Showing posts with label Agriculture. Show all posts
Showing posts with label Agriculture. Show all posts

Monday, December 26, 2011

कृषिमा लगानी: बैंकको ४ प्रतिशत, सरकारको ३ मात्रै

काठमाडौ, पुस ११ - सबैभन्दा धेरै नेपालीले रोजगारी पाएको र अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको कृषिमा वाणिज्य बैंक मात्र नभई सरकारले पनि निकै थोरै लगानी गरेको छ ।
बैंकिङ क्षेत्रले कुल कर्जाको ४ प्रतिशत कृषिमा लगानी गरेका छन् भने सरकारी बजेटको ३ प्रतिशत हिस्सा मात्रै यस क्षेत्रमा गएको छ । कात्तिकसम्मको तथ्यांक अनुसार वाणिज्य, विकास बैंक, वित्त कम्पनी र लघु वित्त कम्पनी गरी २ सय १८ संस्थाले यस क्षेत्रमा लगानी गरेका छन् ।
यी सबै संस्थाको कुल लगानी ७ खर्ब २३ अर्ब १२ करोड रुपैयाँ छ । जसमा कृषि र वनका लागि २४ अर्ब १ करोड रुपैयाँ लगानी भएको छ । कृषिसँग जोडिएको माछापालनमा यी संस्थाले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेका छन् । वित्तीय क्षेत्रको कुल कर्जा लगानी ७ खर्ब २३ अर्ब रुपैयाँ छ । 
कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान करिब ३५ प्रतिशत छ । पछिल्लो तथ्यांक अनुसार ६७ प्रतिशत जनता कृषिमा आश्रति छन् । कृषि क्षेत्रमा सबैभन्दा ठूलो लगानी गर्ने वित्तीय संस्थामा वाणिज्य बैंक छन् । बासलात (कारोबार) को आकार ठूलो भएकाले वाणिज्य बैंकको लगानी बढी देखिएको छ । तथ्यांक अनुसार कात्तिकसम्म ३१ वटा वाणिज्य बैंकले कृषि र वन शीर्षकमा १६ अर्ब रुपैयाँ लगानी गरेका छन् । यसका साथै माछापालनमा १ अर्ब ७१ करोड रुपैयाँ बैंकिङ क्षेत्रको लगानी गएको छ ।
वाणिज्य बैंकपछि सबैभन्दा बढी कृषिमा लगानी गर्ने संस्था लघु वित्त कम्पनी छन् । २१ लघुवित्त कम्पनीले कृषि र वन शीर्षकमा २ अर्ब ९५ करोड रुपैयाँ लगाएका छन् । ८७ विकास बैंकले २ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेका छन् ।
माछापालनमा यी संस्थाको २ करोड ६० लाख रुपैयाँ लगानी छ । ७९ वित्त कम्पनीले कृषि/वनमा १ अर्ब ५२ करोड र माछापालनमा १ करोड रुपैयाँ लगानी गरेका छन् । २०६७ चैतसम्मको तथ्यांक अनुसार कृषिमा लगानी गर्दा वाणिज्य बैंकले ९ दशमलव ५ देखि १३ प्रतिशतसम्म ब्याज लिएका छन् । अन्य संस्थाले लिने ब्याजदर योभन्दा बढी छ ।
निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थामात्र नभएर सरकारले समेत कृषिमा हुने लगानीलाई प्राथमिकतामा राखेको छैन । कृषि मन्त्रालयले चालू आर्थिक वर्षको बजेटबाट १२ अर्ब ४३ करोड रुपैयाँ पाएको छ । यो कुल बजेटको ३ प्रतिशत हुन्छ । यसमध्ये ११ अर्ब ४ करोड रुपैयाँ चालू खर्च हो । जुन कर्मचारीको तलब, भत्ता र अन्य खर्चमा प्रयोग हुन्छ । बाँकी १ अर्ब ३८ करोड रहेको पुँजीगत खर्च छ । जुन पूर्वाधार निर्माणका लागि छुट्याइने बजेट हो ।
कृषि क्षेत्रको लगानीमा केही समस्या रहे पनि वाणिज्य बैंकले वृद्धि गर्दै लगेको बैंकर्स संघका अध्यक्ष अशोक राणा बताउँछन् । 'हाम्रो क्षमता, संरचना र सन्जाल नभए पनि कृषि क्षेत्रमा लगानी वृद्धि भइरहेको छ,' उनले भने, 'केन्द्रीय बैंकले दिएको निर्देशनअनुरूप लगानी जारी छ ।'
अर्का एक बैंकरले भने वाणिज्य बैंक भनेर लाइसेन्स दिँदै कृषिमा लगानी गर्न दबाब दिइनु उचित नभएको बताए । 'कृषिमै लगानी गर्न भनेर खोलिएको कृषि विकास बैंकको लगानी पनि १२ प्रतिशतभन्दा बढी छैन' उनले भने, 'यस्तो अवस्थामा निजी वाणिज्य बैंकलाई मात्र दबाब दिएर हुँदैन ।' सरकार आफैंले पनि विगत १५ वर्षयता कृषि क्षेत्रमा ३ प्रतिशतभन्दा बढी लगानी गर्न नसकेको उनले बताए । 'राजनीतिक कार्यका लागि अर्बौं लगानी गर्न सक्ने सरकारले केही मात्रामा सहुलियत दिनसके कृषकलाई फाइदा हुने थियो,' उनले भने, 'ब्याज, मल, बजारलगायतका विषयमा कृषिकलाई सहुलियत दिनसके लगानी आफैं बढ्छ ।'
सरकारले कृषिलाई प्राथमिकतामा राख्ने बताउँदै आए पनि विचौलिया व्यापारी र यातायातमा रहेको सिन्डिकेटको ठगी नियन्त्रण गर्न सकेको छैन । राष्ट्र बैंकको तथ्यांकअनुसार मूल्यवृद्धिमा सबैभन्दा बढी योगदान खाद्य समूहले दिएको छ । धान, मकै, गहुँ लगायतको उत्पादनमा उच्च वृद्धि आए पनि मूल्य भने कम हुन सकेको छैन । उत्पादन बढी हुँदा कृषकले भने कम मूल्य पाउने गरेका छन् । यस वर्ष राष्ट्र बैंकले मूल्य वृद्धि ८ देखि ९ प्रतिशतको बीचमा रहने अनुमान गरेको छ ।

