पछिल्लो एक वर्ष बैंकिङ क्षेत्रमा फेला परेका केही अपराधिक घटनाले बैंकमा जालसाजी (फ्रड) को आयतन फराकिलो हु“दै गएको पुष्टी गर्छ । उल्लिखित सबै घटना सम्बद्ध बैंकका कर्मचारीबाट भएकाले व्यवस्थापनले कर्मचारीमाथि आ“खा चिम्लिएर विश्वास गर्ने दिन बित्दै गएको देखाउ“छ । कतिपय बैंकको व्यवस्थापननै ‘गोरखधन्दा’ मा सहभागी हु“दा कर्मचारीमाथि अनुशासनको डोरी खुकुलो हु“दै गएको छ । बैकिंङ ठगीबारे रोशन अधिकारी र सुजित महतको रिपोर्टः
– हिमालयन बैंकका कर्मचारी अनिसभक्त सुवालले भिसा मास्टर कार्डमार्फत आएको ५ करोड बढी रकम आफै प्रयोग गरे । उनलाई प्रहरीले खोजी जारी राखेपनि सम्पर्कमा छैनन् । काण्ड भएको तीन महिना नपुग्दै हिमालयन बैंकले आफ्ना सबै कार्डको कारोबार रोक्का राख्यो । भारतको नया दिल्लीबाट समेत बैंकको खातामा भएको रकम झिकिन थालेपछि कारोबार रोकेर ५० हजार कार्ड परिवर्तनमा बैंक लागेको छ ।
– पुसमा दाङको तुल्सिपुर स्थिती बैंक अफ काठमाडौंको शाखाबाट २ करोड ६ लाख रुपैया“ भन्दा बढी रकम लुटियो । लुट्ने योजनाकार बैंककै कर्मचारी खगेन्द्र बस्नेत रहेको प्रहरी अनुसन्धानमा देखियो । आफुले काम गरिरहेको संस्था लुट्न लागि बस्नेतले काठमाडौंबाट २५ लाख तिरेर अपराधी झिकाएको भेटियो ।
– करिब एक महिना अघि मात्रै राष्ट्र बैंकले ९ वाणिज्य बैंकको वीरगन्जमा रहेका शाखालाई भारतीय रुपैया“ (भारु) कारोबारमा रोक लगायो । नक्कली प्रज्ञापनपत्र बनाइ भारतिय रुपैया अपचलन गरेको अभियोगमा यी शाखामा कारवाही गरिएको थियो ।
– एच एन्ड बी बैंकको कुलेश्वर शाखामा प्रमुख निरज नेपालले खातामा पैसा नभए पनि गुड फर पेमेन्ट चेक जारी गरेको घटना सार्वजनिक भयो । प्रहरीले उनी सहित अन्य ९ कर्मचारी पक्रेर अनुसन्धान जारी राखेको छ । तर नक्कली गुड फर पेमेन्ट चेक लिने दुई व्यवसायी अझै फरार छन् । काठमाडौंकै कार्यालयमा करोडौ रुपैयाको हिनामिना हुदा पनि थाहा नपाउने मुख्य कार्यालय र त्यसको व्यवस्थापनमा रहेकालाई भने अनुसन्धान गर्नेले दोषी पाएको छैन ।
– सिमराको एभरेष्ट बैंकमा साढे तीन करोड हिनामिना गरेको अभियोगमा करिब १ वर्ष अघि प्रहरीले शाखा प्रमुख पक्राउ ग¥यो । खातामा पैसा नभएपनि ग्राहकको मिलेमतोमा गुड फर पेमेन्ट चेक जारी गरेका उनलाई बैंकिङ कसुरको आरोपमा थुनियो र कारवाही भयो । वीरगंज शाखाबाट बढुवा भएर सिमरा पुगेका उनले ४ महिनामै उक्त काण्ड गरेका थिए ।
