पछिल्लो पटक टेकुमा खोलिएको शोरुम र नेपालमा यामाहाको सेवा कस्तो लागेको छ ?
यामाहाको पहिलो प्राथमिकता ग्राहक सेवा हो । एमएडब्लु इन्टरप्राइजेजले हाम्रो आवस्यकता अनुसारको काम गरेको छ । पछिल्लो पटक खोलिएको सर्भिस सेन्टर त्यसैको एक उदाहरण हो ।
एमएडब्लु इन्टरप्राइजेज नेपालमा यामाहाका लागि गरेको कामलाई कसरी हेर्नु भएको छ ?
हामी नेपालमा भएको काम स“ग ज्यादै सन्तुष्ट छौ । हामी ग्राहक आकर्षित गर्न र बढी सेवा सुविधा दिन के गर्न सकिन्छ भनेर छलफल गरिरहेका हुन्छौ । अहिलेका लागि मात्र नभए भविष्यमा नेपालको मोटरसाइकल बजार र ग्राहकको अपेक्षाबारे दुवैले ध्यान दिएका छौ ।
यामाहाले कस्ता नया“ उत्पादन ल्यादैछ ?
हामी ग्राहकलाई चकित पार्ने गरी उत्पादन बजारमा ल्याउछौ । हरेक वर्ष हाम्रा उत्पादनले ग्राहकलाई चकित पार्दै नया“ उत्साह थप्ने गरेको छ । यामाहाको ब्रान्डलाई ‘स्र्पोट र स्टाइल’ का कारण चिनिन्छ । यहि अनुसार हाम्रा उत्पादन बजारमा आउदै जानेछ ।
भारत र नेपाली बजारमा यामाहाले कस्ता योजना ल्याउदै छ ?
भारतका साथै नेपालमा पनि मोटरसाइकलको ठुलो बजार छ । यो बढ्दै जाने क्रममा छ । एक सय १५० सिसि सेगमेन्टका मोटरसाइकलको माग उच्च छ । यो सेगमेन्टमा हामीले थप उत्पादन ल्याउदै छौ । यसका साथै स्कुटरको पनि माग उच्च रहेको छ । त्यसैले बजारको माग अनुसारको उत्पादन हामी थप्दै जानेछौ ।
No comments:
Post a Comment