Sunday, December 4, 2011

कोल्ड स्टोर बने निर्यात बढ्ने

बिर्तामोड -झापा, मंसिर १७ - यहाँ सञ्चालित कृषिउपज थोक बजारमा कोल्ड स्टोर निर्माण गर्न सके तरकारीको आयात रोकेर निर्यात गर्न सकिने कृषकले बताएका छन् । 
यो बजारले कारोबारको २६ प्रतिशतका हाराहारीमा भारत निर्यात गरिरहेको छ । यसलाई अझ बढाउन सकिने उनीहरूको दाबी छ । 'कोल्ड स्टोर र क्वारेन्टाइनको व्यवस्था हुने हो भने भारतका साथै तेस्रो मुलुकतर्फको निकासी सजिलै बढाउन सकिन्छ,' बजार सञ्चालक समितिका अध्यक्ष मोहन शिवाकोटीले भने, 'यसले कृषकका साथै समग्र अर्थतन्त्रमा सकारात्मक असर पुग्ने थियो ।' 
बजारबाट गत आर्थिक वर्षमा १३ अर्ब ९६ करोड रुपैयाँ बराबरको १९ करोड ५२ लाख किलो बराबरको कृषिउपज बिक्री भएको थियो । सजिलै निकासी गर्न सकिने बंगलादेशमा भने भन्सार दर महँगो रहेकाले कृषिउपज निकासी ठप्पजस्तै छ । 'हामीले भन्सारमा ४५ प्रतिशत कर बुझाउनुपर्छ,' बजार सहव्यवस्थापक ध्रुव खनालले भने, 'भुटानले सहुलियतमा २४ प्रतिशत पाएको छ ।' सरकारले छलफलबाट भुटानसरह सुविधा दिन सके सुन्तलाको प्रशस्त निर्यात गर्न सकिने उनले बताए । 
बजारमा झापा, पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, तेह्रथुम लगायतका स्थानबाट फलफूल र तरकारी जम्मा हुने गरेको छ । पूर्वाञ्चलमा व्यावसायिक कृषि फस्टाएपछि बजारले लक्ष्यभन्दा दोब्बर कारोबार गर्दै आएको छ । गत आर्थिक वर्ष ३६ लाख आम्दानी गरेको बजारले चालू वर्षमा ४३ लाख रुपैयाँ आम्दानीको लक्ष्य लिएको छ ।  यूएनडीपीको आर्थिक सहयोगमा भवन निर्माण गरेर २०३९ सालदेखि अनरमनीमा बजार सुरु भएको हो । सुरुमा सरकारले सञ्चालन गरेको बजार २०५२ पछि स्थानिय सञ्चालक समितिले काम गरिरहेको छ । एक तलाको भवनबाट कारोबार गरिरहेको बजारमा एसियाली विकास बैंकको सहयोगपछि दोस्रो तला थपिएको छ । बजारको ४ करोड ५० लाख स्थिर पँुजी र करिब १० अर्ब रुपैयाँको सम्पत्ति छ ।

