काठमाडौ, आश्विन २९ - नेपालमा व्यापार/ व्यवसायको सम्भाव्यता बुभmन बेलायतबाट पहिलोपटक २८ जना ठूला लगानीकर्ताको टोली आएको छ । बिहीबार आएका १५ कम्पनी प्रतिनिधित्व गर्ने यी लगानीकर्ताले तुलनात्मक लाभ भएका १० क्षेत्रमा सम्भावना खोजिरहेका छन् । उनीहरूले शिक्षा, जलविद्युत्, पर्यटन, भौतिक पूर्वाधार, साजसज्जा, निर्माण, अन्तर्राष्ट्रिय सञ्चार व्यवस्थापनलगायतका क्षेत्रमा अवसर खोजिरहेका छन् ।
चीन र भारत निर्यात गर्दा विशेष सहुलियत पाउने भएकाले तेस्रो मुलुकका लगानीकर्ता नेपाल आकषिर्त हुन् थालेको बेलायतका लागि नेपालका राजदूत सुरेश चालिसेले बताए ।
औद्योगिक वातावरण बन्ने हो भने नेपाल दक्षिण एसियामा लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्न सक्ने अपेक्षासहित बेलायतस्थित नेपाली दूतावासले यो टोलीलाई यहाँ निम्त्याएको हो ।
'यो कार्यक्रममार्फत बेलायत, गैरआवासिय नेपाली र नेपालमा रहेका लगानीकर्ता बीचबाट संयुक्त लगानी हुने सम्भावना धेरै ठूलो छ,' उनले भने, 'यसले लगानीकर्तामा आत्मविश्वास र आकार वृद्धि गर्न पनि सजिलो हुनेछ ।'
दूतावासको सक्रियतामा बेलायती सरकारको निकाय यूके ट्रेड एन्ड इन्भेस्टमेन्ट, फरेन एन्ड कमन वेल्थ अफिस, गेटवे एसिया र नेपाल बि्रटेन चेम्बर अफ कमर्स
-एनबीसीसीआई) को सहकार्यमा टोली आएको हो । प्रतिनिधिले शुक्रबार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायतका सरकारी अधिकारीलाई भेटेका थिए ।
सम्भावित १० क्षेत्रमा बेलायतबाट लगानी हुनसक्ने एनबीसीसीआईका अध्यक्ष राजेन्द्र खेतानले बताए । 'यो भ्रमणले नेपाललाई बेलायतको कर्पोरेट क्षेत्रमा नयाँ पहिचान दिनेछ,' उनले भने, 'मुख्य १० क्षेत्रमा बेलायतीले लगानी गर्न सक्ने सम्भावना छ ।'
बेलायतबाट सुरु भए अन्य युरोपियन मुलुकको पनि सजिलै लगानी भित्र्याउन सकिने खेतान बताउँछन् । प्रक्रिया अघि बढाउन एक प्राविधिक टोलीले अध्ययन गरेर लगानीको क्षेत्र पहिचान गर्ने कार्यक्रम छ । यसका साथै एनबीसीसीआईको टोलीले पनि केही समयपछि बेलायत भ्रमण
गरी सम्बन्धित व्यक्तिसँग लगानीको कुरा अघि बढाउने खेतानले बताए ।
वाषिर्क करिब ६ अर्ब रुपैयाँ व्यापार घाटा रहेको मुलुक बेलायतबाट आउने लगानीले देशभित्र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । आर्थिक वर्ष २०६६/०६७ मा १ अर्ब २२ करोड रुपैयाँ बराबरका सामान बेलायत निर्यात भएको थियो । उक्त अवधिको आयात ७ अर्ब २९ करोड रुपैयाँ रहेको व्यापार प्रवर्द्धन केन्द्रको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो समय युरोपमा देखिएको आर्थिक मन्दीका कारण विभिन्न मुलुक समस्यामा परेका छन् । बेरोजगारीलगायतका कारणले सर्वसाधारणको खरिद गर्न सक्ने क्षमतामा ह्रास आएको छ । यस्तो अवस्थामा कम रकममा लगानी हुन सक्ने हुँदा बेलायती व्यवसायी आकषिर्त हुन सक्ने जिकिर चालिसेको छ । 'नेपाललाई विश्वका दुई ठूला अर्थतन्त्र चीन र भारतको बीचमा रहेकाले पनि बेलायती लगानीकर्ताले महत्त्व दिन सक्छन्,' उनले भने ।
नेपाली उत्पादन भारत निर्यात गर्दा भन्सार शुल्क लाग्दैन भने चीनले पनि करिब ३ सय ६० उत्पादनमा भन्सार छुट दिएको छ । 'यसबाहेक नेपालमा लगानीका प्रशत क्षेत्र छन,' चालिसेले भने । नेपाली मध्यमवर्गको संख्याबाट पनि लगानीकर्ता आकषिर्त भएको उनी बताउँछन् ।
'नेपालको ६० लाख मध्यमवर्गले वाषिर्क करिब ७० लाख पाउन्ड खर्च गर्न सक्ने क्षमता राख्ने देखिएको छ,' चालिसेले भने, 'लगानीमा यो वर्गलाई साझेदारका रूपमा ल्याउन सके ठूलो फाइदा हुने देखिन्छ ।'
नेपाल आएका बेलायती कम्पनीमा हाइड्रो प्लान, बीएमआई पब्लिसिङ, डेलारु, मोट म्याकडोनल्ड, सोआस, लन्डन ट्रेनिङ सर्भिसेज, प्लेसेज एन्ड टाइगर्स, च्यान्ट्री नेलाकोट, सलोरिया आर्किटेक्ट, एराम, टप टीलगायत छन् ।
No comments:
Post a Comment