Monday, January 31, 2011

एनआइडिसीले १ अर्बभन्दा बढीको सेयर बेच्ने

रोशन अधिकारी
काठमाडौ, माघ १८ - नेपाल औद्योगिक विकास निगमले आफ्नो स्वामित्वमा रहेको नबिल बैंक र एनआइडिसी क्यापिटल मार्केटको सेयर बिक्री गर्ने भएको छ । वित्तीय संस्थाबीच क्रस होल्डिङ गर्न नपाइने व्यवस्था भएकाले सेयर बिक्री गर्न लागिएको हो । 'राष्ट्र बैंकले सेयर बिक्री गर्न २०६८ असारसम्मको समय दिएको छ,' निगम स्रोतले भन्यो, 'हामीले तयारी थालिसकेका छौं ।' दुवै संस्थाको सेयर बिक्रीबाट १ अर्ब रुपैयाँभन्दा बढी मूल्य उठ्ने अनुमान गरिएको छ ।
निगमको नबिल बैंकमा ६ प्रतिशतको हाराहारी सेयर छ । संस्थाले यसअघि एकपटक उक्त बैंकको ४ प्रतिशत सेयर बिक्री गरिसकेको छ । क्यापिटल मार्केटमा भने सबैभन्दा ठूलो प्रवर्द्धक निगम छ । संस्थागत ५५ प्रतिशतमध्ये निगमको क्यापिटल मार्केटमा ४५ प्रतिशत सेयर स्वामित्व छ ।
'केही दिनअघि सेयर मूल्यांकनकर्ता नियुक्त गरिसकेको छौं,' एनआइडिसीका उच्च अधिकारीले भने, 'प्रतिवेदन आएपछि बिक्रीको काम अघि बढाइहाल्नेछौं ।' मूल्यांकनकर्ताको प्रतिवेदन आएपछि संस्थाले बोलपत्र आह्वान गरेर बिक्री प्रक्रिया सुरु गर्नेछ । यसमा न्यूनतम मूल्य तोकिएको हुनेछ ।
बजार कारोबारअनुसार दुवै कम्पनीको औसत मूल्य निकालेर न्यूनतम खरिद मूल्य तोकिन्छ । नबिल बैंकको पछिल्लो वाषिर्क विवरणअनुसार निगमसँग बैंकको ६ दशमलव १५ प्रतिशत सेयर स्वामित्व छ । यो ८९ करोड रुपैयाँ बराबरको छ ।
यसअघि एनआइडिसीले नबिल बैंकको सेयर बिक्री गर्दा उल्लेख्य रूपमा सर्वसाधारणले खरिद गरेका थिए । 'करिब एक हजारको हाराहारीमा व्यक्तिगत खरिदकर्ता आएका थिए,' स्रोतले भन्यो, 'यसपटक पनि बिक्री हुन धेरै समय नलाग्ने अनुमान छ ।'  क्रस होल्डिङको सेयर बिक्री गर्ने तयारी गरेको एनआइडिसीलाई राष्ट्रिय वाणिज्य बैंकसँग गाभ्ने काम अघि बढिरहेको छ । संस्थाले १५ वर्ष कार्यकाल पूरा गरेका कर्मचारीलाई स्वैच्छिक अवकाशका योजना ल्याएको छ । क्रस होल्डिङ रहँदा वित्तीय स्वार्थ बाभmने र प्रतिस्पर्धी भावना नहुने भन्दै केन्द्रीय बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई सेयर बिक्री गर्न समय तोकेको छ । सेयर बिक्री गर्न निर्देशन दिइएपछि केही संस्थाले भने हालसम्म बिक्री पूरा गरिसकेका छैनन् ।
राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंकले क्रस होल्डिङका रूपमा रहेको सेयर बिक्री गर्न बाँकी छ । वाणिज्य बैंकको नाममा नेपाल इन्भेस्टमेन्ट बैंकको ३० लाख कित्ताभन्दा बढी प्रवर्द्धक र नेपाल हाउजिङ डेभलपमेन्ट फाइनान्सको १ लाख ४९ हजार कित्ता सेयर छ ।
नेपाल बैंकको नाममा एनआइडिसीको ३ हजार कित्ता प्रवर्द्धक सेयर छ । एनसिसी बैंकको नाममा नेपाल बैंकको १ लाख ८७ हजार कित्ता साधारण सेयर छ । नेपाल बैंकको सेयर कारोबार गर्न नेपाल स्टक एक्सचेन्जले रोक लगाएको छ । यही कारणले एनसिसीले सेयर बिक्री गर्न नसकेको हो ।