Friday, December 2, 2011

खाद्य संस्थानमा तीन कार्यकारी प्रमुख

 काठमाडौ, मंसिर १६ - खाद्य संस्थानले कार्यकारी प्रमुख तीन जना पाएको छ । सरकारले नयाँ महाप्रबन्धक नियुक्ति सुरु गरेपछि पुरानाले अदालतबाट थमौती पाएको र दुवै अनुपस्थितिमा निमित्त तोकिएपछि तीन जना प्रमुख भएका हुन् ।
वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कार्यरत महाप्रबन्धक हरिनारायण साहको 'काम सन्तोषजनक नभएको' जिकिरसहित स्पष्टीकरण मागेका थिए । उनलाई हटाउने उद्देश्यसहित स्पष्टीकरण मागिएको थियो । साहले स्पष्टीकरण दिनुको सट्टा आफूलाई हटाउन खोजेको दाबीसहित थमौती गर्नुपर्ने रिट निवेदन लिएर सर्वाेच्च अदालत गएका थिए । अदालतले यथावत् रूपमा काम गर्न दिनू भन्ने अन्तरिम आदेश दियो । आदेश पाएपछि कर्मचारीले उनलाई प्रवेश गर्न दिएनन् ।
उता अदालतको आदेश आउनुपूर्व मन्त्रिपरिषद्को बैठकले लेकेन्द्र शाहीलाई मंसिरको पहिलो साता प्रमुख नियुक्त गरिसकेको थियो । तर अदालतको आदेशका कारण नयाँ महाप्रबन्धक शाहीले नियुक्ति पत्र पाउन सकेनन् । दुवैको अनुपस्तिथिका कारण काम कारबाही अघि नबढेको भन्दै मन्त्रालयले कार्यकारी अधिकारी राजेन्द्रप्रसाद बाँस्कोटालाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको हो ।
साह आर्थिक अनियमिततामा संलग्न रहेको र छानबिन हुनुपर्ने मागसहित माओवादी र एमाले निकट कर्मचारी संगठनले प्रवेश रोक लगाएका हुन् । खाद्य महाप्रबन्धकमा २०६६ साउनदेखि २ वर्ष जागिर खाइसकेका साहको म्याद सकिएपछि तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री उपेन्द्र यादवले साउन १६ मा पुनः थप गरेका थिए ।
संस्थानका कर्मचारीहरूले आर्थिक अनियमिमता संलग्न रहेको कारण साहलाई काम गर्न दिन नहुने अडान राखेका छन् । 'साहको नियुक्ति भएदेखि संस्थानलाई धेरै घाटा लागेको छ,' खाद्य संस्थान कर्मचारी संघका अध्यक्ष बलराम आचार्यले भने, 'उनीविरुद्ध १९ वटा मुद्दा सबैमा जानकारी गराइसकेका छौं ।' साह नियुक्त हुनु अघिको वर्षसम्म संस्थानले दसैंको समयमा खसीबोका बिक्री गरेर नाफा कमाउँदै आएको थियो । उनी नियुक्त भएकै वर्षदेखि बढी रकममा खरिद गरेर सस्तोमा संस्थाले बिक्री गर्न थालेको कर्मचारी बताउँछन् ।
उनै महाप्रबन्धक भएको समयमा संस्थानले बजारभन्दा बढी मूल्यमा धान खरिद गरी भण्डार गरेको र ढुवानीमा पनि धेरै कमिसन लिने गरेको कर्मचारी आरोप लगाउँछन् । कांग्रेस निकट युनियनका अध्यक्ष शिशिरकुमार झाले साहको प्रवेश रोकमा समर्थन नभए पनि छानबिन हुनुपर्ने बताउँछन् । 'बिनासूचना कसरी एक्कासि विरोध सुरु भयो त्यसलाई पनि ध्यानमा राख्नुपर्छ,' उनले
भने । महाप्रबन्धकलाई लगाइएको आरोपमा 'राजनीतिक अभीष्ट' रहेको उनी बताउँछन् ।
महाप्रबन्धक साह भने मन्त्रीले राजनीतिक हस्तक्षेप गरेको बताउँछन् । 'दादागिरी शैलीमा मन्त्रीले काम गरे,' उनले भने, 'स्पष्ट कारण र आधार बेगर स्पष्टीकरण सोधेर हटाउन खोजेका हुन् । अदालतको आदेश समेत अटेर गरी मलाई काम गर्न दिइएको छैन ।' उनले राजनीतिक आग्रहकै कारण कर्मचारीहरूले आफूलाई गलत आरोप लगाएको दाबी गरे ।
संस्थानमा ४ सय ५९ कर्मचारी छन् । संस्थानले तीन दिनपछि ३७ औं वाषिर्कोत्सव मनाउँदै छ ।
मन्त्री भट्टले अन्य दुई वटा संस्थानका कार्यकारी प्रमुख हटाए पनि अदालतले थमौती दिएको छ । उनले स्पष्टीकरण सोधी हटाएका नेसनल ट्रेडिङ र गोदाम पारवाहन लिमिटेडका महाप्रबन्धक पनि अदालतको अन्तरिम आदेश आएपछि यथावत् रूपमा काम गरिरहेका छन् । निर्यात प्रवर्द्धन केन्द्रबाट हटेका प्रमुखले अन्तरिम आदेश ल्याउन हालेको मुद्दा भने खारेज भएको थियो ।

