्तियार दुरुपोग अनुसन्धान आयोगले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेनसी-बाँडफाँट तथा मूल्य) सम्बन्धी नीति २०६९ कार्यान्वयन नगर्न निर्देशन दिएको छ । नीतिको दफा १४ ले निर्धारण गरेको नवीकरण शुल्क लागु गर्दा सरकारलाई ठूलो आर्थिक नोक्सानी हुन सक्ने र यसमाथि अनुसन्धान जारी रहेकाले लागू नगर्न दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको हो ।  
मन्त्रिपरिषद्ले असोज ११ गते नवीकरण शुल्कबारे गरेको निर्णय र नीतिबीच पनि तादात्म्यता नभएकाले लागू नगर्न अख्तियारले सोमबार निर्णय गरेको छ । 'दुईबीच तादात्म्यता नभएकाले नीति लागू नगर्न/नगराउन निर्देशन दिएका हौं,' अख्तियारका प्रवक्ता कृष्णप्रसाद ढुंगानाले भने ।
मन्त्रिपरिषद्ले उक्त मितिमा शुल्कमा रहेको विवाद समाधान गर्न बनेको कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा निर्णय गरेको थियो ।  निर्णयअनुसार नेपाल टेलिकम र एनसेलले ८ किस्तामा २० अर्ब १३ करोड रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने उल्लेख छ । नीतिले भने आधारभूत टेलिफोन सेवा सञ्चालकलाई १० किस्तामा नवीकरण शुल्क बुझाउन भनेको छ । 'मन्त्रिपरिषद्को निर्णयले दुई ठूला कम्पनीले ८ किस्तामा तिर्नुपर्ने व्यवस्था गर्‍यो । नीतिमा भने १० किस्ता राखिएकाले बाझियो,' अख्तियारका अनुसन्धान अधिकृत समीर सिलवालले बताए ।
टेलिकम र एनसेलले ८ वर्षमै पूरै शुल्क बुझाउने सुविधा पाएका छन् । नीतिअनुसार एकीकृत लाइसेन्स लिएर सञ्चालनमा आउने कम्पनीले सोही अवधिमा ३ अर्ब ५० करोड रुपैयाँ मात्र बुझाउँदा हुने देखिन्छ । नवीकरण शुल्कमा नीति र मन्त्रिपरिषद्को निर्णय नमिल्ने भन्दै अख्तियारमा उजुरी परेपछि पछिल्लो निर्णय आएको हो । 'यससम्बन्धमा हामी थप छानबिन गर्दै छौं,' सिलवालले भने । नीतिको नाम पि|mक्वेन्सी बाँडफाँट तथा मूल्य निर्धारण भए पनि त्यसले लाइसेन्स नवीकरणको मुद्दालाई पनि सम्बोधन गरेकाले न्यायोचित नदेखिएको अख्तियार स्रोत बताउँछ ।
मन्त्रिपरिषद्को निर्णयलाई आधार मानेर टेलिकम र एनसेलले पहिलो किस्ताको रकम बुझाइसकेका छन् । टेलिकमले पछिल्लो पटक २ अर्ब ५० करोड र त्यसअघि १८ करोड रुपैयाँ बुझाएको छ । एनसेलले पनि २ अर्ब ५० करोड रुपैयाँको पहिलो किस्ता बुझाएको छ । दुवैले ७ किस्ता बुझाउन बाँकी छ ।
गत असोजमा यूटीएलको लाइसेन्स नवीकरण गर्ने बेलामा मन्त्रिपरिषद्ले ८ वर्षमा शुल्क बुझाउँदा हुने छुट दिएको थियो । यूटीएललाई सुविधा दिएपछि सोही निर्णयमार्फत टेलिकम र एनसेललाई पनि छुट दिइएको थियो । यूटीएलले भने अन्य दुई जस्तो २० अर्ब रुपैयाँ शुल्क बुझाउनुपर्ने प्रावधान छैन । यूटीएलले नाफाको ४ प्रतिशत वा लाइसेन्स लिँदा कबोल गरेको रकम जुन बढी हुन्छ सोही बुझाउनुपर्ने सर्त छ ।
नेपाल टेलिकमले दुई वर्षअघि नै नवीकरण शुल्क बुझाउनुपर्ने भए पनि एनसेलले नबुझाएसम्म नतिरी बसेको थियो । एनसेलले पहिलो किस्ताको रकम बुझाएको करिब एक साताभित्र टेलिकमले पनि आफ्नोतर्फको रकम दिएको थियो । अख्तियारले दूरसञ्चार प्राधिकरणलाई पत्र पठाए पनि जानकारीमा आई नसकेको एक अधिकारीले बताए । 'हामीलाई जानकारी आइसकेको छैन,' दूरसञ्चार प्राधिकरण स्रोतले भन्यो । अख्तियारले उक्त नीति लागू नगर्न निर्देशन दिएपछि नवीकरण शुल्क बुझाउने समयमा पुनः समस्या हुने देखिएको छ । नयाँ नीति लागू नभएको अवस्थामा २०६८ को नीतिअनुसार काम गर्नुपर्ने भएको छ । सरकारले दूरसञ्चार सेवामा प्रयोग हुने पि|mक्वेन्सीको शुल्कमा समयानुकूल परिवर्तन गर्न र थ्रीजी, फोरजीलगायत प्रविधिमा आधारित सेवाको शुल्क तोक्न २०६९ मा पछिल्लो नीति लागू भएको थियो ।
एकीकृत दूरसञ्चार लाइसेन्समा पनि असर पर्ने
अख्तियारले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेनसी (बाँडफाँट तथा मूल्य) सम्बन्धी नीति २०६९ को कार्यान्वयन रोकेपछि एकीकृत लाइसेन्समा पनि प्रभाव पर्ने देखिएको छ । दूरसञ्चार प्राधिकरणले तीन कम्पनीले अनुमति मागेको एकीकृत लाइसेन्सको अध्ययन गरिरहेको छ । कुनै कम्पनीले यस्तो लाइसेन्स पाइहाले फ्रिक्वेनसी र त्यसको मूल्य तोक्न समस्या हुने देखिएको हो । यी दुवै विषयलाई रोकिएको नीतिले समेटेको छ । यसका साथै लाइसेन्स पाए पनि नवीकरण शुल्क कति तिर्ने भन्ने विषय पनि अस्पष्ट भएको छ ।

Wednesday, March 27, 2013

किन बढ्दो छ एटीएम ठगी

काठमाडौ, चैत्र १४ - इन्भरेस्टमेन्ट बैंक, सिद्धार्थ, लक्ष्मी र एससीटी नेटवर्ककको कार्डसहित गैरकानुनी रूपमा एटीएमबाट रकम झिक्ने गिरोह कञ्चनपुरमा आइतबार पक्राउ पर्‍यो । उक्त गिरोहबाट भारतीय एटीएम मेसिन प्रयोग गरेर नेपाली खातामा रहेको रकम झिक्न बैंकको पिन नम्बर पनि भेटिए । यसबारे प्रहरीले अनुसन्धान जारी राखेको छ भने उता पिन नम्बर कसरी बाहिर गयो भन्ने विषयमा सम्बन्धित बैंक अचम्ममा परेका छन् ।
करिब ३ महिनाअघि हिमालयन बैंकको कार्ड शाखामा कार्यरत एक कर्मचारीले एटीएमको प्रयोग गर्दै गैरकानुनी तरिकाबाट सर्वसाधारणको रकम झिकेर चलाए । ग्राहकले खाताबाट रकम झिकिएको गुनासो गरेपछि बैंकले अनुसन्धान थाल्यो र फटाइँ गर्ने कर्मचारी टाप कसे । एक महिना पनि नबित्दै भारतबाट फेरि हिमालयन बैंककै ग्राहकको एटीएममार्फत रकम झिकियो । त्यसपछि बैंकले करिब ५० हजार कार्ड परिवर्तन गरेर समस्या सुल्झायो । सँगै एकै प्रणालीअन्तर्गत कार्ड सेवा दिइरहेका अन्य दुई बैंकले पनि आफ्ना ग्राहकको कार्ड परिवर्तन गरे
करिब वर्षअघि एक वाणिज्य बैंकका ग्राहकले खाताबाट पैसा हराएको गुनासो गरे । अनुसन्धानमा बैंकको कार्ड विभागका कर्मचारीले ग्राहकको पिन नम्बर छाप्दा कार्बन राखेर अर्को प्रति निकालेको थाहा भयो । कर्मचारीलाई कारबाही गरेर ग्राहकलाई क्षतिपूर्ति दिएपछि बैंकले कार्डको पिन नम्बर छापिने स्थानमा सीसीटीभी जडान गरेको छ ।
यीमध्ये दुई घटना सञ्चारमाध्यममा सार्वजनिक भइसकेका छन् । अन्तिममा राखिएको घटना भने सञ्चारमाध्यममा नआए पनि बैंकका कर्मचारीले प्रविधिका कारण बढ्दै गएको ठगीबारे बुझाउन एक औपचारिक कार्यक्रममा बताएका थिए । तीन घटनाले रकम सुरक्षित राख्ने बैंकको बढ्दो जोखिम देखाउँछ । सँगै कागजी कारोबार घटाएर अत्याधुनिक उपकरणको प्रयोग बढाउन खोजिरहेको राष्ट्र बैंकलाई पनि सुरक्षाका विषयमा सोच्न बाध्य पारेको छ ।
कार्ड प्रयोगकर्ताको संख्या बढ्न थालेपछि अपराधीका आँखा डेबिट र क्रेडिट कार्डमा पुगेको छ । मुलुकभर यस्ता कार्ड प्रयोग गर्ने ३० लाख २५ हजारको खाता र त्यसमा रहेको रकम झिक्न सजिलो नभए पनि जुक्ति लगाउने काम भने बढ्दै गएको माथिका घटनाले देखाउँछ ।
सूचना प्रविधिमा आधारित बैंकिङ सेवा बढ्दै गएपछि नयाँनयाँ ठगीका घटना आउने क्रम बढेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) को ठम्याइ छ । 'महिनामा एक/दुई वटा उजुरी आउने गरेका छन्,' सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक -एसएसपी) उत्तमबहादुर कार्कीले भने । आएका उजुरीको अनुसन्धान गरिरहे पनि नियन्त्रणको काम भने सम्बन्धित बैंकले नै गर्नुपर्ने उनको भनाइ छ ।
सेवाको माध्यममा विवधता आएपछि यस्ता घटना आउनु असामान्य भन्न नमिल्ने राष्ट्र बैंकका अधिकारी बताउँछन् । 'पहिले सिक्का, त्यसपछि नोट र चेकबाट पनि ठग्ने क्रम देखिएकै हो,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली भन्छन्, 'केही विषयमा बैंकले ध्यान दिए एटीएमबाट ठग्ने घटना कम गर्न सकिन्छ ।' तर ठगीका घटना हुनुले यस्तो ध्यान पुग्न नसकेको देखिन्छ । त्यसमा राष्ट्र बैंकले पनि ध्यान पुर्‍याउन नसकेको देखिन्छ ।
बैंक वित्तीय संस्थाले आफ्नो सूचना प्रविधि प्रणालीलाई दरिलो बनाउनुपर्ने र आन्तरिक नियन्त्रण प्रणालीमा पनि ध्यान दिँदा समस्या घट्ने ज्ञवाली बताउँछ । 'अहिले कर्मचारीसँग जोडिएका सूचना प्रविधिबाट हुने ठगीका घटना धेरै देखिएका छन्,' उनले भने, 'यसलाई अन्तरिक नियन्त्रण प्रणाली बलियो बनाएर रोक्न सकिन्छ ।'
कर्मचारीको कामप्रति लगाव नरहनु र फटाइँ गर्दा हुने कारबाहीबारे डर नभएले यस्ता समस्या देखिएको उनले बताए । राष्ट्र बैंकले दिएका निर्देशन पालना गर्ने र प्रणालीलाई बलियो बनाउँदा समस्या घट्ने उनको बुझाइ छ ।
बैंकर्स संघका उपाध्यक्ष उपेन्द्र पौडेल पनि नियन्त्रण प्रणाली बलियो बनाए समस्या हटाउन सकिने बताउँछन् । 'एकै कर्मचारीमा सबै जिम्मेवारी दिन हुँदैन,' उनले भने, 'चेक एन्ड ब्यालेन्स गर्न सकियो भने समस्या कम हुन्छ ।'
यस्ता ठगीका घटना प्रविधिको विकाससँगै आउनु सामान्य रहेको उनी बताउँछन् । 'प्रविधिबाट ठग्ने नयाँ उपाय आएजस्तै त्यसबाट बच्ने उपाय पनि आइरहेका छन्,' उनले भने, 'यो चलिरहने प्रक्रिया हो ।' इन्भेस्टमेन्ट बैंक आफैंले ठगी गर्नेलाई अनुगमन गरेर पक्राउ गर्नु यसकै उदारहण रहेको उनले बताए । 'बैंकले पनि सधै चनाखो रहनुपर्ने देखिएको छ,' उनले भने । बैंकका कर्मचारी मिल्दा यस्ता घटना हुने सम्भावना बढी रहेकाले व्यवस्थापनले जिम्मेवारी दिँदा विचार पुर्‍याउनुपर्ने उनले बताए ।
प्लास्टिक मनी नै किन ?
सिक्काको प्रयोगबाट सुरु भएको पैसा इतिहास पछिल्लो समय 'प्लास्टिक मनी' मा आइपुगेको छ । मूल्य तोकिएका यस्ता वस्तुको प्रचलनसँगै अपराधका नयाँनयाँ घटना पनि आउन थाले । पछिल्लो समय इन्टरनेटबाट हुने कारोबारमा विश्वभर यस्ता आपराधिक घटना बढेका छन् । डेबिट वा क्रेडिट कार्डबाट गरिने आपराध क्रियाकलाप पनि उत्तिकै छन् । तर पनि संसारभर प्लास्टिक मनीलाई प्रोत्साहन गर्ने कार्य जारी छ । यसको एउटा प्रमुख कारण हो, खर्च । सबै मुलुकले नोट छाप्नका लागि रकम खर्च गर्नुपर्छ । प्लास्टिक मनीको कारोबार बढेपछि यस्तो खर्च घट्छ ।
'यसले नोट छाप्दा लाग्ने खर्च घट्छ र बोक्न सजिलो पनि हुन्छ,' ज्ञवाली भन्छन्, 'त्यसले केही ठगीका घटना देखिए पनि कारोबारलाई सबै मुलुकले बढावा दिएका छन् ।' विकसित मुलुकमा यस्ता कार्डबाटै कारोबार गर्ने धेरै छन् । नेपाल आउने पर्यटकले पनि यस्ता कार्ड प्रयोग धेरै गरेपछि केही समयदेखि नगदमा विदेशी मुद्राको कमी देखिएको थियो । त्यसबेला राष्ट्र बैंकले विदेश जाँदा नगदको साटो अन्य विकल्प रोज्न सर्वसाधारणलाई आग्रह गरेको थियो ।
ठगी गर्न सजिलो छैन अर्कै व्यक्तिको खातामा भएको रकम एटीएमबाट झिक्नु सजिलो काम होइन । यसरी चोरी गर्दा कार्ड छाप्न सजिलै सकिए पनि त्यसमा रहेको नम्बर र पिन कोड पत्ता लगाउन असम्भव जस्तै हुन्छ । त्यसैले बैंकको कर्मचारीको संलग्नतामा यस्ता घटना भएका हुन्छन् । कार्ड छापेर धेरै रकम खातामा भएको व्यक्ति पत्ता लगाएपछि ठगी गर्नेले अन्य तथ्यांक जुटाउन थाल्छन् । यस्ता तथ्यांकको आधार एटीएमबाट निस्केको स्लिप वा कार्डमार्फत भुक्तानी गरिएका पसल हुन सक्छन् । तर कारोबार गर्न आवश्यक पिन नम्बर भने ग्राहक आफैंले नदिई वा बैंकका कर्मचारीले उपलब्ध नगराएसम्म थाहा पाउन सकिँदैन ।

