काठमाडौ, मंसिर १५ -
राष्ट्र बैंकबाट आएको निर्देशनले वाणिज्य बैंकलाई रेमिट्यान्स कारोबार
रोक्ने र रेमिट्यान्स कम्पनीलाई फाइदा पुर्याउने आरोप बैंकरले लगाएका छन।
निर्देशन
जारी हुनअघि भएको छलफलमा असन्तुष्टि राखे पनि बैंकर्स संघले कुनै काम नगरेको आरोप एक बैंकरको छ।
'यो पूरै आश्चर्यजनक छ,' ती बैंकरले भने, 'हामीले निर्देशनका केही विषयमा
असन्तुष्टि राखेका थियौं र राष्ट्र बैंकले पनि हेरिदिन्छु भनेको थियो तर
एकाएक निर्देशन आयो।' खातामार्फत भुक्तानी अनिवार्य गरेर राष्ट्र बैंकले
एजेन्टमार्फत कारोबारमा रोक लगाएको आरोप बैंकरले लगाएका छन्। 'घरघरमा रकम
पुर्याएर सेवा दिन बन्द हुने भएको छ,' अर्का एक प्रमुख कार्यकारी अधिकृतले
भने, 'ती सेवामा संलग्नलाई पनि राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानुपर्ने
अवस्था सिर्जना गर्यो।'
राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीलाई भने एजेन्ट र सबएजेन्टबाट कारोबार
गर्न अनुमति दिने गरेको छ। 'कति रेमिट्यान्स कम्पनी वैध छन् थाहा भएन,'
स्रोतले भन्यो, 'तर पारदर्शी बैंकलाई झन् असहज अवस्था ल्याएर हुन्डीलाई
प्रोत्साहन गरेजस्तो देखियो।' राष्ट्र बैंकले जारी गरेको
रेमिट्यान्ससम्बन्धी निर्देशनमा बैंकर्स संघ पनि विभाजित देखिएको छ।
रेमिट्यान्स कारोबारमा पकड जमाएका पुराना बैंकले निर्देशनबाट बेफाइदा हुने
बताएका छन्। कारोबार कम हुने नयाँ बैंक भने निर्देशनबाट खासै फरक नपर्ने
हुँदा मौन जस्तै बसेका छन्।
No comments:
Post a Comment