Sunday, November 20, 2011

देश तरकारीबाट आम्दानी बढेपछि बिदेसिएका फर्किए

झापा , मंसिर ४ - व्यावसायिक खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि शनिस्चरेबाट बिदेसिएकाहरू घर र्फकन थालेका छन् । सहकारी स्थापना गरेर २२ बिघा जमिन भाडामा लिई तिनका परिवारले तरकारी खेती गर्न थालेपछि विदेशमा काम गर्नेहरू फर्किएका हुन् । 'यो क्षेत्र वरपरका करिब १३ जना विदेशबाट तरकारी खेतीका लागि फर्किएका छन्,' कतारबाट फर्किएका गिरिराज उप्रेतीले भने, 'घरमै बसेर विदेशको जति आम्दानी हुन थालेको छ ।' 

कटहरडाँडा कृषि सहकारीका सदस्य रहेका उप्रेतीले डेढ बिघा जमिनमा तरकारी खेती गरिरहेका छन् । सहकारीमा रहेका ४५ सदस्यले प्रतिबाली न्यूनतम १५ हजार नाफा गरेको बताउँछन् । सबैभन्दा बढी नाफा बेमौसमी तरकारीबाट भएको छ । 'तालिम लिएर सहकारी स्थापना गरी खेती गर्न थालेपछि आम्दानी धेरै बढेको छ,' सहकारीका अध्यक्ष वसन्त कुमार राजवंशीले भने, 'अबको वर्ष एक करोड रुपैयाँ आम्दानी गर्ने योजना बनाएका छौं ।' सहकारी सदस्यले टमाटर, कोबी, बन्दा, खोर्सानी, आलु, बोडी लगायत उत्पादन गरेर बिर्तामोडको थोक बजारदेखि पहाडी जिल्लासम्म पुर्‍याउने गरेका छन् । 'हामीले माग अनुसारको उत्पादन गर्न सकेका छैनौं,' राजवंशीले भने ।
सहकारी स्थापना गर्नुअघि पनि तरकारी खेती गर्ने कृषकले धेरै फाइदा भने लिन सकेका थिएनन् । 'स्थानीय गैरसरकारी संस्थाले तरकारी खेतीसम्बन्धी तालिम दिएपछि धेरै सुधार भएको हो,' राजवंशीले भने, 'सहकारीमा सदस्यता र खेती बढाउने काम गरिरहेका छौं ।' उक्त स्थानको व्यावसायिक कृषिबाट प्रभावित भएर अन्यत्र पनि जग्गा भाडामा लिएर खेती सुरु भएको उनले बताए । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित व्यावसायिक कृषि विकास आयोजना अन्तर्गत २०६६ सालमा स्थानीय गैरसरकारी संस्था सहारा नेपालले तालिम दिएपछि कृषकले व्यावसायिक खेती थालेका हुन् । सोही आयोजना अन्तर्गत मोरङको भाथिगछ ३ र ४ मा पनि २५ कठ्ठा जग्गा भाडामा लिएर भूमिहीनले तरकारी उत्पादन थालेका छन् । २६ जनाको समूहमा अधिकांश दलित छन् । खेती सुरु गर्नुअघि अधिकांश जुटमिलका कामदार रहेको उक्त समूहका सदस्यले मासिक २५ हजारको हाराहारीमा बचत भइरहेको बताए । 'आफैं रोजगार पाएका छौं,' समूहका अध्यक्ष नेपाल राजवंशीले भने, '८ घन्टा मिलमा काम गरेर भन्दा धेरै फाइदा भएको छ ।' समूहले २२ हजार रुपैयाँ जम्मा गरिसकेको उनले बताए । 'दैनिक आम्दानी भइरहन्छ,' उनले भने, 'तालिम लिएर काम सुरु गरेपछि धेरै फाइदा भएको छ ।' भाडामा लिएर धेरै आम्दानी गरेको देखेपछि जग्गाधनीले भाडा बढाउने तयारी गरेको उनले बताए । 'अब मजदुरी नभएर यही काम गरिरहनेछौं,' अर्का सदस्य सुकुनादेवी ऋषिदेवले भनिन् ।