सर्वसाधारणको निक्कै विश्वास रहने बैंकमा घटेका यी घटनाले सञ्चालन जोखिमको ज्यादै डरलाग्दो अवस्था देखाउन पर्याप्त छ । व्यक्ति, प्रणाली वा प्रक्रियाबाट कम्पनीको सञ्चालनमा आउने खतरा सञ्चालन जोखिम हो । यसलाई बैंकिङको अन्तराष्ट्रिय मापदण्ड ‘बासल टु’ ले एक प्रमुख जोखिमका रुपमा राखेको छ । यस्ता घटना जारी रहे सर्वसाधारणको रकम डुब्ने वा संस्थानै विघटन गर्नुपर्ने अवस्था हुन्छ । ‘बैंक वित्तिय संस्थाको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको देखियो,’ पूर्व गभर्नर विजयनाथ भट्टराई भन्छन, ‘नियन्त्रण प्रणाली मजबुत बनाउन सम्बद्ध बैंकका साथै केन्द्रीय बैंक तात्नुपर्ने देखिन्छ ।’
पछिल्लो दशकमा ‘च्याउ उम्रेसरी’ विस्तार भएका बैंक÷वित्तिय संस्थाको उपस्थितीसंगै बढेपछि जोखिम पनि बढेको राष्ट्र बैंकका प्रवक्ता भाष्करमणी ज्ञवाली बताउछन । ‘उदार लाइसेन्स नीतिका कारण धेरै संस्थामा जन्मिएपनि तिनका मानव संशाधन व्यवसायिक नहु“दा जोखिम बढेको देखिन्छ,’ उनी भन्छन । उनका अनुसार बजारमा एकैचोटी धेरै संस्था खुलेर पुरानाबाट नया“मा कर्मचारी तान्ने क्रम बढ्यो । यसक्रममा योग्यता नपुगेका व्यक्ति क्षमताभन्दा माथिल्ला पदमा पुगेर पनि समस्या भएको छ । ‘धेरै संस्था खुलेका कारण अनुभवी जनशक्तिको अभाव भयो,’ उनी भन्छन, ‘अनि क्षमताभन्दा ठूलो पद दिनपर्ने अवस्था आयो ।’
यस्तो क्रम पछिल्लो समयपनि रोकिएको छैन । पुराना बैंकबाट सिकेर आएकास“गै राष्ट्र बैंकबाट अवकास पाएकालाई पनि बढुवा गर्दै आफ्नो संस्थामा ल्याउने होडबाजी चलिरहेको छ । ‘संस्था बढ्ने क्रमस“गै बैंकिङ क्षेत्रमा पहिलेजस्तो आकर्षणपनि छैन’ ज्ञवाली भन्छन, ‘ बैंक÷वित्तीय संस्थामा तल्ला तहका कर्मचारीको तलब सहानुभूतिलायक छ ।’ संस्थाका प्रमुखको तलब ज्यादै बढी भएपनि तल्लो स्तरका कर्मचारीलाई जीवनयापन गर्न पनि नपुग्ने पारिश्रमिक दिएपछि जोखिम बढेको उनले बताए । ‘तलका कर्मचारीले जीवनयापन गर्न पुग्ने तलब पाएनन तर महत्वकाक्षा बढी भयो’ उनले भने,‘जसका कारण गैरकानूनी काम गर्ने क्रम बढ्यो ।’ जसले माथिल्लो तहमा पनि असर भने गरेको ज्ञवाली बताउछन् । ‘राजनीतिक नेतलाई चन्दा दिए जोगिन सकिन्छ भन्ने भावना माथिल्ला तहका कर्मचारीमा आयो’ उनले भने, ‘त्यसैले धेरै धन कमाउने बाटोमा यस्ता संस्था उपयोग गर्ने बढे ।’
यसका साथै आफ्ना नजिकका नातेदारलाई धेरै रकमको जगिर खुवाउने संस्था बैंक भन्दा पनि समस्या बढेको छ । पछिल्लो पटक हिमालयन बैंकको कार्ड काण्डमा परेको सुवाल बैंकले चलाउने कार्डको सेवा दिने एक कम्पनीमा कारवाही भोगेका व्यक्ति हुन् । ‘फटाइ गरेर निकालिएको व्यक्तिले बैंकमा जागिर पाएपछि हामीले खबर पनि गरेका थियौ’ सुवाललाई नजिकबाट चिन्ने एक वित्तिय क्षेत्रकै स्रोत भन्छ,‘बैंकले नहटाइ राखिराख्दा यस्तो भएको हो ।’
