काठमाडौ, आश्विन ८ - एक वर्षदेखि स्थिर रहेको अमेरिकी डलर पछिल्लो एक महिनामा ६ रुपैयाँले महँगिएको छ । विशेषगरी युरोप र भारतमा बढेको मागका कारण डलर डेढ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो ।
शनिबार अमेरिकी डलर खरिद मूल्य ७८ दशमलव ५१ रुपैयाँ पुगेको छ । एक महिनाअघि यो ७२ दशमलव ७५ रुपैयाँ थियो । यो साता मात्रै डलर करिब तीन रुपैयाँले बढेको छ । गत आइतबार एक डलरको सटही मूल्य ७५ रुपैयाँ ६० पैसा थियो ।
नेपाली मुद्रा भारतीय रुपैयाँ -भारु) सँग स्थिर भएकोले यहाँ सीधा प्रभाव पर्छ । करिब दुई दशकदेखि एक भारु बराबर १ सय ६० रुपैयाँमा स्थिर विनिमयदर कायम गरिएको छ । शुक्रबार भारतमा अमेरिकी डलर ४९ दशमलव ९० भारतीय रुपैयाँमा कारोबार भयो । भारुमा आएको ्रयो गिरावट २८ महिनामै उच्च भएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।
युरो जोनमा जारी आर्थिक मन्दीका कारण विश्वभर डलरको माग उच्च भएकाले यस्तो अवस्था आएको छ । माग बढी भएकाले डलरको स्थिति अन्य मुद्राको भन्दा बलियो हुँदै गएको हो । भारतीय विश्लेषकले डलरको अवस्था अझै बलियो हुँदै जाने जनाएका छन् । भारतीय सञ्चार माध्यममा रिजर्भ बैंक अफ इन्डियाका डेपुटी गभर्नर सुवीर गोकर्णले बजारमा धेरै ठूलो घटबढ भए हस्तक्षेप गर्न सकिने तर हालको अवस्था चिन्ताजनक नरहेको बताएका ्न् ।
विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने संघारमा रहेको भारतका लागि यो चिन्ताजनक नभए पनि नेपालमा भने केही प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । निर्यात आय बढाउन पनि भारतले आपmनो मुद्रालाई केही कमजोर अवस्थामा राखेको हुनसक्ने विश्लेषण पनि आइरहेको छ ।
तर नेपालमा भने दसैंको बेलामा विशेषगरी डलर तिरेर आयात गरिएका वस्तुको मूल्य बढ्नेछ । जसले गर्दा मुद्रास्फीतिमा चाप पर्नेछ । 'यसले मूल्यमा केही चाप पर्ने देखिन्छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।
यसैगरी नेपालले तिर्ने साँवाब्याजको रकम पनि बढ्न जानेछ । सबैभन्दा प्रत्यक्ष असर विद्युत् प्राधिकरणलाई पर्नेछ । करिब २८ अर्ब रुपैयाँ सञ्चित नोक्सानी बोकेर बसेको प्राधिकरणले खिम्ती र भोटेकोसी आयोजनालाई डलर बलियो भएकै कारण थप रकम तिर्नुपर्नेछ । प्राधिकरणले यी आयोजनासँग डलरमै बिजुली किन्ने सम्झौता गरेको छ ।
आपmनो मुद्रा कमजोर हुँदा निर्यात आय बढ्ने भए पनि नेपालको आपूर्ति क्षमता निकै कमजोर भएकाले लाभ लिन सक्ने सम्भावना कम रहेको विज्ञहरू बताउँछन । तर डलर बलियो हुँदा रेमिट्यान्स आय र प्रवाह दुवैमा सकारात्मक प्रभाव पर्नेछ ।
No comments:
Post a Comment