Tuesday, March 26, 2013

नक्कली एटीएमबाट पैसा झिक्ने गिरफ्तार

काठमाडौ, चैत्र १३ - प्रहरीले कञ्चनपुरबाट नक्कली कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्ने तीन भारतीय नागरिकलाई गिरफ्तार गरेको छ । गिरफ्तारलाई थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं ल्याएको छ ।
प्रारम्भिक अनुसन्धानमा इन्भेस्टमेन्ट बैंकको एटीएममार्फत ढेड लाख रुपैयाँ झिकेको खुलेको छ । 'अन्य तीन बैंकबाट पनि रकम झिकिएको हुन सक्ने अनुमान छ,' सीआईबी स्रोतले भन्यो । पछिल्लो चार दिनदेखि इन्भेस्टमेन्ट बैंकले आफैं अनुगमन गरी प्रहरीलाई खबर गरेपछि गिरोहका सदस्य पक्राउ परेका हुन् । छोटो समयमै पक्राउ परेपछि गिरोहले डेढ लाखको हाराहारीमा मात्र रकम झिक्न पाएको स्रोतको दाबी छ । 'पक्राउ परिसकेकाले बैंकका कुनै पनि खाता वा कार्डमा अहिले समस्या देखिएको छैन,' स्रोतले भन्यो ।
बैंकका एक ग्राहकले भारतबाट आफ्नो रकम झिकिएको गुनासो गरेपछि पछिल्लो सातादेखि बैंकले कार्डको अनुगमन थालेको थियो । 'दैनिक औसत १ हजार कार्ड भारतमा प्रयोग हुन्छ,' बैंक स्रोतले भन्यो, 'ती सबैको अनुगमन गर्दै शंका लागेका करिब ३५ कार्ड बन्द गरेका थियौं ।' कार्ड बन्द भएपछि गिरोहले नेपाल प्रवेश गरेर रकम झिक्न खोजेका थिए । बन्द गरिएको कार्डबाट रकम झिक्न खोजेको सूचना बैंकमा आएपछि प्रहरीलाई खबर गरेर तीन जनालाई पक्राउ गरिएको हो । 'झिक्न सक्ने रकमको सीमा घटाउँदै उनीहरू भएको ठाउँ पत्ता लगाएर प्रहरीलाई खबर गरेका थियौं,' स्रोतले भन्यो, 'आइतबार तीन जना पक्राउ परेका हुन् ।' इन्भेस्टमेन्टले कार्ड सेवा दिने अन्तर्राष्ट्रिय कम्पनी भिजासँग सहकार्य गरेर सबै कार्डको अनुगमन गरेको थियो । मुलुकभित्र अनुगमन गर्दा अन्य बैंकलाई पनि इन्भेस्टमेन्टको कार्ड प्रयोग गरिए खबर गर्न भनिएको थियो । 'ठूलो रकम ननिस्किएपछि ८ सय रुपैयाँसम्म झिक्न खोजेका थिए,' स्रोतले भन्यो । पक्राउ परेको साथमा पुराना धेरै वटा एटीएम कार्डको पिन नम्बर पनि फेला परेको छ । बैंकका ग्राहकको पिन नम्बर कुनै माध्यमबाट चोरेर घटना भएको हुन सक्ने अनुमान बैंकले गरेको छ । 'अनुसन्धान भइरहेको छ,' बैंक स्रोतले भन्यो, 'केही दिनमै सबै पत्ता लाग्ला ।' प्रहरीले भने अनुसन्धान जारी रहेको जानकारी दिएको छ । 'भारतबाट कार्ड बनाएर नेपालमा पनि झिक्ने गरेको देखियो,' प्रहरी स्रोतले भन्यो, 'एससीटी, हिमालयन, लक्ष्मी र सिद्धार्थ बैंकका कार्ड पनि भेटिए ।' घटनाले बैंक थप चनाखो हुनुपर्ने अवस्था आएको बैंकर्स संघका अध्यक्ष राजनसिंह भण्डारीको टिप्पणी छ । 'बैंकहरूले सुरक्षामा थप चनाखो हुनुपर्ने देखियो,' उनले कान्तिपुरसँग भने, 'प्रणालीभन्दा व्यक्तिको नियतमा खराबी भएर यस्तो समस्या भएको हो ।' रकम झिक्दा दायरा घटाइयो घटनापछि इन्भेस्टमेन्ट बैंकले एटीएमबाट झिक्न सकिने रकमको दायरा घटाएको छ । बैंकले एक कारोबारमा ५ हजार रुपैयाँसम्म झिक्न सकिने व्यवस्था गरेको छ । ५ हजारका दरले १० पटक रकम झिक्न सक्ने व्यवस्था गरिएको छ । अनुसन्धान अघि बढ्दै गएकाले यसलाई क्रमशः पुरानै व्यवस्था अनुसार बनाइने बैंकले जनाएको छ । सामान्य अवस्थामा २४ घन्टाभित्र एक पटक ४० हजारका दरले ४ पटक रकम झिक्न सकिन्छ । पक्राउ परेकासँग भेटिएको एटीएमका आधारमा अन्य केही बैंकले पनि झिक्न सक्ने रकमको दायरा घटाएका छन् । कसरी झिकिन्छ ?
नक्कली एटीएमबाट रकम झिक्न सजिलो छैन । हरेक कार्डलाई उपलब्ध गराइएको पिन नम्बर पत्ता लागेपछि मात्रै एटीएमबाट रकम झिक्न सकिन्छ । यस्तो पिन नम्बर बैंकका सीमित कर्मचारीभन्दा बाहिर जाँदैन । 'बैंकका कर्मचारीको मिलेमतो नभएसम्म यस्तो घटना हुन सक्दैन,' एक बैंकरले भने । नियत गलत भएका कर्मचारीले यसको दुरुपयोग गरेका घटना भने यसअघि पनि आएका छन् । यस्ता घटनाबाट बच्नका लागि ग्राहकले आफ्नो पिन नम्बर समयसमयमा परिवर्तन गर्नु नै सबैभन्दा उपयुक्त विकल्प भएको एक बैंकर्स बताउँछन् ।
शंका सुवालसम्म
केही महिनाअघि हिमालयन बैंकमा भएको काण्डजस्तै घटना भएपछि शंका पुरानै अभियुक्ततर्फ गएको छ । हिमालन बैंकका पूर्वकर्मचारी अनीशभक्त सुवालले नक्कली कार्डबाट करिब ६ करोड रुपैयाँ झिकेर फरार छन् । उनी फरार भएको केही समयपछि भारतबाट पनि गैरकानुनी रूपमा केही खाताबाट रकम झिकिएको थियो । यी दुवै घटनामा सुवालकै संलग्नता रहेको अनुमान छ । हिमालयन बैंकले २०१२ अघि जारी गरेका कार्डबाट उक्त समय रकम झिकिएको थियो । इन्भेस्टमेन्ट बैंकका पनि पुराना खाताबाट रकम झिकिएको थियो । योसँगै दुवै घटना भारतमा भएकाले पनि सुवालमाथि शंका गएको हो । सुवाल हिमालयन बैंकको कार्ड शाखामा कार्यरत थिए, त्यसैले बैंकले जारी गरेको पिन नम्बर लिन उनलाई सजिलो थियो ।