Thursday, January 27, 2011

यसै वर्ष वाणिज्य बैंक र एनआइडिसी गाभिने

रोशन अधिकारी
काठमाडौं, माघ १४ - निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई गाभिन प्रोत्साहन गर्दै आएको सरकारले राष्ट्रिय वाणिज्य बैंक र नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) लाई यसै आर्थिक वर्षभित्र गाभिसक्ने तयारी गरेको छ । नमुनाका लागि पनि यो प्रक्रिया छिटो निष्कर्षमा पुर्‍याउने योजनामा सरकार रहेको छ । केन्द्रीय बैंकको सिफारिस पछि यो प्रक्रिया अघि बढेको हो ।
पहिलो चरणमा निगमका कर्मचारीलाई स्वेच्छिक अवकाश योजना सुरु भइसकेको छ । 'सामान्यभन्दा बढी लाभ हुने गरी अवकाश योजना बनाइएको छ,' राष्ट्र बैंक स्रोतले भन्यो । माघ १७ सम्म लागू गरिएको स्वैच्छिक अवकाश योजनामा निगमका कर्मचारीले भने हालसम्म छाड्ने इच्छा देखाएका छैनन् । स्रोतका अनुसार कुनै पनि कर्मचारीले योजनाबमोजिम अवकाश लिएका छैनन् ।
४९ स्थायी कर्मचारी रहेको निगममा १५ वर्ष सेवा अवधि पूरा गरेकालाई लक्षित गर्दै स्वैच्छिक अवकाश योजना ल्याइएको हो । ३३ जनाले अवकाश लिन सक्नेछन् । संस्थामा ३० वर्षसम्म काम गरेका कर्मचारी छन् । '३० वर्ष सेवा पूरा गरेकाले अवकाश योजनाअनुसार ९५ महिनाको तलब बढी पाउँछन्,' केन्द्रीय बैंक स्रोतले भन्यो । निगमका पाँच कार्यालय छन् ।
कर्मचारीले स्वैच्छिक अवकाश नलिए मर्जर सफल बनाउन अर्थ मन्त्रालयले निगमको विनियमावली संशोधन गरेर अनिवार्य अवकाश दिने तयारीसमेत गरेको छ । कृषि विकास बैंकमा यो मोडल ल्याइएको थियो । 'कर्मचारी संख्या उल्लेख्य नभएकाले अवकाश योजनामा कुनै समस्या छैन,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'यसै आर्थिक वर्षभित्र गाभिने काम सकिनेछ ।'
करिब साढे दुई महिनाअघि केन्द्रीय बैंकले अर्थ मन्त्रालयलाई यी दुई संस्था गाभ्न सुझाव दिएको थियो । गाभिएपछि वाणिज्य बैंकको खुद सम्पत्ति सकारात्मक हुनेछ । १० अर्बको हाराहारीमा बैंकको नेटवर्थ नकारात्मक छ । अर्कोतर्फ निगमको सोही रकम बराबर सम्पत्ति छ । दुईबीच मर्जर भए निगमको सम्पत्ति बिक्री गरेर वाणिज्य बैंकलाई स्वस्थ्य बनाउन सकिने देखिन्छ । निगमको नाममा काठमाडौंको दरबारमार्ग, पोखरा, विराटनगर, भरतपुर, महेन्द्रनगर, सुर्खेत, धनगढीलगायत स्थानमा जग्गा छ । यी सबैको मूल्य १० अर्बभन्दा बढी हुने अनुमान छ ।
०६२/०६३ मा संस्थाको प्राथमिक पुँजी १ सय २२ करोड रुपैयाँले नकारात्मक थियो । हाल ९० करोड रुपैयाँले पुँजी कोष सकारात्मक भएको छ । खराब कर्जा रहे पनि केही असुली र एक बैंकको सेयर बिक्रीपछि परिवर्तन आएको हो । संस्थाको चुक्ता पुँजी ४१ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा ४५ करोड रुपैयाँ नाफा गरेको थियो ।
वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू भएपछि निगमको अध्ययन गर्ने जिम्मा पाएको एसियाली विकास बैंकले लिक्विडेसनमा लैजान सुझाव दिएको थियो । १ अर्ब ६२ करोड रुपैयाँ खराब कर्जा देखिएपछि यस्तो निर्णय गरिएको थियो । थोरै शाखा र अर्थतन्त्रमा धेरै प्रभाव नपर्ने भएकाले यस्तो सुझाव दिइएको हो । पछिल्लो समय लिक्विडेसनको काम रोकिएको थियो । संस्थामा सुधार आउँदै गएपछि एकैपटक ८ वर्षको लेखापरीक्षण गरेर वित्तीय विवरण राष्ट्र बैंकलाई बुझाइएको छ । यसलाई पारित गरेर साधारणसभा आयोजना गरिने उच्च स्रोतले जनायो । उक्त साधारणसभाबाट पािरत भएपछि मर्जरको निर्णय हुनेछ ।
अर्कोतर्फ वाणिज्य बैंक भने मर्जरप्रति सकारात्मक देखिएको छैन । 'अर्थमन्त्रीले जसरी पनि मर्जर गर्ने भन्नुभएको छ,' बैंकको उच्च स्रोतले भन्यो, 'तर कर्मचारीहरू यसको विपक्षमा देखिएका छन् ।' वाणिज्य बैंकको वाषिर्कोत्सव कार्यक्रममा समेत कर्मचारी युनियनका प्रतिनिधिले मर्जरप्रति सकारात्मक नरहेको बताएका थिए । बजेटबाट मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई विशेष छुट र सुविधा दिएको सरकार सँगै केन्द्रीय बैंकले मौदि्रक नीतिको मध्यावधि समीक्षा गर्दा यसलाई थप सहुलियतपूर्ण भनाउने तयारी गरेको बताइन्छ । केही समयअघि एनबी समूहका बैंक र फाइनान्सका साथै वीरगन्ज फाइनान्स र हिमचुली विकास बैंक गाभिने तयारीमा छन् ।