कतिपय बैंकमा व्यवस्थापननै गलत बाटोमा लागेकाले कर्मचारी छाडा भएको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी (सिइओ) बताउछन । ‘ऋणीस“ग १३ प्रतिशत ब्याजमा ऋण दिने कुरा मिलाई ११ प्रतिशतको कागज बनाएर २ प्रतिशत ब्याजचाहि“ व्यक्तिगत खातामा जम्मा गराउने सिइओपनि छन,’ तिनले भने, ‘नेतृत्व यस्तो छाडा भएपछि तल्लो तहले अनुशासन उल्लंघन गर्न प्रेरित भइहाल्छ ।’ कतिपय बैंकमा भल्टको पैसा झिकेर व्यक्तिगत काममा लगाई ‘क्लोजिङ’ को बेला भल्टमा पैसा हाल्दिने चलनपनि छ ।
बैंक वित्तिय संस्थाको संचालन जोखिम बढ्नमा स्वय संस्था मात्र भने दोषी छैन । नियमन गर्ने राष्ट्र बैंकले पनि आफ्नो निरिक्षण प्रणाली बलियो बनाउन नसक्दा समस्या आएको छ । ‘वित्तिय संस्थाको विस्तार अनुसार राष्ट्र बैंकको क्षमता बढ्न नसकेको हो’ ज्ञवाली भन्छन्,‘तर वर्ग अनुसारका संस्थालाई हरेक वर्ष निरिक्षण गर्न छुट्टा छुट्टै बिभाग बनाएर काम भैरहेको छ ।’ पछिल्ला तीन वर्ष देखि लाइसेन्स दिने क्रम रोकेर र गलत काम गर्नेलाई कारवाहीको दायरमा ल्याएर ‘साहसिक काम’ गरेको ज्ञवाली बताउछन । ‘जसले गलत गर्दा कुनै न कुनै दिन कारवाहीमा परिन्छ भन्ने जानकारी सबैमा पुगेको छ’ उनले भने,‘त्यहि अनुसार सुधार पनि भैरहेको छ ।’ यसका साथै राष्ट्र बैंकले सुरु गरेको दबाब परिक्षणबाट पनि जोखिम न्यूनिकरण गर्न सकिने उनी बताउछन । संचालनमा रहेका संस्थाले बिभिन्न जोखिममा आफ्नो अवस्था कस्तो छ भनेर यस्तो परिक्षण गर्न सक्छन् । जुन हाल वाणिज्य बैंकलाई मात्र अनिवार्य गरिएको छ ।
संचालन जोखिममा संस्था आफै जिम्मेवार हुने र बाहिर आएका घटना पछि अधिकासंले सुधार गर्न थालेको एक वाणिज्य बैंकका संचालक बताउछन् । ‘कारोबार बढाएपछि कर्मचारी राख्नै पर्यौ’ उनले भने,‘राखेका सबै मान्छे कस्ता छन भन्ने एकै पटकमा थाहा पाउन सकिदैन ।’ सबै कर्मचारीको जानकारी लिन नसकिए पनि फटाइ हुन सक्ने क्षेत्र वा स्थानमा विशेष निगरानी बढाएर नियन्त्रण गर्न सकिने उनी बताउछन् ।
के हुन्छ कारवाही ?
बैंक वित्तिय संस्थामा अपराध गर्ने कर्मचारीलाई पनि अन्य सामान्य जस्तै फैजदारी अभियोग लाग्ने गर्छ । तर यस्तो अभियोग लागेपछि कुनै पनि व्यक्ति संगठित संस्थामा काम गर्न पाउदैन । बैंकिङमा जति वर्षको अनुभव भएपनि अर्को त्यस्तो संस्थामा काम गर्न नपाउने गरी कारवाही हुन्छ । साथै २०६४ सालमा आएको बैंकिङ कसुर ऐनले वित्तिय क्षेत्र दुरुपयोग गर्ने व्यक्तिलाई कारवाहीमा पार्न सहयोग गरेको छ । जसकै कारण पछिल्लो समय बिभिन्न कारवाही भएका छन् । ऐनले संचालक, कर्मचारी देखि वित्तिय सेवाको दुरुपयोग गर्ने अन्यलाई पनि कारवाहीको सीमामा ल्याउन सहयोग गरेको छ । पछिल्ला ३ वर्ष देखि यहि ऐनका प्रावधान टेकेर दर्जन बढी कारवाही भैसकेका छन् ।

No comments:
Post a Comment