Monday, March 25, 2013

सञ्चालक र व्यवस्थापक छुट्याउने प्रयास अलपत्र

काठमाडौ, चैत्र १२ - महत्त्वाकांक्षी भएर राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंक वित्तीय संस्थामा व्यवस्थापक र सञ्चालकबीच भिन्नता राख्ने कार्यक्रम ल्याए पनि कार्यान्वयन हुन सकेको छैन । यस वर्षको मौदि्रक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकर र उद्यमी व्यवसायीबीच भिन्नता कायम गर्ने कार्यक्रम राखेको थियो । जसलाई नीतिको समीक्षा गर्दा पनि दोहोर्‍याइएको थियो । तर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३ ले बैंक वित्तीय संस्थामा सञ्चालक कार्यकारी प्रमुख हुन पाउने व्यवस्था सहित अन्य छुट दिएपछि भिन्नता ल्याउन असहज भएको छ । 'लाइसेन्स नीतिका कारण यो एकै पटक हुने काम होइन,' राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले भने, 'यसमा धेरै एजेन्डा छन्, बिस्तारै हुन्छ ।' लाइसेन्स नीतिमै परिमार्जन गरेपछि मात्रै लगानीकर्ता र बैंकर छुट्याउन सकिने उनले बताए । लगानी गर्ने र व्यवस्थापन सम्हाल्ने दुवै जिम्मा एकै व्यक्ति वा समूहले लिएको बैंक वित्तीय संस्थाको सुशासन र ऋण पोर्टफोलियो अन्यको तुलनामा बढी समस्यामा देखिएको छ । राष्ट्र बैैंकको सुपरिवेक्षण विभागले गरेको अध्ययनमा यस्तो समस्या देखिएको हो । 'मुख्य लगानी भएको व्यक्ति व्यवस्थापनमा समेत बस्दा समस्या भएको देखियो,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'जसलाई सुधार गर्नुपर्ने देखिएको छ ।' नेपाल सेयर मार्केट्स, गोर्खा विकास बैंक, किस्टल फाइनान्स, हिमालय फाइनान्स, कुबेर मर्चेन्ट फाइनान्स, श्रीलंका मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, युनाइटेड विकास बैंकलगायत संस्थामा पनि देखिएको संस्थागत सुशासन अभाव र त्यसका सञ्चालकको संलग्नताका कारण यस्तो देखिएको हो । राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली पनि बैंकको दैनिक काममा सेयरधनीको हस्तक्षेप हुनु राम्रो नरहेको बताउँछन् । 'बैंकका प्रवर्द्धक काममा प्रत्यक्ष संलग्न हुनु राम्रो होइन,' उनले भने, 'यसलाई अन्तर्राष्ट्रियस्तरमा पनि राम्रो मानिदैन ।' सबै संस्थापकका कारण संस्थामा समस्या नपरे पनि समस्यामा पर्ने अधिकांश संस्थामा कारक भने हस्तक्षेप गर्न खोज्ने लगानीकर्ता नै देखिएका छन् । लाइसेन्स नीतिमा कुनै रोकटोक नभएपछि अधिकांश व्यापारिक पृष्ठभूमिका व्यक्तिले बैंक वित्तीय संस्थामा खुलेर लगानी गरेका छन् । जसलाई रोक्न, छेक्न राष्ट्र बैंकलाई सजिलो छैन । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले लगानीकर्ता प्रवर्द्धकलाई बैंक वित्तीय संस्थाको व्यवस्थापनमा बस्न छुट दिएपछि त्यस विपरीत निर्देशन दिन मिल्दैन तर मौखिक निर्देशन भने समय समयमा दिने गरेको छ । अर्कोतर्फ एकै समूहको लगानी रहेका वित्तीय संस्थालाई गाभिन राष्ट्र बैंकले प्रेरित गरिरहेको छ । बैंक वित्तीय संस्थामा लगानी गर्नेको अध्ययन गरेर यसलाई अघि बढाइएको हो ।  समस्या देखिएका संस्थामा प्रवर्द्धकले आफू नजिकका व्यक्तिलाई ऋण दिन लगाउने, व्यवस्थापनलाई जानकारी नदिई काम गर्ने, सर्वसाधारणको खातामा निक्षेप जम्मा नगर्ने जस्ता काम भएको पाइएको थियो । सञ्चालक समितिले संस्थागत सुशासन पालना गराउनुपर्ने र नीति नियमलाई पारित गर्नुपर्ने भए पनि फाइदा लिन खोज्नेको क्रम बढेपछि समस्या भएको हो । सुपरिवेक्षण विभागको पछिल्लो अध्ययनलाई आधार मानेर राष्ट्र बैंकले कुनै निर्णय लिई नसके पनि बैंक वित्तीय संस्थाका लगानीकर्ता र व्यवस्थापनबीच फरक ल्याउने काम भने थालिसकेको छ । गतको वर्षबाट राष्ट्र बैंकको मौदि्रक नीतिले 'बैंकर र उद्यमी/व्यवसायीबीच भिन्नता कायम गर्ने' लक्ष्य लिएको छ । जसलाई केही निर्देशनले सहयोग गरेका छन् । गएकै वर्ष राष्ट्र बैंकले  एउटा संस्थामा सञ्चालक रहेको व्यक्ति एकै पटक अर्को इजाजत प्राप्त संस्था वा सहकारीमा सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । एकै परिवार वा कम्पनीका व्यक्तिले एउटा बैंक वित्तीय संस्थामा एकभन्दा सञ्चालक पनि पठाउन नपाउने व्यवस्था छ । सञ्चालकका साथै व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीलाई समेत ऋण लिनका लागि निरुत्साहित गर्ने नीति राष्ट्र बैंकले लिएको छ । सञ्चालक समितिअन्तर्गत विभिन्न उपसमिति बनाएर बैठक भत्ता लिने क्रमलाई रोक्न राष्ट्र बैंकले सीमा लगाएको छ । संविधानसभाको चुनावपछि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधनको तयारी भए पनि पूरा हुन सकेन । संशोधनका लागि तयार गरिएको मस्यौदाले पनि व्यवसायी र बैंकरबीच फरक बढाउने प्रस्ताव राखेको थियो । २०६३ सालको ऐन निर्माण हुँदा राखिएका बुँदाका कारण धेरै संस्था खुलेको र राष्ट्र बैंकलाई नियमन गर्न असहज रहेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाले समय समयमा बताउँदै आएका छन् ।

सहकारीलाई व्यापारमा रोकिने

काठमाडौ, चैत्र १२ - सहकारीबाट रकम बटुलेर विभिन्न व्यवसायमा लगानी गर्ने प्रवृत्तिलाई सरकारले रोक्ने भएको छ । बचत तथा ऋण सहकारी खोलेर जम्मा भएको रकम सञ्चालक समितिले आफूखुसी व्यवसायमा लगाउने क्रम आकासिएपछि जोखिम बढेको भन्दै सरकारले यस्तो तयारी गरेको हो ।
पछिल्लो समय नाफा बढी हुने जुनसुकै क्षेत्रमा सहकारीमार्फत लगानी गर्ने क्रम बढेको छ । घरजग्गा, अस्पताल,यातायातलगायत क्षेत्रमा सहकारीबाट ठूलो लगानी भएको छ । विशेषगरी काठमाडौं उपत्यकाका ठूला सहकारीले यस्तो कारोबार गरेका छन् । तोकिएका यस्ता क्षेत्रमा लगानी गर्ने गरी पनि सहकारी खोल्न पाइन्छ । तर बचतकर्तालाई जानकारी नदिई सञ्चालकले ठूलो रकमको दुरुपयोग गर्न थालेपछि नियन्त्रणको प्रयास थालिएको हो ।
सहरी क्षेत्रमा बहुउद्देश्यीय कारोबार/लगानी गर्ने क्रम केही वर्षदेखि बढेको छ । 'सहकारीले बचतको रकम व्यापारमा हाल्दा जोखिम बढ्यो,' सहकारी मन्त्रालयका सहसचिव सुदर्शन ढकालले भने, 'कारोबार बढ्दै गएपछि अन्यत्र लगानी गर्न नपाउने व्यवस्था अन्तर्राष्ट्रियस्तरमै छ ।'
मन्त्रिपरिषद्ले पारित गरेको सहकारी नीतिले यो प्रावधानलाई तत्कालै लागू गर्ने उल्लेख गरेको छ । 'वित्तीय कारोबार गर्ने सहकारीलाई सेवा विशिष्टीकरणको आधारमा अन्य कारोबार गर्न निरुत्साहित गरिने छ,' नीतिमा भनिएको छ, 'यो व्यवस्था सहरी क्षेत्रमा तत्कालै कार्यान्वयनमा लगिने छ ।' सहकारी खोलेर सर्वसाधारणको रकमबाट व्यावसायिक घराना बनाउनेको संख्या बढ्न थालेपछि सरकारले यस्तो कदम चालेको हो । सहकारी विभाग स्रोतका अनुसार अनुत्पादक क्षेत्रमा लगानी बढेपछि नियन्त्रणका लागि प्रयास थालिएको हो । 'सहकारीले उत्पादनमा सहयोग पुर्‍याउने हो,' विभाग स्रोतले भन्यो, 'तर उपभोग बढाउने मात्र लगानी देखिएपछि यस्तो गर्नुपरेको हो ।' हाउजिङ, जग्गा, सवारी साधनलगायत क्षेत्रमा लगानी बढेको विभाग स्रोत बताउँछ । बचतकर्ताको रकमबाट विभिन्न क्षेत्रमा लगानी गरे पनि त्यसको नाफा वितरण भए/नभएको जानकारी विभागसँग छैन । 'सहकारी सिद्धान्तअनुसार नाफा/घाटा बराबरी लिनुपर्छ,' स्रोतले भन्यो, 'त्यस्तो भए/नभएको पनि अध्ययन छैन ।'
सहकारीले कारोबारमा धेरै योगदान दिने सदस्यलाई नाफा बाँड्नुपर्ने प्रावधान छ । तर अधिकांश सदस्यलाई यसबारे जानकारी नहुँदा बैंक वित्तीय संस्थाको जस्तो मात्र कारोबार गर्ने गरेका छन् । बैंक वित्तीय संस्थाले आफ्ना प्रवर्द्धकलाई नाफा बाँडेजस्तै सहकारीले पनि कारोबारमा ठूलो योगदान दिएका सदस्यलाई नाफा दिनुपर्छ । सहकारीमा रकम जम्मा गर्ने र ऋण लिने सबै संस्थाका सदस्य हुन्छन् । तर जानकारी अभावका कारण अधिकांश सहकारीले यसरी बढाउनुपर्ने रकम आफूखुसी प्रयोग गरेका छन् ।
यसका साथै नीतिले सहकारी सहरी क्षेत्रमा मात्रै केन्दि्रत हुने क्रमलाई पनि नियन्त्रण गर्ने तयारी थालेको छ । वित्तीय कारोबार गर्ने उद्देश्यले स्थापना गर्ने सहकारी संघसंस्थाको दर्ताका लागि सम्भाव्यता अध्ययन अनिवार्य गर्ने तयारी सरकारको छ । अनुगमनका लागि कारोबार र सदस्यताका आधारमा राष्ट्र बैंक, सहकारी विभाग र सम्बन्धित केन्द्रीय सहकारी संघलगायत प्रयोग गर्ने सरकारको योजना छ । पछिल्लो समय मुलुकभर २७ हजारभन्दा बढी सहकारी सञ्चालित छन् । यी सहकारीमा ४० लाखभन्दा बढी सदस्य छन् । सबैभन्दा बढी बचत तथा ऋण सहकारी सञ्चालनमा छन् । पछिल्लो तथ्यांकअनुसार करिब १२ हजार बचत तथा ऋण सहकारीले कारोबार गरिरहेका छन् । जसमध्ये अधिकांश सहरी क्षेत्रमा छन् । कृषि सहकारी दोस्रो धेरै संख्यामा छन् । यस्ता सहकारी ग्रामीण क्षेत्र केन्दि्रत छन् । केही समयअघि ओरियन्टल, गुणलगायत ठूला सहकारीमा समस्या देखिएपछि सरकारले अध्ययन गर्न राष्ट्र बैंकका डेपुटी गभर्नर सम्मिलित एक समिति बनाएको छ । योबाहेक सहकारी विभागका रजिस्ट्रार रहेको अर्को एक समितिले पनि अध्ययनको काम अघि बढाएको थियो । सहकारी विभाग र जिल्लामा रहने डिभिजन कार्यालयले सहकारीको अनुगमन गर्ने गर्छन् । ५ लाखभन्दा बढीको कारोबार गर्ने सहकारीको अनुगमन भने विभाग आफैंले गर्छ । तर कति सहकारीले ५ लाखभन्दा बढीको कारोबार गर्छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन ।