Tuesday, January 25, 2011

तरलता अभाव कम

काठमाडौं– पछिल्लो समय कम हुदै गएको अन्तर बैंक व्याजदर (बैंक विचको व्याजदर) ले तरलता अभाव कम हुदै गएको देखिएको छ ।
अघिल्लो साता १२ प्रतिशत काटेको अन्तर बैंक व्याजदर हाल ६ देखि ८ प्रतिशतमा झरेको छ । आइतबार ७ दशमलव ३२ रहेको यो व्याजदर सोमबार ६ दशमलव ५ प्रतिशत मात्र रहेको थियो ।
केहि समय अघि बैंकहरुले कर्पोरेट कर बुझाएकाले तरलता अभाव गहिरिएको थियो । आर्थिक वर्षका विचमा बुझाइने करले तरलता अभावलाई केहि समय बढाउने गरेको छ ।
‘सरकारी बैंकमा पेन्सनको रकम निकासा भएको र रिपो निस्कासनका कारण तरलता अभाव कम भएको देखिन्छ’ बैंकर्स संघका अध्यक्ष शसिन जोशीले भने ।
केन्द्रिय बैंकले रिपो मार्फत वाणिज्य बैंकमा तरलता प्रवाह गर्ने गर्छ । दुई सातामा १८ अर्ब रुपैया“ प्रवाह भैसकेको छ । सरकारले पनि नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई ३ अर्ब रुपैया“ बराबरको पेन्सन रकम बुझाएको छ । यो रकम सरकारी बैंकले कर्मचारीलाई दिदै आएका छन् ।
स्रोतका अनुसार सरकारले २ अर्ब ५० करोड रुपैया“ बराबरको आन्तरिक ऋण केन्द्रिय बैंक र अन्य बैंकलाई दिएको छ । यसबाहेक दुई महिना भित्र थप ५ अर्ब २८ करोड दिने तयारी छ ।
ट्रेजरी बिलको बट्टादर पछि तरलता अभाव हटेपछि कम हुन थालेको छ । अघिल्लो साता १० प्रतिशत रहेको बट्टादर सोमबार ९ प्रतिशतमा झरेको छ ।
बैंकरले आगामी दिनमा तरलता अभाव अझ कम हु“दै जाने अनुमान गरेका छन् । सरकारको विकास खर्च हुन थालेपछि समस्या हट्ने अनुमान गरिएको हो । तरलता अभाव कम हुदै गएको देखिए पछि पछिल्ला तथ्याकं अनुसार वाणिज्य बैंकको निक्षेप वृद्धिदर सन्तोष जनक हुन सकेको छैन ।

