Wednesday, February 20, 2013

घरजग्गाको असर अझै ३ वर्ष’

काठमाडौ, फाल्गुन १० - राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले घरजग्गा क्षेत्रबाट अझै दुई/तीन वर्ष वित्तीय क्षेत्रमा असर देखिने बताएका छन् । घरजग्गा क्षेत्रको लगानी सीमाभित्रै रहे पनि असर भने देखिने उनले बताएका हुन् । 'वास्तविक लगानीमा समस्या देखिएको छैन,' उनले भने, 'नभएको घर र जग्गामा गरिएको लगानी उठ्ने कुरा भएन ।' कुल लगानीमा घरजग्गा क्षेत्रको कर्जाको अंश १० प्रतिशतको हाराहारीमा आएकाले ठूलो असर नपर्ने उनले बताए । 'केही वर्ष सानो सानो समस्या भने रहन्छ,' उनले भने ।
घरजग्गा क्षेत्रमा नयाँ निर्माणकर्ताले बजारको मागअनुसार काम गरे समस्या नरहने उनले बताए । 'बच्चाले पनि औंला पोल्दा आगोमा फेरि हात हाल्दैन,' उनले भने, 'हामीले धेरै औंला डढाएका छौं त्यसैले दोहारिँदैन होला ।' बैंक वित्तीय संस्थाले ग्राहक पहिचानसँगै कर्मचारीबारे पनि जानकारी राख्न आवश्यक रहेको उनले बताए । 'केही संस्थामा आन्तरिक नियन्त्रण प्रणाली चुस्त नरहेको देखियो,' उनले भने, 'सुधार गर्न भनिसकेका छौं ।' बैंक वित्तीय संस्थाले प्रयोग गरिरहेको प्रविधिको परीक्षण र तथ्यांकलाई ब्याकअपका रूपमा राख्न पनि काम अघि बढेको उनले बताए ।

No comments:

Post a Comment