 

Thursday, March 21, 2013

कर्जा निक्षेप अनुपात ८० प्रतिशत

काठमाडौ, चैत्र ८ - बैंक वित्तीय संस्थाको लगानी र निक्षेपको अनुपात ८० प्रतिशत पुगेको छ । वाणिज्य बैंक , विकास बैंक र वित्त कम्पनीको समग्र कर्जा निक्षेप अनुपात माघ अन्त्यमा ७९ दशलमव ६ प्रतिशत पुगेको हो । राष्ट्र बैंक ले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार वाणिज्य बैंक ले कुल निक्षेपको ७७ दशमलव ८ प्रतिशत लगानी गरेका छन् । विकास बैंक को ८६ र वित्त कम्पनीको ८९ दशमलव २ प्रतिशत लगानी जोड्दा समग्रमा ७९ दशमलव ६ प्रतिशत कर्जा निक्षेप अनुपात पुगेको हो ।
यसको अर्थ यी तीन वर्गका संस्थाले सर्वसाधारणबाट लिएको रकमको करिब ८० प्रतिशत लगानी गरेका हुन् । बाँकी २० प्रतिशत रकम सम्बन्धित संस्थाले सर्वसाधारणलाई फिर्ता दिन नगद र नगदमा तुरुन्तै साट्न सकिने क्षेत्रमा लगानी गरेका हुन्छन्् । अन्तर्राष्ट्रिय मान्यताअनुसार कर्जा निक्षेप अनुपात ८० प्रतिशतभन्दा बढी हुनु राम्रो मानिँदैन । नेपाल राष्ट्र बैंक ले भने कर्जा निक्षेप अनुपात नभई कर्जा, कुल पुँजी -कोर क्यापिटल) र निक्षेप को अनुपात -सीसीडी) लाई वित्तीय स्वास्थ्य हेर्ने आधार बनाएको छ । आर्थिक वर्ष सुरु हुँदा कर्जा निक्षेप अनुपात ७३ दशमलव ४ मा थियो । त्यसपछि विस्तार भएको आक्रामक लगानी र निक्षेपको वृद्धिदरमा आएको सुस्तताका कारण ७ महिनामा ६ दशमलव २ प्रतिशत बिन्दुको फरक देखिएको छ ।
बैंक र्स संघका उपाध्यक्ष उपेन्द्र पौडेल तरलतामा समस्या नरहेको र सीसीडी अनुपात तोकिएकै स्थानमा रहेको बताउँछन् । 'वाणिज्य बैंक लाई तरलताको कुनै समस्या छैन, सबैले २० प्रतिशतभन्दा माथि राखेका छन्,' उनले भने, 'बजारमा अनावश्यक हल्ला भइरहेको छ ।' सरकारी ढुकुटीमा जम्मा हुने रकम बढेको तर खर्च नभएका कारण असर भने परेको उनले बताए । 'चुनाव भए त्यत्तिकै बजारमा रकम बढ्छ,' उनले भने, 'यसका साथै सरकारले अधिकांश भुक्तानी वर्षको अन्त्यमा गर्ने भएकाले पनि बजारमा थप सुधार आउँछ ।' अघिल्लो वर्ष तरलता वृद्धि ठूलो मात्रामा भएर कर्जा विस्तार त्यहीअनुसार नभएपछि यस वर्ष असर परेको उनले बताए । 'गत वर्षको असरका कारण पनि लगानी बढेको हो,' उनले भने, ' बैंक वित्तीय संस्थाले आफ्नो प्रतिबद्धताअनुसार लगानी गर्नैपर्ने हुन्छ ।' राष्ट्र बैंक का प्रवक्ता भाष्करमणि ज्ञवाली वाणिज्य बैंक को तरलतामा कुनै असर नपरेको र सबै तोकिएको मापदण्डअनुसार नै रहेको बताउँछन् । 'गत वर्ष देखिएको अधिक तरलता र यस वर्ष बढेको लगानीका कारण दुवैलाई हेर्दा केही नमिलेजस्तो देखिएको हो,' उनले भने, 'तर समग्रमा कुनै समस्या छैन ।' थप सहज अवस्थामा बस्न बैंक वित्तीय संस्थाले ब्याजदर बढाएर निक्षेप आकषिर्त गर्नुपर्ने उनले बताए । योसँगै विकास बैंक र वित्त कम्पनीले भने अवस्थामा सुधार गर्नुपर्ने उनले बताए । 'ख र ग वर्गले सुधार गर्नुपर्ने आवश्यकता देखिइसकेको छ,' उनले भने, 'त्यस्तो हुन नसके दीर्घकालीन असर पर्छ ।' एकातर्फ कर्जा निक्षेप अनुपातका कारण लगानी बढाउन असहज भएका संस्थालाई पुँजी पर्याप्तता अनुपातले पनि थप असहयोग गरेको छ ।
कर्जा निक्षेप अनुपात बढेपछि पुँजी पर्याप्तता अनुपातलाई पनि असर गर्छ । बैंक वित्तीय संस्थाको औसत पुुँजी पर्याप्तता अनुपात ११ प्रतिशत छ । वाणिज्य बैंक का लागि यो १० प्रतिशत तोकिएको छ । यस्तो अवस्थामा लगानी बढाउनका लागि पुँजी बढाउनुपर्छ । पछिल्लो समय अधिकांश पुराना वाणिज्य बैंक को पुँजी पर्याप्तता अनुपात ११ देखि १२ प्रतिशतको बीचमा छ । जसका कारण ती संस्थाले लगानी बढाउन सकेका छैनन् । नयाँ वाणिज्य बैंक को आक्रमक लगानीका कारण समग्रमा कर्जा बढेको हो ।
लगानी बढ्ने क्रमसँग नयाँ बैंक ले निक्षेपमा दिने ब्याजदर पनि बढाउन थालेका छन् । अन्तर बैंक , ट्रेजरी बिल्स लगायतको प्रतिफल बढेपछि निक्षेपको बढ्नु स्वाभाविक रहेको पौडेल बताउँछन् । तर बैंक वित्तीय संस्थाको ब्याजदर छोटोछोटो समयमै धेरै घटबढ हुनुलाई भने राम्रो मानिँदैन । 'तरलता बढी भएर ब्याज घट्नु र तुरुन्तै केही असहज भएर बढी हाल्ने प्रवृत्ति भने राम्रो होइन,' पौडेल भन्छन्, 'यसमा मुलुकको अस्थिरतताले काम गरेजस्तो देखिन्छ ।' यसका साथै लगानीको नयाँ क्षेत्र पनि आवश्यक भएको उनले
बताए । ' बैंक ले सरकारी ऋणपत्र, विकास ऋणपत्र वा कर्जामा लगानी गर्ने हो,' पौडेलले भने, 'यी सबै क्षेत्रमा एकैपटक ब्याज घट्दा असहज अवस्था हुन्छ ।' सहज अवस्था बनाइराख्नका लागि लगानीको नयाँ क्षेत्र आउनुपर्ने उनले बताए ।
अर्कोतर्फ बैंक वित्तीय संस्थाको निष्त्रिmय कर्जामा पनि झिनो वृद्धि देखिएको छ । वाणिज्य बैंक को निष्त्रिmय कर्जा घटेको र अन्य दुई वर्गको बढेपछि समग्रम वृद्धि देखिएको हो । राष्ट्र बैंक को तथ्यांकअनुसार क, ख र ग वर्गको माघ मसान्तमा समग्र निष्त्रिmय कर्जा कुल कर्जाको ४ दशमलव ४ प्रतिशत पुगेको छ । साउनमा यो ४ दशमलव ३ प्रतिशत थियो । वर्गअनुसार हेर्दा समीक्षा अवधिमा विकास बैंक को ४ दशमलव ८ बाट ५ दशमलव ७ र वित्त कम्पनीको १० दशमलव ६ बाट १४ दशमलव १ प्रतिशत पुगेको छ ।