हिमचुली र वीरगंज फाइनान्स गाभिदै

काठमाडौं – एनबी समूहका बैंक तथा वित्तिय संस्थाले प्रकृया सुरु गरे लगत्तै अर्का दुई वित्तिय संस्थाले पनि मर्जरको घोषणा गरेका छन् । काठमाडौंको विरगंज फाइनान्स र पोखराको हिमचुली फाइनान्सले गाभिएर राष्ट्रिय स्तरको विकास बैंक बन्न सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । बजेट र मौद्रिक नीतिले मर्जरमा जाने वित्तिय संस्थालाई विशेष सुविधा दिने बताएपछि मर्जरमा इच्छा देखाउने कम्पनीको संख्या बढ्दै गएको हो ।
दुवै कम्पनीले जनाए अनुसार मर्जर प्रकृया सुरु गर्न माघ १० गते अधिकार प्राप्त सदस्यले हस्ताक्षर गरेका छन् । गाभिएपछि दु बैंकिङ सेवा विस्तार गर्दै प्रतिस्पर्धी हुन सहयोग पुग्ने जनाएका छन् । ‘शेयरधनीलाई अधिकतम प्रतिफल दिने उद्देश्यले दुई वित्तीय संस्था प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम एक आपसमा गाभिई राष्ट्रिय स्तरको विकास बैंकमा परिणत हुन सहमति पत्रमा हस्ताक्षर गरिएको’ उल्लेख छ । असोज मसान्तसम्मको अपरिस्कृत वित्तिय विवरण अनुसार दुवै संस्थाको चुक्ता पुजी ९० करोड रुपैया“ रहेको छ । यसका साथै सम्पत्ती तथा दायित्व ६ अर्ब ५० करोड, निक्षेप ५ अर्ब १४ करोड, कर्जा लगानी ४ अर्ब ९७ करोड रहेको उल्लेख गरिएको छ । दुवै संस्थामा २ सय ४६ कर्मचारी कार्यरत छन् । दुवैका कुल २४ शाखा रहेको छ ।

Monday, January 24, 2011

मोबाइल बैंकर

एटिएम, एबिबिएस, इन्टरनेट हु“दै मोबाइल सम्म आइपुगेको बैंकिङ कारोबारले ग्राहकको सुविधा थप्दै लगेको छ । सुचना प्रविधिमा आएको परिवर्तनले बैंकिङ प्रणालीलाई मात्र सहज नबनाएर बैंकरलाई पनि ‘मोबाइल’ बनाएको छ । अघिल्लो साता संचालनको १९ वर्षमा प्रवेश गरेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत असोक सम्सेर जंगबहादुर राणा काम गर्नका लागि अफिस नै जानुपर्ने बाध्यता परिवर्तन हु“दै आएको बताउ“छन् । ‘अफिसका महत्वपूर्ण सूचना यसमै आउ“छ’ थ्रीजी सुविधा भएको ब्लाकबेरी मोबाइल सेट देखाउ“दै उनले भने । स्थापना मितिका आधारमा चौथौ नीजि बैंक हिमालयनले अहिले अन्य २९ वटा वाणिज्य बैंक स“गको प्रतिस्पर्धामा छ । बैंकको योजना, प्रगती र समग्र बैंकिङ क्षेत्रका बारेमा राणा स“ग रोशन अधिकारीले गरेको कुराकानी संक्षेपमा ः

बैंकको १८ वर्षे यात्रा कस्तो छ ?
हामीले स्थापनाका वर्ष पछि सेयरधनीलाई वार्षिक प्रतिफल दिदै आएका छन् । वर्षिक ३५ देखि ४० प्रतिशतको हाराहारीमा सेयरधनीलाई प्रतिफल दिइरहेका छौ । गत वर्ष १० प्रतिशत नगद लाभासं र २५ प्रतिशत बोनस सेयर दिएका थियौ । यसबाहेक बैंकको पुजी वृद्धिका लागि  हकप्रद सेयर जारी गरेका छैनौ । वार्षिक नाफाबाट पुजी वृद्धि गरिरहेका छौ ।

सेवा सुधारमा कस्ता योजना छन् ?
स्थापनाको समयबाटै सुविधा प्रदानका लागि अग्रणी छौ । क्रेडिट कार्ड, एसएमएस बैंकिङ लगायतमा सेवा हामीले सुरु गरेका हौ । सूचना प्रविधिमा लगानी प्राथमिकतामा पर्छ । पछिल्लो पटक हामीले डेबिट÷क्रेडिट कार्डको सुरक्षालाई विशेष प्रविधि भित्राएका छौ । इएमभी (युरोपे, मास्टर कार्ड एन्ड भिजा) को प्रयोग गर्दैछौ । यस अन्तर्गत सबै कार्डमा विशेष चिप जडान गरिनेछ र एक विशेष उपकरण ग्राहकलाई दिइनेछ । उक्त उपकरणले हरेक पटक फरक नम्बर निकाल्नेछ जसलाई एटिएम मेसिनमा पिन कोड स“गै प्रयोग गर्नुपर्छ । यसले एटिएम कार्डको सुरक्षा अन्तराष्ट्रिय स्तरको बनाउने छ ।