Saturday, March 16, 2013

प्रक्षेपणबाहिर जान थाले सूचक

काठमाडौ, चैत्र ४ - अनौपचारिक अर्थतन्त्र र राजनीतिक अस्थिरताको प्रभावले आर्थिक सूचक प्रक्षेपण गर्न नसकिने भएका छन् । पछिल्लो ७ महिनामा देखिएको शोधनान्तर स्थिति परिवर्तन यसको एउटा उदाहरण हो । एक महिनामै ५ अर्बभन्दा बढीको घटबढ हुन थालेको शोधनान्तर स्थितिमा आइरहेको परिवर्तनको ठोस कारण देखिँदैन ।'अर्थतन्त्रको धड्कन तलमाथि भइरहनु र प्रवृत्ति हेरेर प्रक्षेपण गर्न नसक्ने अवस्था आउनु राम्रो होइन,' अर्थविद, विश्वम्भर प्याकुर्‍याल भन्छन्, 'यो खतरनाक र चेतावनीपूर्ण कुरा हो ।'
राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको ७ महिने तथ्यांकअनुसार शोधनान्तर स्थिति १ अर्ब ५९ करोड रुपैयाँले बचतमा छ । जुन एक महिनाअघि ६ अर्ब ७ करोड रुपैयाँले बचतमा थियो । ५ औं महिनामा भने ७ औं जस्तै शोधनान्तर स्थिति १ अर्ब ६० करोडले बचतमा थियो । यस्तो परिवर्तन चालु आर्थिक वर्षको पहिलो महिनाबाटै देखिएको हो । पहिलो महिना ३ अर्ब ५८ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति तेस्रो महिना पुग्दा ३५ करोडमा झरेको थियो ।
शोधनान्तर स्थिति भनेको मुलुकबाट बाहिरिने र भित्रिने रकमको अन्तर हो । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी भएपछि यो बचतमा हुन्छ । सरकारले पुँजीगत खर्च गर्न नसक्दा रोजगारी बढाउने र पूर्वाधार विकास नभएकाले सबैतिर असर देखिएको प्याकुर्‍याल बताउँछन् । 'सरकारको खर्च अनुत्पादक क्षेत्रमा बढी भएको छ,' उनले भने, 'जुन राजनीतिक स्वार्थ पूर्तिका लागि हुन्छ ।' गैरबजेटरी खर्च बढी हुनुले निजी क्षेत्रलाई पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बढावा नदिने उनी बताउँछन् । 'पछिल्ला ५ वर्षदेखि निजी क्षेत्रबाट पनि रोजगारी वृद्धिका लागि लगानी भएको देखिँदैन,' उनले भने, 'जसले रोजगारीका लागि योग्य जनशक्ति बिदेसिने क्रम बढेको छ ।' यसका साथै बराबरीजस्तै रहेको भारतसँगको अनौपचारिक व्यापारका कारण पनि समस्या यथावत् रहेको उनले बताए । शोधनान्तर बचत घट्नुको एक प्रमुख कारण चालु खाता घाटामा जानु रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष बचतमा रहेको चालु खाता चालु वर्षको ७ महिनामा १ अर्ब ७१ करोड रुपैयाँले घाटामा छ । चालु खातामा वस्तु तथा सेवाको आयात निर्यातलगायतका शीर्षक हुन्छन् । आयातमा उच्च वृद्धि भएपछि चालु खाता घाटामा गएको छ । ७ महिनामा निर्यात ५ दशमलव ६ प्रतिशतले बढेको छ । तर आयात २४ प्रतिशतले बढेर समस्या चर्काएको हो । योसँगै रेमिटेन्स आउने क्रम घटेपछि पनि असर परेको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार रेमिट्यान्स आप्रवाह आर्थिक वर्षको ७ महिनामा १९ दशमलव ६ प्रतिशतले बढेको छ ।
अनौपचारिक रूपमा अमेरिकी डलर विदेश पुर्‍याउनेको संख्या बढेपछि पनि सूचकमा असर परेको एक अर्थविद् बताउँछन् । 'सेवा क्षेत्रको आय र रेमिट्यान्स आउने क्रमलाई हेर्ने हो भने केही गलत भइरहेको देख्न सकिन्छ,' उनले भने, 'पर्यटक र विदेश जाने वृद्धि भए पनि त्यसअनुसारको आय भएको छैन ।' अवैध सुन आयातका लागि आवश्यक अमेरिकी डलर बैंक वित्तीय संस्थाले उपलब्ध गराउन नमिल्ने भएपछि कारोबारी यस्ता रकम प्रयोग गरिरहेको हुनसक्ने उनी बताउँछन् । चीनबाट आयात गरेर भारतसम्म सुन पुर्‍याउने व्यापारका कारण विदेशी मुद्रा र आयमा असर देखिएको उनले बताए ।
मूल्यवृद्धि र विदेशी मुद्रा सञ्चिति पनि उस्तै राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले मौदि्रक नीतिको अर्धवाषिर्क समीक्षा गर्दा वैशाखसम्म मूल्यवृद्धि एक अंकमै रहने, जसले वर्षकै समग्र मूल्यवृद्धिलाई पनि प्रक्षेपण भित्रै राख्न मद्दत पुर्‍याउने बताएका थिए । तर एक महिना बित्दा अनुमानले फेल खायो र माघको तथ्यांकले मूल्यवृद्धिलाई १० दशमलव १ प्रतिशतमा पुर्‍यायो । खाद्यान्न र त्यसमा पनि तरकारीको मूल्यमा आएको वृद्धिका कारण समग्र महँगीमा चाप परेको छ । अघिल्लो महिना मूल्यवृद्धि ९ दशमलव ८ प्रतिशत थियो । मुलुकमा रहेको विदेशी मुद्राको सञ्चितिमा छिटोछिटो घटबढ हुने क्रम जारी छ । राष्ट्र बैंकका अनुसार माघमा विदेशी मुद्रा सञ्चिति ४ खर्ब ३७ अर्ब रुपैयाँ छ जुन एक महिनाअघि मात्र ४ खर्ब ५० अर्ब रुपैयाँ थियो । मंसिरमा यस्तो सञ्चिति ४ खर्ब ४५ अर्ब रुपैयाँ थियो ।
शोधनान्तर स्थिति
(बचत, रुपैयाँमा)
७ महिना    -    १ अर्ब ५९ करोड
६ महिना    -    ६ अर्ब ७ करोड
५ महिना    -    १ अर्ब ६० करोड
४ महिना    -    १४ करोड
३ महिना    -    ३५ करोड
२ महिना    -    ३ अर्ब ८२ करोड
१ महिना    -    ३ अर्ब ५८ करोड


प्रकाशित मिति: २०६९ चैत्र ४ १०:४७

Thursday, March 14, 2013

दूरसञ्चारमा एकीकृत लाइसेन्सको तयारी

काठमाडौ, चैत्र १ - सरकारले माग गर्ने कम्पनीलाई दूरसञ्चार सेवाको एकीकृत लाइसेन्स जारी गर्ने अन्तिम तयारी थालेको छ । भारतीय लगानीको युनाइटेड टेलिकम, चौधरी समूहको लगानी रहेको एसटीएम सञ्चारसहित गैरआवासीय नेपालीको लगानी रहेको स्मार्ट टेलिकमले एकीकृत लाइसेन्स माग गरेका छन् ।
तिनले एकीकृत लाइसेन्स पाए नेपाल टेलिकम र एनसेलसँग बजारमा तीव्र प्रतिस्पर्धा बढ्नेछ । सबैभन्दा धेरै प्रतिस्पर्धा जीएसएम सेवामा हुनेछ । स्थानीय टेलिफोन (ल्यान्डलाइन) देखि जीएसएम (मोबाइल) सेवासम्म सञ्चालन गर्न पाउने एकीकृत लाइसेन्सका लागि ४ योग्यमध्ये निवेदन दिएका तीन कम्पनीको दबाबका कारण सरकारले लाइसेन्स जारी गर्ने प्रक्रिया अघि बढाएको सम्बद्ध स्रोतले बतायो ।
सूचना तथा सञ्चार मन्त्रालय स्रोतका अनुसार सरकार परिवर्तन हुनुअघि लाइसेन्स जारी गर्ने तयारी भइरहेको छ । यी कम्पनीले लिमिटेड मोबिलिटी र ग्रामीण दूरसञ्चारको क्षेत्रमा काम गरिरहेका छन् । एसटीएम र स्मार्ट टेलिकमले ससर्त ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स लिएका थिए । जसअनुसार तोकिएका स्थानमा यी कम्पनी निश्चित समय र ग्राहकलाई सेवा दिएपछि मात्रै एकीकृत लाइसेन्सका लागि योग्य हुन्छन् । तर यूटीएलको लाइसेन्स जारी गर्दा सीडीएमए प्रविधिमा जुनसुकै स्थानमा सेवा दिन सक्ने व्यवस्था छ । तर जीएसएमका लागि कम्पनीसँग अनुमति छैन ।
गत वर्ष जेठ १ गते सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर एकीकृत लाइसेन्स लिन सक्ने व्यवस्था गरेको थियो । एकीकृत लाइसेन्समा स्थानीय टेलिफोन, अन्तरदेशीय, अन्तर्राष्ट्रिय ट्रंक र सेलुलर मोबाइल दूरसञ्चार सेवा राखेर बाटो खुला गरिएको थियो । जसमा अनुमतिपत्रका लागि ३५ करोड ७५ लाख रुपैयाँ दस्तुर तोकिएको छ । १० वर्षका लागि जारी हुने अनुमतिपत्र नवीकरण गर्दा २० अर्ब १३ करोड रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ ।
लाइसेन्स खुला गरेर प्रक्रिया सुरु गरेको केही समयमै त्यसविरुद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गर्दै मुद्दा परेको थियो । मुद्दाको फैसला भइसकेको छैन । पछिल्लो समय चैत १५ गते मुद्दाको पेसी तोकिएको छ ।
मुद्दामा अन्तरिम आदेश भइनसकेकाले लाइसेन्सको प्रक्रिया नरोकिएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाश न्यौपानेले बताए । 'निवेदन दिएकाको योग्यता परीक्षण हुँदैछ,' उनले भने, 'सर्त पूरा भएको प्रतिवेदन आए लाइसेन्स दिने प्रक्रिया अघि बढ्नेछ ।' प्राधिकरणले हाल स्मार्ट टेलिकमको परीक्षण गरिरहेको छ । छिट्टै थप दुई निवेदक एसटीएम र यूटीएलको पनि परीक्षण गरिने न्यौपानेले बताए । '१२/१३ जिल्ला अध्ययन गरेर टोली आइसकेका छन्,' उनले भने, 'थप आएपछि सर्त पूरा भएको भए निर्णयका लागि सञ्चालक समितिमा जान्छ ।' यसका साथै एकीकृत लाइसेन्स पाउन प्राधिकरणले तोकेका सबै शुल्क बुझाएको हुनुपर्ने प्रावधान राखिएको छ ।
योग्यतामा कम्पनीको पूर्वाधार, ग्राहक, उपलब्धतालगायत हेरिन्छ । 'तोकिएको स्थानमा बीटीएस टावर स्थापना, ग्राहकले मागेको समयमा सेवाको उपलब्धता लगायतका विषयको अध्ययन हुन्छ,' न्यौपानेले भने । अनुमति पाएको जिल्लाको प्रत्येक इलाकामा न्यूनतम एक एक्सचेन्ज वा बीटीएस टावर स्थापना गरेको हुनुपर्ने प्रावधान छ ।
सरकारले एसटीएम टेलिकमलाई ९ वर्षअघि पूर्वाञ्चलका ५ सय ३४ गाविसमा टेलिफोन सुविधा उपलब्ध गराउने सर्तमा लाइसेन्स दिएको थियो । स्मार्टले भने ४ वर्षअघि पूर्वाञ्चलबाहेकका ३ सय ९८ गाविसमा दुई लाइन टेलिफोन सेवा पुर्‍याउने गरी लाइसेन्स पाएको थियो । १० वर्षअघि यूटीएलले आधारभूत दूरसञ्चार सेवाका लागि लाइसेन्स पाएको थियो । यी सबै कम्पनीले पहिलोपटक अनुमति पाएको क्षेत्रभन्दा बाहिर पनि सेवा विस्तार गरिसकेका छन् । अनुमति पाएका सबै जिल्लामा कम्पनीले तयार गरेको पूर्वाधार र सेवाको अवस्था अध्ययनको काम अघि बढेको छ ।
गत साउनमा प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले राजीनामा दिएपछि लामो समय एकीकृत लाइसेन्ससहित प्राधिकरणका अन्य काम रोकिएका थिए । सरकारले कँडेलपछि दिगम्बर झालाई अध्यक्षमा नियुक्त गरे पनि त्यसविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अध्यक्ष नहुँदा लामो समय काम रोकिएपछि करिब एक महिनाअघि बाधा अड्चन फुकाउने कानुनको प्रयोग गर्दै अध्यक्ष नभएको समयमा पनि नियमित काम कारबाही गर्न सक्ने व्यवस्था गरिएको छ । जसमा सञ्चालक समितिका ४ सदस्यसहित निर्देशन आनन्दराज खनाल छन् ।
सरकारले एकीकृत लाइसेन्स वितरणको काम अघि बढाएपछि सरकारी स्वामित्वकै नेपाल टेलिकमको कर्मचारी युनियनले चर्को विरोध गरिरहेको छ । प्रक्रिया सुरु भएदेखि युनियनले सञ्चारमन्त्री, प्राधिकरणलगायतलाई यस्तो लाइसेन्स जारी नगर्न दबाब दिँदै आएको छ । बुधबार पनि नेपाल टेलिकमको ५ वटा युनियन प्राधिकरण पुगेर लाइसेन्स जारी नगर्न माग गरेका थिए ।
बोलकबोलको प्रतिस्पर्धाबिना लाइसेन्स वितरण गर्न लागेको भन्दै युनियनले विरोध गरेको हो । थप लाइसेन्स जारी भए अस्वस्थ प्रतिस्पर्धा हुने र सरकारको राजस्व गुम्ने कर्मचारी बताउँछन् ।

Wednesday, March 13, 2013

ज्योति समूह वाणिज्य बैंकतर्फ

काठमाडौ, फाल्गुन ३० - ठूला व्यावसायिक घरानामध्येको एक ज्योति समूह एक निजी वाणिज्य बैंकमा ठूलो हिस्सा ओगट्ने तयारीमा जुटेको छ । फाइनान्स कम्पनीबाट गाभिएर विकास बैंकसँग जोडिएको समूहले किस्ट बैंकमा लगानी गरेर वित्तीय क्षेत्रमा उपस्थिति बढाउन लागेको हो । भाजुरन्त फाइनान्सलाई भिबोर विकास बैंकमा गाभेको एक वर्षपछि समूहले किस्ट बैंकको संस्थापक सेयर खरिद गर्न लागेको छ । हाल योजनामा रहेअनुसार काम अघि बढे भिबोर र किस्ट बैंक गाभिने सम्भावना पनि बढेको छ ।
योसँगै व्यापारिक समूहको वाणिज्य बैंकमा हुने लगानी पनि बढ्ने छ । चौधरी, गोल्छा, खेतान, सिभिल, आईएमईलगायतका व्यावसायिक समूहले बैंक सञ्चालन गरिरहेका छन् । पुरानो व्यापारिक समूहमा ज्योतिले चलाएको एक कम्पनीको नामबाट इन्भेस्टमेन्ट बैंकमा सेयर छ । बैंक सञ्चालन गर्न नयाँ लाइसेन्समा रोक लागेपछि हाल भएकै संस्था खरिद गर्न सक्ने बाटो मात्र छ ।
गुण समूहको स्वामित्वमा रहेको किस्ट बैंकको करिब १५ प्रतिशत सेयर ज्योति समूहले खरिद गर्ने तयारी गरेको छ । घरजग्गा र सहकारीमा समस्या देखिएपछि समूहले आर्थिक स्रोत जुटाउन यसअघि एयरलाइन्स बिक्री गरिसकेको छ । यसका साथै किस्ट बैंकमै रहेको साधारण सेयर पनि समूहका सञ्चालकले बिक्री गरिसकेका छन् ।
ज्योति समूहका उपाध्यक्ष रूप ज्योतिले समस्यामा परेका राजेन्द्रमान शाक्यलाई सहयोग गर्न लागेको बताए । 'गुण समूहका परियोजना नराम्रा छैनन्, तरलताको समस्या मात्र परेको हो,' उनले भने, 'त्यसैले हामी सहयोग गरिरहेका छौं ।' सहयोगकै क्रममा शाक्यले किस्ट बैंकको सेयर लिन भनेको र खरिद गर्ने तयारी भएको उनले बताए । 'किस्टको सेयर खरिद गर्ने सम्झौता भएको छैन' उनले भने, 'तर सम्भावना बढी छ ।' किस्टको सेयर खरिद गर्ने र भिबोरसँग गाभिनेबारे पनि छलफल भइरहेको उनले बताए । 'यो विन विन सिचुएन (दुवै पक्षको जितको अवस्था) हो' उनले भने, 'किस्ट राम्रो व्यवस्थापन भएको र निम्न वर्गमा भिजेको बैंक हो ।' उनले गुण समूहलाई सहयोग गरिरहेको बताए पनि सेयर खरिद गर्न लागिएको रकमबारे खुलाएनन् । पछिल्लो समय किस्ट बैंकको प्रवर्द्धक सेयर प्रतिकित्ता १ सय ८ रुपैयाँमा बिक्री भइरहेको छ । किस्ट बैंक व्यवस्थापन समूहका एक सदस्यले पनि दुई संस्था गाभिन सक्ने सम्भावना रहेको बताए । 'अन्य कुनै समस्या नभए पनि हामीलाई पुँजी बढाउन आवश्यक छ,' किस्ट बैंक स्रोतले भन्यो, 'भिबोरमा भइरहेको सुधारपछि गाभिँदा दुवैलाई राम्रो हुने देखिन्छ ।' किस्टमा पुँजी वृद्धि गर्न आवश्यक भएको र व्यावसायिक समूहको प्रवेश भए सजिलो हुने स्रोत बताउँछ ।
बैंकका प्रबन्ध निर्देशक कमलप्रसाद ज्ञवाली पनि नयाँ लगानीकर्ता आउनु र गाभिनु फाइदाजनक हुने बताउँछन् । 'ज्योति समूह आए बैंकलाई राम्रो हुन्छ,' उनले भने ।
घरजग्गामा आएको मन्दीका कारण एक वर्षअघि भिबोरमा समस्या देखिएको थियो । भाजुरन्तसँग गाभिएपछि भिबोरले सुधारका विभिन्न कार्यक्रम लागू गरेको छ । पछिल्लो समय आफ्नो मातहतको घरजग्गामा लगानी गर्ने कम्पनी बिक्री गर्ने तयारी गरिरहेको छ । योबाहेक बैंकको ५० करोडभन्दा बढी लगानी घरजग्गा क्षेत्रमा छ । पछिल्लो प्रकाशित विवरणअनुसार भिबोरको निष्त्रिmय कर्जा ३३ दशमलव ३८ प्रतिशत छ । यसको ९१ करोड रुपैयाँको हाराहारीमा चुक्ता पुँजी छ ।
पछिल्लो विवरणअनुसार भिबोरलाई ११ करोड रुपैयाँको खुद घाटा भएको थियो । दोस्रो त्रैमासिकको अन्त्यमा किस्ट बैंकको निष्त्रिmय कर्जा ७ दशमलव १५ प्रतिशत थियो जुन चैतसम्म ५ प्रतिशत तल झर्ने बैंक स्रोत बताउँछ ।
अर्कोतर्फ पुँजी पर्याप्तता अनुपात १० दशमलव ९ प्रतिशत भएकाले किस्टलाई थप लगानी बढाउन सजिलो छैन । योजनाअनुसार दुवै संस्था गाभिए पँुजी ३ अर्ब रुपैयाँ पुग्ने र वित्तीय परिसूचकमा पनि सुधार आउने देखिन्छ । दुवै संस्था गाभिने चर्चासँगै सेयरमा पनि प्रभाव देखिएको छ । दुवै संस्थाको सेयर मूल्य केही दिनयता बढ्न थालेको छ ।

Monday, March 11, 2013

बजार हिस्सा गुमाउँदै वाणिज्य बैंक

काठमाडौ, फाल्गुन २८ - आक्रामक शाखा विस्तारले उपस्थिति बाक्लिए पनि वाणिज्य बैंकले बजारमा आफ्नो हिस्सा गुमाउँदै गएका छन् । वित्तीय सेवामा सबैभन्दा सबल वाणिज्य बैंकको हिस्सा पछिल्ला ५ वर्षमा  ६ दशमलव १ प्रतिशत विन्दुले घटेर ५१ प्रतिशतमा आइपुगेको छ । जबकि यस अवधिमा वाणिज्य बैंकको संख्या २५ बाट ३२ पुगेको छ । सँगै यी मातहत रहेका शाखाको संख्या १४ सय २५ पुगेको छ ।
बैंक वित्तीय संस्था गाभिने, नयाँ खुल्ने क्रम र ग्रामीण क्षेत्रमा विकास बैंकको बढ्दो उपस्थितिका कारण समीकरणमा परिवर्तन आएको हो ।
चालू आर्थिक वर्षको सुरुवातमा वाणिज्य बैंकको समग्र वित्तीय सेवामा ५१ दशमलव १ प्रतिशत हिस्सा छ । जुन ५ वर्ष अघि ५७ दशमलव २ थियो ।
यी वर्षमा विकास बैंक र लघु वित्त विकास बैंकले आफ्ना हिस्सामा केही सुधार गरेको छ भने वित्त कम्पनीको भाग घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययनले विकास बैंकको बजार भाग ७ दशमलव ८, वित्त कम्पनीको ५ दशमलव ३ र लघु वित्त विकास बैंकको १ दशमलव ४ प्रतिशत देखाएको छ ।
पाँच वर्षमा सबैभन्दा बढी सुधार विकास बैंकको भागमा परेको छ । जुन ५ दशमलव २ प्रतिशत विन्दुको हो । 'विकास बैंकको संख्या बढ्यो र ग्रामीण अर्थतन्त्र उत्थानलाई काम पनि गरे,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवाली भन्छन्, 'व्यक्तिगत सेवामा ध्यान दिएपछि विकास बैंकको हिस्सा बढेको हो ।' सँगै वित्त कम्पनी गाभिएर विकास बैंक बन्ने क्रमले पनि सुधार आएको उनी बताउँछन् ।
पछिल्लो ५ वर्षमा सबैभन्दा बढी संख्यात्मक वृद्धि वित्त कम्पनीको छ । ४६ वटा नयाँ थपिएर आर्थिक वर्ष सुरु हुँदा वित्त कम्पनीको संख्या ७० पुगेको छ । यही अवधिमा विकास बैंकको संख्या ३० ले बढेर ८८ पुगेको छ । ग्रामीण विकास बैंक भने १२
बाट ५ वर्षको अन्तरालमा २४ पुगेका छन् ।
हिस्सा बढ्नमा नयाँ संस्था थपिनु र ग्रामीण क्षेत्रमा पनि विस्तार हुनु रहेको एस डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डे बताउँछन् । 'नयाँ थपिनुसँगै बजारमा आफ्नो उपस्थिति बढाउने क्रम पनि जारी छ,' उनले भने, 'कतिपय वाणिज्य बैंक नपुगेको स्थानमा क्षेत्रीय विकास बैंक खुलेका छन् ।' पछिल्लो समय विकास बैंक र वित्त कम्पनीमा तरलताको पनि समस्या देखिन छाडेको उनी बताउँछन् । 'लगानी व्यवस्थापन गर्नचाहिँ समस्या देखिएको छ,' उनले भने ।
केही समय अघिसम्म संस्थागत सुशासन अभाव भएका वित्त कम्पनीमा देखिएको समस्याका कारण समग्र क्षेत्रमै असर परेको थियो । केही वित्त कम्पनी र विकास बैंकको असरले समग्र समूहकै निक्षेप संकलनमा देखियो । पछिल्लो समय राष्ट्र बैंकले सुरु गरेको निक्षेप सुरक्षणका कारण अवस्थामा केही परिवर्तन आएको छ ।
निक्षेप वृद्धिको क्रम पछिल्लो केही महिनादेखि वाणिज्य बैंकभन्दा विकास बैंक र वित्त कम्पनीभन्दा बढी छ । 'ख' र 'ग' वर्गका संस्थाले निक्षेपमा दिने ब्याज 'क' भन्दा बढी हुनाले पनि यस्तो परिवर्तन देखिने गर्छ ।
आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकको निक्षेप ४ दशमलव ६ प्रतिशतले बढेको छ । यस्तो वृद्धि विकास बैंकमा ७ दशमलव ४ प्रतिशत र वित्त कम्पनीमा ५ दशमलव ८ प्रतिशत छ । लगानीको वृद्धि भने वाणिज्य बैंकको सबैभन्दा बढी छ । राष्ट्र बैंकको तथ्यांक अनुसार ६ महिनामा वाणिज्य बैंकको कर्जा वृद्धि १० दशमलव ७ प्रतिशतले भएको छ । विकास बैंकको ७ दशमलव २ र वित्त कम्पनीको ५ दशमलव ८ प्रतिशतले बढेको छ ।
वित्तीय प्रणालीमा आफ्नो भाग बढाए पनि विकास बैंकको शाखा संख्या वाणिज्य बैंकको आधाभन्दा कम छ । चालू आर्थिक वर्ष सुरु हुँदा विकास बैंकका कुल ६ सय ७८ शाखा सञ्चालनमा थिए । वित्त कम्पनीले मुलुकभर २ सय ९२ शाखा खोलेका छन् । सबै वर्गको उपस्थिति मध्यमाञ्चल क्षेत्रमा उल्लेख्य छ । वाणिज्य बैंकका ७ सय ९, विकास बैंकका २ सय ६० र वित्त कम्पनीका १ सय ६९ शाखा सञ्चालित छन् ।