बैंक तथा वित्तिय संस्थाको बढ्दो संख्या स“गै मानव स्रोतका कमि भएको छ । हिमालयन बैंकमा कस्तो अवस्था छ ?
हामीले लगानी गर्ने दोस्रो प्रमुख क्षेत्र मानव संसाधन पनि हो । कर्मचारीलाई तालिम दिन वार्षिक ६० देखि ८० लाख रुपैया“ खर्च हुन्छ । यहि भएर कर्मचारी अन्य बैंकले तान्ने काम भएको छ । गत वर्ष मात्र ५० कर्मचारी अन्य बैंकमा गएका छन् । हाम्रो बैंकका कर्मचारीको दक्षताले नै यसलाई सहयोग गरेको हुनसक्छ ।
ग्राहकको सजिलोका लागि हामीले सबै शाखामा पारदर्शितालाई उच्च प्राथमिकता दिएका छौ । ग्राहक बैंकमा छिरेपछि सबै बिभाग र कर्मचारी देख्न सक्छन् । यसले ग्राहक संख्या बढ्नमा मद्धत गरेको छ । हाल हामी स“ग २ लाख सक्रिय ग्राहक छन् ।


बैंकको प्रमुख लगानी क्षेत्र के छन् ?
हामी कर्पोरेट क्षेत्रमा केन्द्रित लगानी गर्दै आएका हौ । अन्तराष्ट्रिय व्यापारको एलसी (प्रतितपत्र) मा मुख्य लगानी गरेका छौ । यसबाहेक ठूला कर्पोरेट संस्थामा पनि लगानी छ । पछिल्लो ३ वर्षमा हामीले साना तथा मझौता उद्योग तर्फ ध्यान दिन थालेका छौ । १५ प्रतिशत रहेको यस्तो लगानीलाई अगामी वर्षसम्म २५ प्रतिशत पु¥याउने योजना छ ।

अधिकासं पुराना र सबै नया“ले साना तथा मझौला उद्योगमा लगानी गर्छौ भनेका छन् । यो क्षेत्रमा त्यस्तो के छ ?
धेरै बैंकले भन्नका लागि मात्र साना तथा मझौला उद्योगमा लगानी गर्छौ भनेका छन् । तथ्याकं हेर्नु भयो भने त्यो लगानी घरजग्गा क्षेत्रमा गएको छ । साना उद्योगमा लगानी गर्न सोचे जस्तो सजिलो छैन । यस्ता संस्थाको तथ्याकं र हिसाब किताब राख्ने व्यवस्था भरपर्दौ हु“दैन । हामी पहिले तालिम दिएर हिसाबकिताब र वासलात राख्न सिकाउ“दै आएका छौ । यो लगानीबाट छिटै प्रतिफल आउदैन । त्यसैले २÷३ बैंकभन्दा बढी यो क्षेत्रमा गएका छैनन् ।

बैंकहरु बढी नाफा मुखी भएको गुनासो छ । यसका साथै संचालक समितिले प्रमुख कार्यकारीलाई नाफा वृद्धि गर्न दबाब दिन्छन भन्ने चर्चा छ । हिमालयनमा के छ ?
बैंकहरु खुलेको नाफा कमाउनका लागि हो । त्यसैले नाफा कमाउनु यसको मुख्य उद्धेश्य हो । कमाइएको नाफा एक दुई जनामा बाडिने होइन । पारदर्शि हिसाबमा सबै नाफा यसका सेयरधनीमा वितरण हुन्छ । त्यसैले नाफा कमाए मात्र भन्नु गलत हो । यस्तो नाफा ठूलो समूदायमा गैरहेको हुन्छ । यसबाहेक बैंकले प्रगतीका लागि वार्षिक लक्ष तोकेको हुन्छ । त्यो पुरा गर्नु सबै प्रमुख कार्यकारीको कर्तव्य हो । तर नाफाका लागि ठूलो जोखिम बेहोर्नु भने हु“दैन ।

यस वर्ष बैंकहरुको नाफा कम हुने देखिन्छ । के भन्नु हुन्छ ?
पछिल्लो पटक देखिएको तरलताको अवस्था, घरजग्गा क्षेत्रको सुस्तता लगायतले बैंकहरुको नाफा कम हुने अनुमान गरिएको हो । यस्तो हुनसक्छ । सजिलो अवस्थामा सबै बैंकका प्रमुख कार्यकारीले नाफा कमाएर देखाएका थिए । तर असजिलो अवस्थामा पनि प्रतिफल दिन सक्ने बैंक कुन हो अब त्यो हेर्नु पर्छ ।