Friday, March 8, 2013

कर्जा नबढ्दा ब्याज घटेन

काठमाडौ, फाल्गुन २५ - अधिकांश वाणिज्य बैंकले लगानी बढाउन नसक्दा पुराना ऋणको ब्याज घट्न छाडेको छ । आवश्यक नयाँ ऋण बढ्न नसकेपछि पुरानाबाटै आम्दानी गरिराख्नुपर्ने अवस्थाले ब्याज नघटेको हो । पुँजी पर्याप्तता अनुपात (सीएआर) मा दबाब परेका कारण धेरैजसो पुराना बैंकले लगानी बढाउन नसकेका हुन् ।
पछिल्लो समय यस्तो दबाबले नयाँको तुलनामा पुराना ऋणको ब्याज नघट्नु र निक्षेप आकर्षक ब्याज नहुनुको कारण बनेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १० प्रतिशत हुनुपर्छ, जसको अर्थ १ सय रुपैयाँ लगानी गर्न १० रुपैयाँको पुँजी न्यूनतम बैंकको हुनुपर्छ । सञ्चालनमा रहेका पुराना र ठूला बैंकको पुँजी पर्याप्तता अनुपात १० देखि १२ को बीचमा छ । नयाँ बैंकको भने १८ प्रतिशतसम्म छ ।
यही अनुपातका कारण लगानी बढाउन नसकेपछि आम्दानीको स्रोत पुरानो ऋण मात्र बाँकी रहन्छ । अर्कोतर्फ बैंकमा पैसा राख्ने व्यक्तिलाई ब्याज दिनुपर्ने भएकाले आम्दानी बढाउन थप दबाब पर्छ । आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकको लगानी अघिल्लो वर्षभन्दा १० दशमलव ७ प्रतिशतले बढेको छ । नयाँ खुलेका बैंकको आक्रामक लगानीका कारण बढेको हो । अधिकांश पुराना बैंकको चालू वर्षमा ठूलो लगानी विस्तार भएको छैन, जसको असर ब्याजबाट हुने आम्दानीमा पर्छ ।
पुँजी पर्याप्तता अनुपातका कारण बैंकको लगानी गर्ने क्षमतामा असर परेको एनआईसी बैंकका प्रमुख कार्यकारी अधिकृत ससिन जोशी बताउँछन् । 'लगानीमा असर पक्कै परेको छ,' उनले भने, 'जसल गर्दा पुराना कर्जामा प्रभाव परेको हुन सक्छ ।' कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई पनि ब्याज कम नहुने एक कारण पुँजी पर्याप्तता अनुपातको दबाब र ऋण नबढ्नु रहेको बताउँछन् । 'यसका साथै सबै रकम लगानी गर्न नमिल्ने तर ब्याज दिनुपर्ने अवस्थाले पनि हो,' उनले भने । बैंकले सर्वसाधारणबाट लिएको रकममध्ये करिब ७५ प्रतिशत मात्र लगानी गर्न सक्छन् ।
अनिवार्य १० प्रतिशत हुनुपर्ने सीआरआरमा सँगै राष्ट्र बैंकले नगद लाभांश वितरणका लागि थप १ प्रतिशत छुट्याउनुपर्ने प्रावधान बनाएको छ । 'यसले कम सीआरआर भएका बैंकलाई थप दबाब परेको छ,' उनले भने । पुँजी पर्याप्तता अनुपातका कारण लगानी विस्तार गर्न असहज भएपछि केही बैंकले ऋणपत्र निष्कासन गरेका छन् । केही वर्षका लागि सर्वसाधारणबाट उठाइने यस्तो रकमबाट ऋण लगानी गर्ने क्षमता बढ्छ । सँगै पुँजी बढाउनुपर्ने बाध्यता पनि केही वर्ष पछि धकेलिन्छ । 'ऋणपत्र ल्याउनु सस्तो देखिन्छ र पुँजी बढाउन केही समय पनि थप हुन्छ,' जोशीले भने । यस्तो ऋणपत्र सेयर बजारमा पनि सूचीकृत गर्नुपर्छ । हालसम्म सेयर बजारमा १३ ऋणपत्र सूचीकृत छन् । ऋणपत्र जस्तै 'कन्भर्टेबल पि्रफरेन्स' बाट पनि पुँजी बढाएर लगानी गर्न सक्ने अवसर बैंकसँग छ । तर हालसम्म एउटा बैंकले मात्र यस्तो बाटो लिएको छ ।
ऋण लगानी बढाउनका साथै अन्य प्रावधान पूरा गर्न पनि बैंकले पुँजी बढाउनुपर्ने बाध्यता देखिएको छ । बैंक वित्तीय संस्थाले मान्ने अन्तर्राष्ट्रिय बैंकिङ कानुन र नियमन बासल थ्री लागू भएपछि त्यसका केही प्रावधानका कारण पनि पुँजी बढाउनुपर्ने अवस्था आउने छ । अर्कोतर्फ थप सेयर जारी गरेर पनि बैंक वित्तीय संस्थाले पुँजी बढाउन सक्छन् ।
तर प्रवर्द्धकै ठूलो रकम लगानी गर्नुपर्ने र सर्वसाधारणले पनि खरिद गर्ने/नगर्ने टुंगो छैन । थप सेयरको असर इक्विटीबाट हुने आम्दानीमा पनि पर्छ । देखिएका समस्या सुल्झाउन र पुँजी बढाउने अर्को विकल्प भने मर्जर हो । मर्जरमा जानका लागि अधिकांश बैंक तथा वित्तीय संस्थाले बाटो खुला राखेका छन् । वाणिज्य बैंक एक आपसमा गाभिने क्रम पनि सुरु भएको छ ।

Monday, March 4, 2013

विश्वकै धनीमा चौधरी पनि

काठमाडौ, फाल्गुन २२ - विनोद चौधरी र उनको परिवारको सम्पत्ति ८८ अर्ब (एक अर्ब डलर) रुपैयाँ बराबर पुगेको छ । विश्वभरका अर्बपतिको सूची सार्वजनिक गर्ने पत्रिका फोर्ब्सको सूचीमा चौधरीको नाम समावेश भएको छ । फोर्ब्सको अर्बपति सूचीमा पर्ने उनी पहिलो नेपाली हुन् । विश्वका १४ सय २६ अर्बपतिको सूचीमा चौधरी १३ सय ४२ औं स्थानमा परेका छन् ।
फोब्र्सले ५७ वर्षका चौधरीलाई नेपालको पहिलो अर्बपति भन्दै मुलुकभित्र भन्दा बाहिर बढी सम्पत्ति रहेको उल्लेख गरेको छ । चौधरी समूहको वाईवाई र नबिल बैंक सबैभन्दा चल्तीका ब्रान्ड/कम्पनी हुन् । 'पत्रिका सूचीमा पर्न सफल भयौं, यो ज्यादै खुसीको कुरा हो,' चौधरीले कान्तिपुरसित भने, 'मुलुककै लागि पनि गर्व हो । नेपाल अब सगरमाथा, गौतम बुद्धको देशमात्र हैन, कर्पोरेट जगत्मा पनि चिनिने छ ।' यसअघि सन् २००८ मा फोब्र्सले नै ५० करोड डलरका मालिक भन्दै उनको फिचर छापेको थियो ।
फोब्र्सले छुट्टै समूह परिचालन गरेर वाषिर्क रूपमा अर्बपतिको सूची सार्वजनिक गर्छ । यस्तो सूची २७ वर्षदेखि तयार हुँदै आएको छ । पत्रिकाले सम्पत्ति पत्ता लगाउँदा अर्बपतिको सार्वजनिक र निजी कम्पनीमा रहेको लगानी, घरजग्गा, कला, नगद र ऋण पनि हेर्ने उल्लेख गरेको छ ।
सेयर बजारमा रहेको लगानीलाई पछिल्लो मूल्यका आधारमा समावेश गरिएको हुन्छ । यस्तो सम्पत्ति अन्यसँग दाँज्ने र विशेषज्ञसँग सल्लाह पनि हुने गरेको फोब्र्सको वेबसाइटमा उल्लेख छ । एकै व्यक्ति संस्थापक र सञ्चालक भए अर्बपतिलाई परिवारसहित राखिने व्यवस्था गरिएको छ । चौधरीलाई पनि परिवारअन्तर्गत नै राखिएको छ ।
चौधरी ग्रुपअन्तर्गत १५ क्षेत्रका विभिन्न कम्पनी सञ्चालनमा छन् । मुलुकभित्र रहेको उद्योग व्यवसाय चौधरी समूह र बाहिरका व्यवसाय सिनोभेसनअन्तर्गत छन् । मुलुकभित्रका उद्योग/व्यापार तयारी खाद्य सामग्री, वित्तीय सेवा, अटोमोबाइल्स, ऊर्जा, घरजग्गा, शिक्षा, स्वास्थ्यलगायत छन् । पछिल्लो समय कम्पनीले दूरसञ्चार क्षेत्रमा पनि हात हालेको छ ।
कम्पनीले एसटीएम टेलिकम सञ्चार प्रालिको ८० प्रतिशत (८ हजार कित्ता) सेयर किनेको छ । सिंगापुरमा रहेको सिनोभेसन ग्रुपअन्तर्गतको सीजी फुड्सका तीन उद्योग भारतमा छन् ।
यी उद्योगले विभिन्न प्रकारका तयारी चाउचाउ उत्पादन गर्छ । भारत, मालदिभ्सलगायत विभिन्न होटलमा ताज समूहसँग साझेदारीमा लगानी गरेको सिनोभेसनले एसियाका अन्य मुलुकमा पनि होटल विस्तार गरिरहेको छ । जिंक नामक ब्रान्डमा संसारभर ३० वटा होटलमा लगानी गरेको यो समूहले नेपालमा पनि होटल खोल्न अध्ययन गरिरहेको छ ।
चौधरीको अन्तर्राष्ट्रिय व्यापार उनका दुई छोरा राहुल र बरुणले हेर्छन् भने नेपालको जेठा छोरा निर्वाणले सम्हालेको फोर्ब्सले लेखेको छ । व्यवसायमा अझै सक्रिय उनी पछिल्लो समय अवकाश लिने चरणमा रहेको बताउँछन् । 'म अवकाश पाउने चरणमा छु, सबै काम छोराहरूलाई जिम्मा लगाएको छु,' उनले भने, 'आफैंले रोपेको बिरुवा भएकाले हेर्ने काम भने गरिरहन्छु ।'
नेपालबाट विदेशमा लगानी गर्न नपाइने कानुनी व्यवस्था भए पनि चौधरी परिवारका विभिन्न व्यवसाय अन्तर्राष्ट्रिय रूपमा फैलिएका छन् । चौधरीको हालैमात्र सार्वजनिक आत्मकथामा उनले यसलाई स्वीकारेका छन् । 'नीतिगत सुधार आजसम्म हुन सकेको छैन,' चौधरीले पुस्तकमा लेखेका छन्, 'म आफ्नै ढंगले अन्तर्राष्ट्रिय विस्तारमा धेरै अघि बढिसकें ।' चौधरी समूहलाई बहुराष्ट्रिय कम्पनीका रूपमा स्थापित गर्ने अडान जारी रहेको पुस्तकमा उल्लेख छ । उनले विदेशमा पैसा लगेर नभई, व्यवस्थापन सम्हालेबापत इक्विटी सेयर पाएको र भेन्चर क्यापिटलमार्फत लगानी गरेको बताएका छन् । उनका दुई छोरा बरुण र राहुल गैरआवासीय नेपाली भएकाले उनीहरूले नै विदेशमा लगानी गरिरहेको चौधरीले बताउँदै आएका छन् ।
भारतको राजस्थानबाट आएको चौधरी परिवारले नेपालमा कपडा आयात गरेर व्यवसाय सुरु गरेको थियो । विनोदका हजुरबुवा भुरामल चौधरीले २ सय रुपैयाँ मासिक भाडा तिरेर १९९० मा न्युरोडमा पसल खोली व्यवसाय सुरु गरेका थिए । त्यसलाई उनका छोरा लुनकरणदास चौधरीले विस्तार गर्दै विराटनगरबाट जुट निर्यात गर्न थालेको चौधरी समूहको वेबसाइटमा उल्लेख छ । चौधरी समूहले २०२२ मा मोर्डन होजियारी इन्डस्टि्रजबाट मोजा उत्पादन गरेर उद्योगमा हात हालेको थियो ।

Saturday, March 2, 2013

सजिलो टीभी-यु ट्युब

काठमाडौ, फाल्गुन १८ - दक्षिण कोरियाली गायक पीएसवाईले आफ्ना ६ एल्बममा दर्जनौं गीत गाए । तर उनलाई संसारभर चिनाउने काम गर्‍यो, पछिल्लो एकै गीत गङनम स्टाइलले । पत्रकार डेकेन्द्र थापाले ०५९ सालमा गाएको गीत कमैले सुनेका थिए । उनी मारिएको ८ वर्षपछि यसलाई ४६ हजारभन्दा बढीले हेरे र सुने । कोलाबेरी डी गाएका धनुष सोसल मिडिया मार्फत नै एकाएक चर्चित गायक बने ।
यी तीनै घटनालाई चर्चित बनाउने माध्यम बन्यो, यु-ट्युब । गएको भ्यालेन्टाइन-डे मा स्थापनाको ८ वर्ष पूरा गरेको यु-ट्युब धेरै भिडियोहरूलाई चर्चित बनाउने माध्यम बनेको छ । हेर्नका लागि टेलिभिजन अघि कुरेर बस्नुपर्ने ट्रेन्डलाई यु-ट्युबले परिवर्तन गरिरहेको छ ।
लोडसेडिङमा टीभी सिरियल छुट्दा विकल्प बन्न थालेको यो वेबसाइट पछिल्लो समय नेपाली कार्यक्रमको अन्तर्राष्ट्रिय च्यानल पनि भएको छ । त्यसका कारण देखाउने र हेर्न चाहनेलाई सजिलो भइदिएको छ ।
सन् २००५ को फेब्रुअरीमा व्यक्तिगत भिडियोलाई लक्षित गरी खोलिएको यु-ट्युब अहिले विश्वमै धेरै हेरिने तेस्रो वेबसाइट भएको छ । यसमा प्रत्येक मिनेटमा भिडियो अपलोड भइरहेका हुन्छन् । यसमा चढेको भिडियो र बढेको दर्शक संख्याले टेलिभिजन च्यानलहरूमाथि चुनौती तेर्सिएको छ ।
आवश्यक परेको समय हेर्न सकिने र दोहोर्‍याउन मिल्ने भएकाले पनि यु-ट्युब टेलिभिजनको प्रतिस्पर्धामा अघि आउन थालेको हो ।
'केही वर्षमा यु-ट्युबले टेलिभिजन हेर्ने ट्रेन्ड परिवर्तन गर्ने देखिन्छ,' टेलिभिजन र आईटी ज्ञाता करुण थापा भन्छन्, 'नेपाल र विदेशमा भएका नेपालीमा पनि यसले परिवर्तन ल्याउन थालेको छ ।' टेलिभिजन २४ घन्टा आउने भए पनि समयका कारण प्रसारण क्षेत्रभन्दा उल्टो ठाउँमा रहेकालाई हेर्न सजिलो छैन ।
त्यसलाई सजिलो बनाउने काम यु-ट्युबले गर्दैछ । 'अमेरिकामा रहेकाले काम सकेर टेलिभिजन खोल्दा बेलुका नेपाली टीभीबाट भजन आउँदो रहेछ,' थापाले भने, 'कार्यक्रम दोहोर्‍याउँदा समय नमिल्ने भएकाले विकल्पमा यु-ट्युब भएको छ ।' यु-ट्युबमा हेर्नेको संख्या बढ्दै गएपछि कम्पनीले त्यसको राम्रो व्यवस्थापनमा काम अघि बढाएको छ ।
त्यसकै उदाहरण यु-ट्युबले नेपालमा सर्भर राख्नु हो । सर्भर नेपालमा हुनु, इन्टरनेटको गति बढ्नु र मूल्य घट्नुले यो वेबसाइटको लोकपि्रयता बढाउन मद्दत पुगेको छ । 'नेपालमै पनि म्युजिक भिडियो र सिनेमाका प्रोमो यु-ट्युबबाट सार्वजनिक हुने क्रम बढेको छ,' थापाले भने, 'प्रतिक्रिया सजिलै आउने भएकाले टीभीमा भन्दा यसमा आकर्षण देख्ने बढेका छन् ।'
'टेलिभिजनको च्यानलले निश्चित समयमा कुनै एउटा कार्यक्रम दिन्छ,' अन्तर्राष्ट्रिय टेलिभिजन कार्यक्रम निर्माता इरिक स्पाइजेलमेनलेले न्युयोर्करमा लेखेका छन्, 'यु-ट्युबको च्यानलले त्यसको विपरीत धेरै अवसर दिएको छ ।' टेलिभिजन च्यानललाई तिर्नुपर्ने शुल्कका अगाडि यु-ट्युब
हेर्दा हुने खर्च न्यून भएकाले दर्शक बढेको उनले लेखेका छन् ।
यसै कारणले हुन सक्छ युरोप र अमेरिकाका विभिन्न टेलिभिजन च्यानलले यु-ट्युबमा पनि लाइभ गर्न थालेका छन् । त्यसमा ब्लुमबर्ग, सिनेट, अलजजिरा, फेसन टीभी हुँदै कलर्ससम्म आइपुगेको छ । टेलिभिजनका कार्यक्रम मात्रै खोज्नुभयो भने अंग्रेजी, जर्मन, हिन्दी हुँदै नेपालबाट प्रसारण हुने अधिकांश भेटिन थालेको छ ।
अर्को कारण स्मार्टफोन र टेलिभिजनको संख्या बढ्नु पनि हो । आइफोनमा आईटीभीदेखि एन्ड्रोइडका अधिकांश ग्याजेटमा यु-ट्युबले उपस्थिति बनाएको छ । वाईफाई र थ्रीजी सेवा खोज्न धेरै हिँड्नु पर्दैन । त्यसैले टेलिभिजन अब कोठाभित्र नभएर बाटोबाटोमा पुग्न थालेको छ ।
'किताब पढ्नका लागि किन्डल भनेजस्तै टीभी हेर्नका लागि यु-ट्युब माध्यम बन्दै आएको छ,' थापाले भने । स्मार्ट टेलिभिजनमा उपलब्ध भइसकेको यु-ट्युबले अन्य उपायबाट पनि आफ्नो उपस्थिति बढाउँदै गएको छ । गएको साता मात्रै यु-ट्युबले बेलायती कम्पनी फिस्याटसँग सम्झौता गरेर टेलिभिजनमा आफ्नो पहुँच बढाएको छ ।
निःशुल्क टेलिभिजन च्यानल उपलब्ध गराउने फिस्याटमा जोडिएर यु-ट्युबले चुनौती भने परम्परागत टेलिभिजनलाई दिइरहेको छ । यसका साथै केबल टेलिभिजन र अन्य माध्यममा पनि यसले उपस्थिति बढाउँदै लगेको छ । टेलिभिजनका कार्यक्रम मात्र नभएर यु-ट्युबले आफ्नो छुट्टै बनाउनका लागि तयारी गरेको बेलायती पत्रिका गार्जियनले उल्लेख गरेको छ ।
त्यसमा विभिन्न प्रख्यात निर्माताले बनाएका कार्यक्रम प्रसारण गर्न ६० नयाँ च्यानल यु-ट्युबमा खोलिने लेखिएको छ । यु-ट्युब सोसल मिडियामा सजिलै जोडिन सक्ने भएकाले पनि चर्चित बन्नुको एक कारण हो । 'टेलिभिजनका कार्यक्रम दर्शकलाई आकषिर्त गर्ने हुनुपर्छ भन्ने भनाइ छ,' थापाले भने, 'जसलाई यु-ट्युबमार्फत सजिलै गर्न सकिन्छ ।'
सामाजिक सञ्जाल फेसबुक, टि्वटरलगायत आफ्नै वेबसाइटमा पनि राख्न मिल्ने भएकाले यु-ट्युब सजिलो टीभी बन्न थालेको छ । 'नेपालमा रहँदा विदेशी सुन्नु परे पनि विदेशमा पुगेपछि नेपाली गीत खोज्ने धेरै छन्,' थापाले भने, 'त्यस्तै माग पूरा गर्न यु-ट्युबमा भएका लोकगीत राखेर एउटा वेबसाइट बनाइएको रहेछ ।'
विदेशमा नेपाललाई जोड्ने एउटा माध्यम भइसके पनि नेपालमै भने टेलिभिजनलाई चुनौती दिन केही समय लाग्ने थापा बताउँछन् । 'अलिकति व्यवस्थापन हुन बाँकी छ,' उनले भने, 'छरिएर रहेका विषयलाई समेट्ने हो भने यु-ट्युब धेरै सजिलो भएको छ ।' हुन पनि, के हेर्ने ? यु-ट्युबमा सबै, जहिले पनि देखिन्छ ।